Successfully Copied

मोडलिङदेखि मेकअप आर्टसम्म

उनी ब्राइडल मेकअपका साथै फरक स्टाइलका मेकअपमा पोख्त छिन् ।

मेघा मोडल–२००८ स्वस्तिका राजभण्डारी अहिले स्वस्तिका हेयर एण्ड मेकअप स्टुडियोमा आफ्नो सिर्जना देखाइ रहेकी छिन् । उनले मेघा मोडल भएपछि एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । स्वस्तिकाले चलचित्र अध्याय र मुखुडामा पनि अभिनय गरेकी छिन् । ५ वर्षअघिदेखि कोरियोग्राफी पनि सुरु गरेकी राजभण्डारीले ३ वर्षको फ्रि लाइन्सर मेकअप आर्टिस्टका रूपमा काम गरेपछि मलेसियाबाट मेकअप आर्टसम्बन्धी कोर्स गरेर स्टुडियो खोलेकी हुन् । उनी ब्राइडल मेकअपका साथै फरक स्टाइलका मेकअपमा पोख्त छिन् । हाल कोरियोग्राफी एवं म्युजिक भिडियोमा समेत उत्तिकै व्यस्त स्वस्तिका राम्रो अफर आए चलचित्रमा पनि  काम गर्न लालायित छिन् ।    

 Image