Successfully Copied

संभ्रान्त जीवनशैलीको प्रतीक फर्निचर–फर्निसिङ

घर मानव जीवनका लागि अत्यावश्यक कुरा हो । आजको जमानामा परिवर्तनको गति पनि उत्तिकै तीव्र छ । यो जीवनशैलीमा घरभित्रको इन्टेरियर डेकोरेसनको प्रमुख भूमिका हुन्छ । नेपालमा पनि युरोप–अमेरिकाकै जीवनशैली बिताउने चाहना बढ्दै गएका कारण फर्निचर तथा फर्निसिङमा नेपालीहरूको चाहना अझ वृद्धि हुँदै

विश्वव्यापीकरणको प्रभाव तथा विलासी जीवनयापन गर्ने इच्छाका कारण नेपाली जीवनशैली दिनानुदिन संभ्रान्त बन्दै गएको छ । टेलिभिजन, इन्टरनेट, हलिउड–बलिउड चलचित्र आदिका कारण मानिसहरू आफ्नो जीवनमा पनि त्यस्तै परिवर्तन ल्याउन चाहन्छन् । परिवर्तित जीवनशैली अर्थात् लाइफ स्ट्याटसको मापन मानिसले प्रयोग गर्ने घर, गाडी तथा ग्याजेटद्वारा हुने गुगलसम्बद्ध स्रोत बताउँछ । घर मानव जीवनका लागि अत्यावश्यक कुरा हो । आजको जमानामा परिवर्तनको गति पनि उत्तिकै तीव्र छ । यो जीवनशैलीमा घरभित्रको इन्टेरियर डेकोरेसनको प्रमुख भूमिका हुन्छ । नेपालमा पनि युरोप–अमेरिकाकै जीवनशैली बिताउने चाहना बढ्दै गएका कारण फर्निचर तथा फर्निसिङमा नेपालीहरूको चाहना अझ वृद्धि हुँदै गएको बेस्ट इन्टेरियरका प्रबन्ध निर्देशक हीरा महर्जन बताउँछन् । 

बेस्ट इन्टेरियरले चिनियाँ सामानको आयात घटाउँदै स्थानीय नेपाली उत्पादनमा जोड दिइरहेको छ । पानीमा डुबाउँदा पनि नबिग्रने उड पार्केटिङ, भित्ताका दाग हटाई पृथक् लुक्स ल्याउने टेक्टर तथा नेपालमा वानपिस फर्निचर डिजाइन बेस्ट इन्टेरियरका विशेषता हुन् । बेस्ट इन्टेरियरका उत्पादनको महत्व बुझाउँदै हीरा भन्छन्–हाम्रा उत्पादन डिजाइन, फिनिसिङ, कलर कम्बिनेसन र गुणस्तरका कारण अगाडि छन् । बेस्ट इन्टेरियरले फर्निचर तथा फर्निसिङका सामग्री बिक्री गर्ने मात्रै नभएर एउटा घर ठड्याएपछि घरभित्र आवश्यक पर्ने, पार्केटिङ, फ्लोरिङ, टेक्टर, किचेन, डाइनिङ, लिभिङ आदिमा फर्निचर फर्निसिङ फिट गर्नेदेखि इन्टेरियर डिजाइनिङसम्मको काम गर्छ । सोफा, बेड, दराज तथा पार्केटिङ बढी बिक्री हुने बेस्ट इन्टेरियरमा ३ सय ५० रुपैंयाँ पर्ने कुसनदेखि लिएर लाखौं पर्ने सामग्री उपलब्ध छन् ।

असोज १ गतेदेखि कार्तिक १ गतेसम्म दसैं–तिहार छुट सेल आयोजना गरिरहेको इबोनी फर्निसिङ अनामनगरमा पर्दा, कुसन, कार्पेट, गलैंचा, वालपेपर, पिभिसी टायल्स, ग्लास स्टिकरका साथै सोफा, बेड, प्लास्टिकका कुर्सीहरूसमेत पाइन्छन् । पछिल्लो समय ताइवानबाट आयातीत आर्टिफिसियल ग्रासको माग बढिरहेको बताउँदै इबोनीका प्रबन्ध निर्देशक विमल अग्रवाल भन्छन्–बिन ब्याग, सोफा, १ वर्षे वारेन्टीसहित फर्निचरहरू आकर्षण केन्द्रमा छन् ।  कुनै सामानमा ग्यारेन्टी तथा कुनैमा वारेन्टी दिएर सामान बिक्री गरिरहेको इबोनीले सिसौ, उत्तीस एवं आँपका काठबाट सामग्री निर्माण गर्छ । सहजताका लागि रेडिमेड पर्दा भित्र्याएको इबोनीमा प्रतिपिस १ हजारदेखि ५ हजारसम्मका पर्दा उपलब्ध छन् । इबोनीको एक्सचेन्ज अफरमा पुराना फर्निचरसँग नयाँ फर्निचर सट्टापट्टा गर्ने काम पनि हुन्छ ।

