Successfully Copied

जाडोमा एलर्जीबाट बचौं

जसलाई एलर्जी हुन्छ उसलाई जाडोमा समस्या हुन्छ । कतिपय मानिसलाई जाडोमा सधैं रुघाखोकीको समस्या हुन्छ । कसैको नाक बग्छ, ह्याछ्युँ आउँछ, घााटीमा खसखस हुन्छ र कफ बन्छ । मौसमी रुघाखोकी चाँडै निको हुन्छ । तर एलर्जीले लामो समयसम्म पिरोल्छ । जाडोमा नेत्र रोगको

जाडोमा एलर्जीबाट बचौं 

जसलाई एलर्जी हुन्छ उसलाई जाडोमा समस्या हुन्छ । कतिपय मानिसलाई जाडोमा सधैं रुघाखोकीको समस्या हुन्छ । कसैको नाक बग्छ, ह्याछ्युँ आउँछ, घााटीमा खसखस हुन्छ र कफ बन्छ । मौसमी रुघाखोकी चाँडै निको हुन्छ । तर एलर्जीले लामो समयसम्म पिरोल्छ । जाडोमा नेत्र रोगको पनि समस्या रहन्छ । यदि बीचबीचमा पानी परेन भने यो मौसममा प्रदूषण बढ्छ । कुहिरोका कारण आाखामा जलन, चिलाउने वा लालिमाको गुनासो हुन सक्छ । पर्याप्त घाम प्राप्त नहुनका कारण ब्याक्टेरियल इन्फेक्सनबाहेक ड्ेन्ड्रफको समस्या बढ्छ । 

मौसममा लुकेका कारण 

 धूलो माटोका कण, जनावरका केश वा परफ्युम आदिका कारण एलर्जीको आशंका बढी रहन्छ । त्यसो त यी सबै कुरा वर्षभरि नै रहन्छन् तर जाडोमा यो बढी सक्रिय रहन्छ । एउटा अर्को कारण–जाडोमा मानिस आफ्ना घरका झ्यालढोका बन्द गरेर बस्छन् । ऊनीका कपडा लगाउँछन् । कम्बल, ब्ल्याङकेट ओढ्छन् । सबै बन्द घरमा हिटर प्रयोग गर्छन् । यी सबका कारण पनि एलर्जीको समस्या बढ्छ । अनि एलर्जी फैलाउने ब्याक्टेरिया सक्रिय हुन्छन् । यिनका कारण पनि रुघाखोकी, आाखामा गलन वा स्किन एलर्जी हुन थाल्छ । यदि यी सबै लक्षण एक साताभन्दा बढी देखिए भने चिकित्सकको सेवा लिनुपर्छ ।

केही अन्य कारण 

 एलर्जी फैलाउने ब्याक्टेरियाले एस्थमाका रोगीलाई बढी सताउँछ । यसबाहेक चिसो मौसममा दरी, कम्बल, कार्पेट वा ब्ल्याङ्केटमा ब्याक्टेरिया अधिक मौलाउँछन् । घरमा घरपालुवा वा अन्य कुनै जनावर छन् भने तिनको केशको माध्यमबाट पनि ब्याक्टेरिया फैलिन्छन् । पशुका केशबाहेक तिनको र्‍याल र मलमूत्रमा पनि यस्ता ब्याक्टेरिया हुन्छन् अनि जुत्ता वा कपडामा सहज रूपमा प्रवेश गर्छन् 

 

 Image