Successfully Copied

धेरै थकाइ लागे सावधान

अहिले सबैजना आ–आफ्नो काममा व्यस्त छन् । महिलाहरू घरको काम पूरा गरेर बालबालिकालाई तयार गरी स्कूल पठाएर मात्र अफिस जान्छन् । यस क्रममा उनीहरूलाई थकान महसुस हुन्छ । अफिस पुगेपछि घर जाने हतारले सताउँछ ।

अहिले सबैजना आ–आफ्नो काममा व्यस्त छन् । महिलाहरू घरको काम पूरा गरेर बालबालिकालाई तयार गरी स्कूल पठाएर मात्र अफिस जान्छन् । यस क्रममा उनीहरूलाई थकान महसुस हुन्छ । अफिस पुगेपछि घर जाने हतारले सताउँछ । यसले गर्दा कुनै पनि काममा मन जाँदैन । यस्तो स्थितिमा सम्हालिनुपर्छ अन्यथा छिट्टै बूढो हुने सम्भावना बढ्छ । धेरै थकाइ लागे कोशिकामा क्षति पुग्छ । यसको असर बिस्तारै–बिस्तारै शरीरमा पर्न थाल्छ । त्यसैले यस्ता सानातिना कुराबाट सम्हालिनुपर्छ अनि स्वस्थ रहने प्रयास गर्नुपर्छ । यसका लागि प्रशस्त स्वस्थ खाना खानुका साथै व्यायाम गर्नुपर्छ । 

तौल  घटाउन पान 

बढेको तौललाई लिएर सबैजना चिन्तित हुन्छन् र मोटाइ कम गर्ने अनेकौं प्रयास गर्छन् । त्यति गर्दागर्दै पनि शरीरको तौल घटेको छैन भने प्रत्येक दिन पान खानुपर्छ । नियमित रूपमा पान खाए तौल घट्ने कुरा आयुर्वेदमा उल्लेख छ । पानको पातमा पाचन क्रिया तथा मेटाबोलिज्म ठीक राख्ने तत्व समावेश हुन्छ । यसले एसिडिटीको समस्याबाट पनि जोगाउँछ । पानले चिल्लो बर्न हुन्छ । यसले सजिलैसँग तौल घटाउँछ । त्यसैले तौल घटाउनु छ भने दिनहुँ पान खान सकिन्छ । 

तनावले बालबालिका मोटा हुन सक्ने 

धेरैजसो अभिभावक बालबालिकाका अगाडि सानातिना कुरालाई लिएर झगडा गरिरहन्छन् । यसले गर्दा घरको वातावरण तनावयुक्त हुन्छ । त्यसैले अभिभावकहरू सम्हालिनु जरुरी हुन्छ । घरमा धेरै तनाव भए त्यसको असर शिशुलाई पर्छ फलस्वरूप बालबालिका मोटा हुन्छन् । पारिवारिक तनावबाट बालबालिका मोटा हुने भएकाले घरको वातावरण जति सकिन्छ त्यति खुसी राख्नुपर्छ । बालबालिकालाई तनावबाट टाढा राख्नुपर्छ । 

अनारको रस 

राम्रो स्वास्थ्यका लागि अनारको रस फाइदाजनक हुन्छ । प्रत्येक दिन एउटा अनार खाए धेरै रोगबाट टाढा रहन सकिन्छ । एक शोधका अनुसार प्रत्येक दिन एक गिलास अनारको जुस तथा तीन वटा खजुर सेवन गरे मुटु रोगको खतरा धेरै कम हुन्छ । 

 

 Image