Successfully Copied

कोसेली प्रोडक्टका नयाँ उत्पादन बजारमा

कोसेली सेलले आफूलाई नेपाली बजारमा स्थापित गरिसकेको छ । विगत चार वर्षदेखि सेल रोटी, अनरसा तथा फुरुन्दाना उत्पादन गर्दै आएको यो ब्रान्डले आफ्नो स्वादका कारण छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ।

कोसेली सेलले आफूलाई नेपाली बजारमा स्थापित गरिसकेको छ । विगत चार वर्षदेखि सेल रोटी, अनरसा तथा फुरुन्दाना उत्पादन गर्दै आएको यो ब्रान्डले आफ्नो स्वादका कारण छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ । कोसेली काठमाडौं उपत्यकाका लागि नौलो नाम होइन । कोसेलीले ग्राहकहरूको चाहनालाई ध्यानमा राखी आफ्ना उत्पादन बढाउँदै लगेको छ । दसैंको अवसर पारेर यसले निमकी तथा फाप्ले पनि बजारमा ल्याएको छ । उत्पादन भएको एक महिनासम्म प्रयोग गर्न सकिने कोसेलीका सबै उत्पादन स्वस्थकर भएको दाबी गरिन्छ । उत्पादनका क्रममा प्रयोग गरिने सम्पूर्ण कच्चा पदार्थ गुणस्तरीय छन् । दसंैको अवसर पारेर कोसेलीले आफ्नो प्याकेजिङ परिवर्तन गरेको छ भने यसले होम डेलिभरीको सुविधासमेत उपलब्ध गराउँछ।

 Image