Successfully Copied

तिहारका गीत–संगीत

अहिले जस्तो प्रशस्त सञ्चार माध्यम नहुँदा कलाकारहरू रेडियो नेपालमा गीत रेकर्ड गराउँथे भने साथीभाइहरू मिलेर टोलटोलमा भैलिनी गाउँथे । तीन दशकअघि मीरा राणा, ज्ञानु राणा, मथुरा प्रधान, कविता आले आदि सक्रिय गायनमा थिए । त्यतिबेला एल्बम निकाल्ने चलन थिएन । रेडियोमा रेकर्ड गरिएका

देउसी भैलो खेल्ने चलन धेरै पुरानो हो । अहिले जस्तो प्रशस्त सञ्चार माध्यम नहुँदा कलाकारहरू रेडियो नेपालमा गीत रेकर्ड गराउँथे भने साथीभाइहरू मिलेर टोलटोलमा भैलिनी गाउँथे । तीन दशकअघि मीरा राणा, ज्ञानु राणा, मथुरा प्रधान, कविता आले आदि सक्रिय गायनमा थिए । त्यतिबेला एल्बम निकाल्ने चलन थिएन । रेडियोमा रेकर्ड गरिएका गीतहरू नै हरेक तिहारमा बजाइन्थ्यो । महिलाहरूले भैली राम तथा पुरुषहरूले देउसी रे भट्याउँथे । त्यतिबेला देउसी भट्याउने काममा नायक भुवन केसी तथा गायक उदितनारायण झा पनि सम्लग्न हुन्थे । गायिका कुन्ति मोक्तानले २५ वर्षअघि रेडियो नेपालमा भैली नि आइन् आँगन, गुन्यू–चोलो मागन रेकर्ड गराएकी थिइन् । त्यस्तै उनले भाइटीकालाई लक्षित गरी बहिनी रोइन् टीका मुछी भाइ तिहार सम्झेर गाएकी थिइन् । मोक्तानका अनुसार तिहारमा अरुणा लामाको यो बहिनीको माया फूलको थुंगामा होला गीत रेडियो नेपालमा खुबै बज्थ्यो । त्यसका साथै झिलिमिली–झिलिमिली देउसी रे तिहारका पाँचै दिन सर्वाधिक रेडियोमा बज्ने गीत हो । कलाकारहरूको समूह–समूह बनाई विभिन्न संस्था, प्रतिष्ठित व्यक्तिहरूको घरमा गएर देउसी भैलो खेल्ने चलन थियो त्यतिबेला । संगीत टोलीहरूले भैलिनीको भाकामा गाउँदा तिहारको वातावरण अझ रमणीय हुन्छ । त्यतिबेला देउसी पुरुषले मात्र खेल्ने र भैली महिलाहरूले नै खेल्ने भन्ने थियो तर अहिले भैलीमा पनि पुरुषहरूको अतिक्रमण बढ्दो छ । महिलाहरूको छुट्टै समूह बनाई भैली खेल्नेहरू पनि निकै कम देखिन थालेका छन् ।

हिजोआज देउसी भैली खेल्ने शैली पनि परिवर्तन हुँदैछ । पहिले रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र थिए भने अहिले एफएम र टेलिभिजन च्यानलहरू नै गनिनसक्नु अवस्थामा भएकाले प्राय: गायक–गायिकाहरूका देउसी भैली गीत विभिन्न संचार माध्यमबाट सुन्न वा हेर्न सकिन्छ । यस्ता गीत–संगीतले आफ्नो संस्कृतिका साथै पर्वको महत्वका सम्बन्धमा भावी पुस्तालाई जानकारीसमेत प्रदान गर्छन् । विभिन्न गायक–गायिकाले तीज र दसैंको जस्तै देउसी र भैलीका गीतहरू संकलन गरी एल्बम निकाल्ने गरेका छन् । गायिका सिन्धु मल्लको झिली र मिली, विष्णु कार्कीको दसैं–तिहार आउँदा, माग्ने र तक्मे इन दसैं–तिहार गीत, रञ्जित परियारको सम्झनामा आयो नि, फौजीलाई कुन हो दसैं, कुन हो तिहार, दाइ आएन नभन्नू है बहिनी, सुसन तथा आस्था मास्केले गाएको भैलो गीत, लक्ष्मी परियार र टीका पुनको लक्ष्मी गाईको तिहार भैलिनी, खुमन अधिकारी र देवी घर्तीको आयो तिहार, राजु लामाको भाइटीकामा भेट्न आउँला है आदि तिहारसम्बन्धी गीत लोकप्रिय छन् । त्यस्तै थुप्रै नेपाली चलचित्रमा तिहारसम्बन्धी गीत समावेश छन् । चलचित्र कोहिनूरमा देउसी भैली, आफ्नो मान्छेमा तीज र तिहार, अन्यायमा अधरमा आज उनकै छ गीत, फिटकीरीमा देउसी रे, चिनोमा दियो बाली अधरको, पर्खिराख हैमा झिलिमिली तिहार, दोधारमा देउसी र भैलो, स्वर्गमा भैलिनी आए आँगनमा, निधारमा लट्काएर सप्तरंगी टीका आदि तिहार गीत समावेश छन् ।

 Image