Successfully Copied

बडी स्पा

कामकाजी महिलाहरू शारीरिक तथा मानसिक रूपमा एकदमै थकित हुन्छन् । थकान हुँदाहुँदै पनि आफूले चाहेर पनि समय दिएर ट्रिटमेन्ट गराउन समय दिन सकिरहेका हुँदैनन् । दसैंं भन्नासाथ जोकोही घुमघाम गर्ने, राम्री देखिने तथा मीठो खाने धुनमा हुन्छन् । यस क्रममा कामकाजी महिलाहरूको थकान

जुनु चक्रधर

कामकाजी महिलाहरू शारीरिक तथा मानसिक रूपमा एकदमै थकित हुन्छन् । थकान हुँदाहुँदै पनि आफूले चाहेर पनि समय दिएर ट्रिटमेन्ट गराउन समय दिन सकिरहेका हुँदैनन् । दसैंं भन्नासाथ जोकोही घुमघाम गर्ने, राम्री देखिने तथा मीठो खाने धुनमा हुन्छन् । यस क्रममा कामकाजी महिलाहरूको थकान हटाउने एउटा राम्रो उपाय बडी स्पा पनि हो । स्पाले जोर्नी दुख्ने, मसल्स दुख्नेजस्ता समस्याबाट मुक्ति दिन्छ भने रक्तसञ्चारलाई राम्रो बनाउँछ । जिउ दुखेको कम गर्न तथा तनाव घटाउन पनि बडी स्पा गराउनुपर्छ । यसका लागि ३० मिनेटदेखि बढीमा २ घन्टा भए पुग्छ । बडी स्पाको प्याकेजमा बडी स्क्रविङ बडी मसाज तथा फेसियल पनि गराइन्छ । बडी स्पा धेरै किसिमका हुन्छन् । आयुर्वेदिक मसाज, डिप टिस्यु मसाज, थाइ मसाज, स्वीडिस मसाजलगायत हट स्टोन थेरापी, शिरोधारा आदि पेन रिलिफ तथा तनाव मुक्तिका लागि प्रयोग गरिन्छ । दसैंमा आयुर्वेदिक मसाज नै उपयुक्त हुन्छ । यसमा विभिन्न एरोमा तेल तथा आयुर्वेदिक तेलको सम्मिश्रण हुन्छ । स्क्रबमा कफीको स्क्रब उपयुक्त हुन्छ । यसले छालाका छिद्रहरू खुल्ला गरेर मुलायम, स्वस्थ एवं ताजापन  महसुस गराउँछ । 

 Image