Successfully Copied

पुष्प व्यापार मेला

हरेक वर्ष भारतको कोलकाताबाट रक्सौल नाका हुँदै नेपाल भित्रिने सयपत्री फूलको माला यसपटक नेपाल नआउने भएको छ । यो सिजनमा भारतबाट वार्षिक दुई लाख वटा माला नेपाल भित्रिने गरेकोमा यस वर्ष तराई बन्द, हड्ताल, नाकाबन्दीलगायतका कारण भारतीय माला भित्रिने सम्भावना कम देखएिको

हरेक वर्ष भारतको कोलकाताबाट रक्सौल नाका हुँदै नेपाल भित्रिने सयपत्री फूलको माला यसपटक नेपाल नआउने भएको छ । यो सिजनमा भारतबाट वार्षिक दुई लाख वटा माला नेपाल भित्रिने गरेकोमा यस वर्ष  तराई बन्द, हड्ताल, नाकाबन्दीलगायतका कारण भारतीय माला भित्रिने सम्भावना कम देखएिको फ्लोरिकल्चार एसोसियसन अफ नेपाल (फ्यान) का अध्यक्ष लोकनाथ गैरेले बताए । भारतीय फूल नभित्रिए पनि काठमाडौं उपत्यका वरपरबाट आउने फूलले यहाँको बजार धान्न सक्ने उनको भनाइ छ । तिहारको समयमा नेपाली बजारमा १ करोड रुपैंयाँको फूलको कारोवार हुने गरेको छ । यसैबीच गत बिहीबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा  ९ औं गोदावरी पुष्पमेला आयोजना भएको छ । मेलालाई करिब २५ हजार दर्शकले अवलोकन गर्ने अनुमान छ भने २७ लाख रुपैंयाँ बराबरको व्यापार हुने कार्यक्रम संयोजक जे.बी. तामाङले बताए । 

 Image