Successfully Copied

घरको सौन्दर्य वृद्धिमा फूलदानी

हिजोआज हरेक मल तथा गिफ्ट सपहरूमा अनेक किसिम तथा आकारका फूलदानी सजाइएको देख्न सकिन्छ । त्यसैगरी घरमा पनि कोठाको आकार, भित्ताको रंग तथा आफ्नो रुचिअनुरूपका फूलदानीहरू ल्याएर त्यसमा ताजा तथा डेकोरेटिभ फूलहरू सजाउन सकिन्छ ।

मानिसहरू आफ्नो घरको इन्टेरियरलाई कसरी नयाँपन दिँदै आकर्षक देखाउने भन्ने सोचमा हुन्छन् । पुरानै घरमा पनि कोठाहरूमा सजावटका सामान हेरफेर गरी नयाँ रूप दिइन्छ । महिलाहरू दसैंमा आफ्नो घरलाई कम समयमै कसरी आकर्षक देखाउन सकिन्छ भन्ने धुनमा हुन्छन् । फूलदानी एउटा यस्तो विकल्प हो जुन घरको हरेक ठाउँमा मिलाएर राख्न जाने घर नै सुन्दर देखिन्छ । हिजोआज हरेक मल तथा गिफ्ट सपहरूमा अनेक किसिम तथा आकारका फूलदानी सजाइएको देख्न सकिन्छ । त्यसैगरी घरमा पनि कोठाको आकार, भित्ताको रंग तथा आफ्नो रुचिअनुरूपका फूलदानीहरू ल्याएर त्यसमा  ताजा तथा डेकोरेटिभ फूलहरू सजाउन सकिन्छ ।

सिसा तथा क्रिस्टलका फूलदानी

ताजा फूललाई सिसा तथा क्रिस्टलका पारदर्शी फूलदानीमा राखेर सजाउँदा घरको सुन्दरता वृद्धि हुन्छ । केही समयमै घरको लुक्सलाई नयाँपन दिने भएकाले दसैंमा घर सजाउन सिसाको फूलदानी उपयुक्त हुन्छ । सिसाका फूलदानी निकै आकर्षक एवं सुन्दर देखिन्छन् तर तिनलाई सम्हाल्न भने त्यत्तिकै गार्‍हो  हुन्छ । सिसा तथा क्रिस्टलका फूलदानी बालबालिकाहरूले छुन नसक्ने ठाउँमा तथा अरू सामानभन्दा अलग राख्नुपर्छ । यी फूलदानीहरू खस्नेबित्तिकै फुटिहाल्ने हुँदा निश्चित ठाउँमा राख्नुपर्छ । सिसा तथा क्रिस्टलका फूलदानी लिभिङ रुमको कुनाको टेबुलमा राख्नु उपयुक्त हुन्छ । यसलाई बुक र्‍याकको मुनिपट्टिको टेबुल अथवा डाइनिङ रुममा पनि सजाउन सकिन्छ । सिसा तथा क्रिस्टलका फूलदानीमा माटोको आवश्यकता नहुने ताजा फूल तथा मनिप्लान्टहरू राख्न सकिन्छ । 

जुट तथा धागोका फूलदानी

अहिले जुट तथा धागोले बनेका युनिक तथा आकर्षक रंगीबिरंगी फूलदानी पनि उपलब्ध छन् । यस्ता रंगीन फूलदानीले घरको लुक्स नै चेन्ज गरिदिन्छन् । यस्ता फूलदानी बजारमा पाइने अरु फूलदानीभन्दा फरक हुन्छन् र सजिलै सबैको ध्यान आकर्षित गर्न सक्छन् । जुट तथा धागोका फूलदानीहरू ठूला आकारका हुने भएकाले मुख्य ढोकाको अगाडि कहिल्यै राख्नु हुँदैन । यस्ता फूलदानीका लागि सेन्टर टेबुल, डाइनिङ टेबुल वा लिभिङ रुमका दुईवटा सोफाको बीचको भागमा राख्न सकिन्छ जसले कोठालाई केही नै नगरी नयाँ लुक दिन्छन् । जुटका फूलदानीमा कृत्रिम फूल मिलाएर राख्दा आकर्षक देखिन्छ । अहिले बजारमा यस्ता फूल अनेकौं आकार तथा रंगमा उपलब्ध छन् । 

माटो तथा सेरामिक्सका फूलदानी

पहिलेदेखि नै माटो तथा विदेशबाट ल्याइएका सेरामिक्सका फूलदानी प्रयोग गरी  घर सजाउने चलन छ । अहिले बजारमा माटो तथा सेरामिक्सका विभिन्न स्टाइल एवं आकारका फूलदानी सुलभ मूल्यमै छानी–छानी किन्न पाइन्छ । सेरामिक्सका फूलदानीहरूमा विभिन्न पेन्टिङ गरेर अझ आकर्षक बनाइएको हुन्छ जसले गर्दा तिनले घरको लुक्स क्षणभरमै परिवर्तन गर्न सक्छन् । सेरामिक्स तथा माटोका आकर्षक फूलदानीलाई घरको लन वा बाल्कोनीमा राख्दा अझ राम्रो देखिन्छ । यस्ता आकर्षक फूलदानीलाई घरको प्यासेजमा पनि राख्न सकिन्छ । यस्ता फूलदानीमा ताजा फूल, कृत्रिम फूल तथा हरिया बिरुवाहरू राख्न सकिन्छ । घरलाई आफूलाई मन परेको फूलदानीले सजाएर आफै पनि तरोताजा रहन सकिन्छ ।  

 

 Image