Successfully Copied

जाडोमा छालाका लागी अपनाउनुपर्ने सावधानी

–राति सुत्नुभन्दा पहिले दूधमा आएको तर लिएर त्यसलाई मुहार, हात र खुट्टामा लगाउनुपर्छ । –बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । –केही बदाम भिजाएर बोक्रा निकाल्नुपर्छ । त्यसपछि बिस्तारै पिसेर पेस्ट जस्तो बनाउनुपर्छ ।

जाडोमा छालाका लागी अपनाउनुपर्ने सावधानी 

कोल्ड क्रिम लगाएर कहिल्यै घाममा बस्नु हुँदैन । कारण यसबाट धूलो मुहारमा जम्छ र सनवर्न पनि हुन सक्छ । जसका कारण छाला कालो नजर आउँछ । केही घरेलु उपायद्वारा पनि जाडोमा आफ्नो छालालाई सुरक्षित राख्न सकिन्छ । 

–राति सुत्नुभन्दा पहिले दूधमा आएको तर लिएर त्यसलाई मुहार, हात र खुट्टामा लगाउनुपर्छ । 

–बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । 

–केही बदाम भिजाएर बोक्रा निकाल्नुपर्छ । त्यसपछि बिस्तारै पिसेर पेस्ट जस्तो बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार र गर्दनमा प्रयोग गर्नुपर्छ ।

–ब्युटिसियनहरूका अनुसार जाडोमा छालाको सफाइका बारेमा प्राय: ध्यान दिँदैनन् जति गर्मीमा दिने गरिन्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । हर्बल प्रोडक्टको प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन इ ओओयल र अरोमेटिक ओओयल लाभदायक हुन्छ । यसबाहेक निम्न घरेलु उपाय पनि लाभदायक मानिन्छ । 

–ग्लिसरिन, हनी र बटर मिसाएर जाडोमा प्रयोग गर्नुपर्छ । 

–महमा धेरै मोइस्चराइजर हुन्छ । त्यसैले रुखो छालाका लागि मह वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालाको चमक आउँछ । 

–एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन र दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाउनुपर्छ । सुकेपछि मुहार धुनुपर्छ । 

–एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर छालामा प्रयोग गर्दा छाला कोमल र नरम हुन्छ । 

 Image