Successfully Copied

कभर गर्ल

गत वर्ष भारतमा केइरा ब्रान्डको मोडलिङ गरेर नेपाल आएपछि उनको रुचि बलिउडप्रति भने बढेको थियो । उनी अहिले मुम्बईको मेजोरा टेलरमा एक वर्षका लागि आबद्ध भएकी छिन् ।

साउथमा अदिति

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् । उनका विज्ञापन एवं तस्बिरहरू हेरेर दैनिकजसो म्युजिक भिडियो तथा चलचित्रबाट प्रस्ताव आए पनि अदितिलाई अभिनयप्रति खासै रुचि थिएन ।  गत वर्ष भारतमा केइरा ब्रान्डको मोडलिङ गरेर नेपाल आएपछि उनको रुचि बलिउडप्रति भने बढेको थियो । उनी अहिले मुम्बईको मेजोरा टेलरमा एक वर्षका लागि आबद्ध भएकी छिन् । त्यहीँबाट उनले भर्खरै रिच्वाइस स्याम्पु एवं मिन्टा डट कमको सुटिङ पूरा गरिसकेकी छिन् भने क्याटलक, ई कमर्स प्रिन्टमा पनि काम गरिसकेकी छिन् । स्टार प्लसको एउटा सिरियलका लागि पनि प्रस्ताव आइरहेको बताउने बुढाथोकीले तमिल चलचित्रको अडिसन दिएर स्क्रिनिङ पनि भ्याइसकेकी छिन् । उक्त चलचित्रको स्क्रिप्ट पनि पढिसकेकी अदिति त्यसको सुटिङ डिसेम्बरतिर प्रारम्भ हुने बताउँछिन् । उनलाई टिसिरिजका भूषणकुमारले पनि आफ्नो नयाँ प्रोजेक्टमा काम गर्न प्रस्ताव गरेका छन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल : स्वस्तिका राजभण्डारी, स्वस्तिका हेयर एण्ड मेकअप स्टुडियो, कुपण्डोल

लोकेसन : रोयल रेस्टुरेन्ट, तीनकुने

 Image