Successfully Copied

हाम्रो नुम्बुर सेकुवा कर्नर एण्ड भान्सा घर

हाम्रो नुम्बुर सेकुवा कर्नर एण्ड भान्सा घरकाे परिकार ः माछा पोलेको

माछा पोलेको

सामग्री 

माछा : १ केजी

सोया सस : १५ मिलिलिटर

अदुवा र लसुनको पेस्ट : ३ चम्चा

कागतीको रस : १ चम्चा

नुन : स्वादअनुसार

तोरीको तेल : ४ मिलिलिटर

जिराको धूलो : १ चम्चा

बिरेनुन : आधा चम्चा ।

विधि

सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने । माछालाई साल, केराको पात अथवा र्‍यापिङ पेपरमा र्‍याप गरेर पोल्नुपर्छ । माछा पाकेपछि टिम्मुर, बिरेनुन, जिरा, खुर्सानीको धूलो तथा नुनको मिक्समा चोबेर खान सकिन्छ । 

तस्बिर: नवराज वाग्ले

 Image