Successfully Copied

तिहारमा दाजुभाइ–दिदीबहिनी नहुंदा

तिहारमा उनीहरूलाई सबैभन्दा मन पर्ने पक्ष पारिवारिक जमघटमा वर्षको एकपटक खेलिने कौडा–तास हो । यी दुवै दाजुभाइ वर्षको एकपटक यही समयमा मात्र जुवा–तासमा रमाउँछन् । त्यसबाहेक उनीहरू दुवैजना घर सजावट र लक्ष्मीपूजामा आफ्नी आमासँग छोरीजत्तिकै सहकार्य गर्छन् । सपिङका लागि बजार जाने, घरमा

दाजुभाइ–दिदीबहिनी नहुंदा 

एलायन्स कलेजबाट भर्खरै प्स टु सकेकी सुनीता थापाका तीन दिदीबहिनी छन् । सपिङमा रुचि राख्ने सुनीता चाडपर्वमा किनमेलमा रमाउनुका अतिरिक्त पूजाका लागि आवश्यक सामग्री जुटाउने काममा समेत रुचि राख्छिन् । उनका लागि तिहार भनेको भातृत्वको पर्व मात्र नभएर मानिसहरूबीच आपसी सम्बन्ध प्रगाढ पार्ने र शरीरलाई रिजुभेन्ट गर्ने समय पनि हो । थापाका अनुसार यो पर्वमा जताततै देखिने झिलिमिली बत्ती, काग–कुकुर र गाईको पूजाले मानिस, जनावर र प्रकृतिलाई जोडेको छ । आफ्ना सहोदर दाजुभाइ नभए पनि मामाका छोराहरूलाई टीका लगाइदिने सुनीता भन्छिन्–सम्बन्ध मन र भावनाले प्रगाढ एवं पवित्र हुन्छ ।

इलोक्ट्रोनिक्स इन्जिनियर अनीष प्रताप थापा र अभिर प्रताप थापाका आफ्नै दिदीबहिनी छैनन् तर उनीहरू तिहारलाई विशेष चाडका रूपमा मनाउन छुटाउँदैनन् । तिहारमा उनीहरूलाई सबैभन्दा मन पर्ने पक्ष पारिवारिक जमघटमा वर्षको एकपटक खेलिने कौडा–तास हो । यी दुवै दाजुभाइ वर्षको एकपटक यही समयमा मात्र जुवा–तासमा रमाउँछन् । त्यसबाहेक उनीहरू दुवैजना घर सजावट र लक्ष्मीपूजामा आफ्नी आमासँग छोरीजत्तिकै सहकार्य गर्छन् । सपिङका लागि बजार जाने, घरमा झिलिमिली बत्ती जडान गर्ने, घरका लागि आवश्यक सामग्री किनमेल गर्ने जिम्मा पनि उनीहरूकै हुन्छ । सायद दिदीबहिनी नभएकाले होला आमासँगको उनीहरूको सम्बन्ध निकै प्रगाढ छ । अनीष र अभिरले एकै स्वरमा भने–आफ्नै दिदीबहिनी नभए पनि मामाका छोरीहरूसँग टीका लगाउने गरेका छौं ।

 Image