Successfully Copied

प्रोफेसनल हुनुको अर्थ

आजको कामकाजी समयमा यदि तपाईं पूर्ण प्रोफेसनल हुनुहुन्छ भने मात्र तपाईं कल्चर अफ वर्कमा आफूलाई सम्मिलित गराउनु सक्नुहुन्छ र आफ्नो कामलाई अरूभन्दा राम्रोसँग गर्न सक्नुहुन्छ । सफलता, उपलब्धि र प्रशंसाको माध्यम हो–प्रोफेसनलिज्म । तर प्रोफेसनलको परिभाषा के हो र प्रोफेसनल हुनु केलाई भनिन्छ

प्रोफेसनल हुनुको अर्थ 

आजको कामकाजी समयमा यदि तपाईं पूर्ण प्रोफेसनल हुनुहुन्छ भने मात्र तपाईं कल्चर अफ वर्कमा आफूलाई सम्मिलित गराउनु सक्नुहुन्छ र आफ्नो कामलाई अरूभन्दा राम्रोसँग गर्न सक्नुहुन्छ । सफलता, उपलब्धि र प्रशंसाको माध्यम हो–प्रोफेसनलिज्म । तर प्रोफेसनलको परिभाषा के हो र प्रोफेसनल हुनु केलाई भनिन्छ ? यो जान्नका लागि व्यक्तिले प्रोफेसनल वर्करको मूल गुण थाहा हुनुपर्छ । प्रोफेसनल (कामप्रति समर्पित) हुनुको अर्थ बुझ्नुपूर्व सबैभन्दा पहिले कामप्रति तपाईंको आफ्नो दृष्टिकोण कस्तो छ भन्ने जान्नुपर्छ अर्थात् तपाईं आफ्नो कामलाई कुन ढंगले लिनुहुन्छ । तपार्इंको काम तपाईंका लागि कुन हदसम्म महत्वपूर्ण छ । के यो आज आर्जन गर्ने माध्यम मात्र हो वा स्वयंलाई आफू परफेक्ट साबित गरेर आफूलाई राम्रो कर्मचारी प्रमाणित गर्ने अवसर हो । यसबारे स्पष्ट हुनुपर्छ ।

तपार्इंको आफ्नो कामप्रतिको सतर्कताले तपाईंलाई एकजना राम्रो प्रोफेसनल बनाउन सक्छ । आफ्नो कार्यमा केन्द्रित भएर कार्य गर्नु नै प्रोफेसनलिज्म हो । आफूलाई दिइएको कामलाई योग्यता, क्षमता र दक्षताअनुरूप त्यसलाई पूरा गर्न पूर्णरूपले लगनशील भए सफलताको मार्ग प्रशस्त हुन्छ । काम गर्दा कतिपय समस्याको सामना गर्नुपर्ने हुन्छ । ती समस्याको कारण पहिचान गरी अघि बढ्न सक्नु नै प्रोफेसनलिस्टको विशेष पहिचान हो । आफ्नो कामको हरेक पक्षलाई महत्वपूर्ण मानेर सूक्ष्म रूपले हरेक पक्षमा विचार गरेपछि सही निष्कर्षमा पुग्नु जरुरी छ । साथै आफ्नो कामलाई सही दिशामा अग्रसर गरेर समयमा त्यसलाई पूरा गर्नु पनि आवश्यक छ ।

 Image