Successfully Copied

छालाको स्याहार

शरीरबाट पानीको तत्व कम हुँदै जानेलाई डिहाइड्ेरड भनिन्छ । त्यसको कारणले शरीरका पानीको मात्रा बढाउनुपर्छ । यसका लागि पानी प्रशस्त पिउनुपर्छ । पानीको कारणले गर्दा छाला नरम हुन्छ ।

- डा. सुदेश्ना श्रेष्ठ (सिद्धि पोलिक्लिनिक )

मेडिकल डाइरेक्टर , छाला रोग विशेषज्ञ

छालालाई हाइट्रेड

शरीरबाट पानीको तत्व कम हुँदै जानेलाई डिहाइड्ेरड भनिन्छ । त्यसको कारणले शरीरका पानीको मात्रा बढाउनुपर्छ । यसका लागि पानी प्रशस्त पिउनुपर्छ । पानीको कारणले गर्दा छाला नरम हुन्छ ।

सन प्रोटेक्सन

घामको प्रगाढ किरणबाट छालालाई जोगाउनु आवश्यक छ । त्यसैकारणले गर्दा उपयुक्त एसपीएफ सनब्लक घाममा निस्कनु ३० मिनेट अघि लगाउनुपर्छ । घाममा लामो समयसम्म बस्नु पर्ने काम छ भने सनब्लक पटक–पटक तीन घण्टाको अन्तरालमा लगाउनुपर्छ । बिहान ८ बजे, ११ बजे तथा २ बजे नियमित रूपमा लगाउनुपर्छ । घामको विकिरणले छालामा नकारात्मक असर पुर्‍याउँछ ।

मोइश्चराइजर

मोइश्चराइजर लगाउँदा पनि धेरै चिल्लो नभैकन वाटर बेस्ट लगाउनुपर्छ । यसो गर्दा छाला चिल्लो हुँदैन  यसले डन्डिफोर आउने समस्या रहँदैन ।

पानी अधिक मात्रामा

 गर्मीको मौसममा तिर्खा मिटाउन विभिन्न थरीका तरल पदार्थको सेवन गरिन्छ । यस्तो तरल पदार्थमा चिनीको मात्रा हुने भएकाले सकेसम्म यस्तो तरल पदार्थ सेवन गर्नुभन्दा सफा पानी सेवन गर्नुपर्छ ।

घाममा हिँड्दा छाला चिल्लो हुने, डन्डिफोर तथा पोतो आउने जस्ता समस्या बढने भएकाले हरेक दिन छालालाइ बिहान–बेलुकी क्लिन्जर र मोइश्चराइजर लगाउनु आवश्यक हुन्छ ।

पानीको नियमित प्रयोग गर्नाले छाला चम्किलो तथा स्वस्थ्य बन्छ ।

आफ्नो छालालाई स्वस्थ्य बनाउका लागि पोसिलो खाना, व्यायाम, राम्रो निद्रा तीन तत्वले महत्वपूर्ण भूमिका खेल्छ । यी तीन तत्वले छाला र शरीरलाई हेल्दी र ग्लोइगं बनाउँछ ।

 Image