Successfully Copied

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म्युजिक भिडियोहरूमा ।

दुई वर्षदेखि चलचित्रमा देखा पर्नुभएको छैन नि ?

स्नातकको अन्तिम वर्ष भएकाले अध्ययनलाई समय दिँदैछु साथै दिल्लीमा बेबी वेयरको पसल खोलेकी छु । महिनामा हप्ता दिनजति उतै व्यस्त हुन्छु ।

त्यसो भए अब चलचित्रमा नआउने ?

अहिले समय नभएर मात्र हो । ४–५ वटाजति चलचित्रमा काम गरें तर अहिले अध्ययनमै व्यस्त भएकीले चलचित्रमा नदेखिएकी हुँ । राम्रो भूमिका पाए अवश्य गर्छु ।

मन परेको चलचित्र कुन हो ?

दाग ।

म्युजिक भिडियो त धेरै गरियो नि होइन ?

तीन सयभन्दा बढी । यसैमा रमाइलो लाग्छ ।

मन परेका गायक–गायिका ?

हेमन्त शर्मा, हेमन्त राना तथा शशि रावल ।

तपाईंको रुचि केमा छ ?

पौडी तथा नृत्य ।

आफूलाई कस्ती युवती मान्नुहुन्छ ?

चुलबुले, हाँस्न मन पराउने तथा दु:ख व्यक्त नगर्ने ।

विवाह कहिले गर्ने ?

दुई वर्षपछि एरेन्ज म्यारिज गर्छु ।

सपनाको राजकुमार ?

पढेलेखेको, महिलाको इज्जत गर्ने एवं पेसालाई सम्मान गर्ने ।

अरु केमा रुचि छ ?

व्यापारमा  । 

विशेष योजना छन् कि ?

भूकम्पले मेरो योजना लथालिङ्ग भयो,  छिट्टै कुनै मलमा पसल खोल्छु । 

कस्तो आउटफिटमा हिँड्न मन पराउनुहुन्छ ?

क्याजुअल ।

मनपर्ने नायक–नायिका  ?

दिलीप रायमाझी, अनमोल केसी तथा तृप्ति नाडकर ।

 

 Image