फर्निचर प्वाइन्ट रविभवनमा चित्ताकर्षक सोफा, डाइनिङ टेबल, बेडसिडदेखि लिएर कुर्सी, खापा, भर्‍याङसम्म पाइन्छन् । फर्निचर प्वाइन्टका रमेश कारञ्जित भन्छन्–हाम्रा सामान बलिया, भरपर्दा एवं सस्ता पनि छन् । शान फर्निचरका इञ्जिनियर सहदेव थापाका अनुसार थ्रिपिस दराज, र्‍याटन चियर, तथा सोफा मिडिलदेखि हाइक्लाको पहिलो रोजाइमा पर्छ । पानी पर्दा पनि नबिग्रिने, घामले असर नगर्ने अनि वर्षौं टिक्ने भएकाले र्‍याटनका फर्निचरले लामो समय साथ दिन्छन् । 

इन्डेक्स फर्निचरकी सुनयना शाक्य भन्छिन्–हाम्रा फर्निचर सोलिड तथा कम्प्रेस उडका साथै एमडिएफ उड मिसिएका फर्निचर बलिया र हेर्दा आकर्षक हुन्छन् । थाइल्यान्डबाट आयातीत इन्डेक्सका फर्निचरमा नयाँ डिजाइनका सोफा सेट, बेडसेट, डाइनिङ तथा लिभिङ फर्निचरको माग बढ्दो छ । 

आर एण्ड बी डेकोरकी पुष्पा श्रेष्ठ चाइनिज कम्प्रेस उडबाट तयार पारिएका फर्निचर फाइन फिनिसिङ तथा आकर्षक लुक्सका हुने बताउँछिन् । श्रेष्ठका अनुसार यस्ता फर्निचरको माग नेपालमा ह्वात्तै बढेको छ । 

लक्जरियस तथा नियो–क्लासिक फर्निचरमा ख्याति कमाएको इम्पेरियल फर्निचर नारायणचौरले जंगली सिसौका काठबाट बनेका फर्निचर मात्र बिक्री गर्छ । इम्पेरियलकी बिजनेस डेभलपमेन्ट म्यानेजर प्रनिता राणा भन्छिन्–यस्ता फर्निचर लामो समय टिकाउ हुनुका साथै चित्ताकर्षक पनि छन् । केही महँगा भए पनि हाम्रा उत्पादन गुणस्तरीय हुनुका साथै पृथक् पनि छन् । राणाका अनुसार जंगली सिसौद्वारा बनेका यहाँका फर्निचर भिक्टोयिरन डिजाइनयुक्त छन् । निश्चित एवं संभ्रान्त वर्ग लक्षित इम्पेरियलका फर्निचरहरूका महँगा भेल्भेट, फाइबर तथा सलिड उड प्रयोग गरिएका छन् । सिर्जनशील देखिने यी फर्निचर काठबाट बनेका भए पनि आइरन लुक्समा देखिन्छन् ।

क्राफ्टम्यान उत्तरढोका लाजिम्पाटले नेपालमै बनेका सलिड उडका फर्निचरको व्यवसाय थालेको लामो समय भैसकेको छ । यहाँका फर्निचर स्क्र्याच तथा हिट रेसिस्टेन्सका साथै वाटरप्रुफ पनि छन् । क्राफ्टम्यानका नवीन महर्जनका अनुसार यहाँ भएको क्लासिकल भिक्टोरियन सोफाको मूल्य ४ लाखभन्दा माथि पर्छन् जसमा अत्यधिक महँगो भेल्भेट प्रयोग गरिनुका साथै यो सोफाको डाइरेक्सन चेञ्ज गर्नेबित्तिकै सोफाको रंग परिवर्तन हुन्छ । 

 Image