Successfully Copied

नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक हुन्छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ ।

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक हुन्छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ । 

भ्रम : शिशुका लागि तेल मालिस त्यति फाइदाजनक हुँदैन । 

सत्य : यो गलत हो । खासगरी तेल मालिस गर्दा शिशुको हाड बलियो हुनुका साथै रक्त संचार पनि राम्रो हुन्छ । यसले शिशुको छालालाई कोमल तथा चिल्लो बनाउँछ । तेल मालिसको केही समयपछि मनतातो पानीले नुहाइदिए उसलाई राम्रो निद्रा पर्छ । त्यसैले तेल मालिस जरुरी हुन्छ ।

भ्रम : नवजात शिशुलाई धेरै नुहाउनु हानिकारक हुन्छ ।

सत्य : शिशुलाई ज्वरो, सर्दी, भाइरल ज्वरो तथा खोकी लागे पनि नुहाइदिँदा फरक पर्दैन, तर नुहाइदिने ठाउँमा हावा भने लागेको हुनुहुँदैन । नुहाइदिइसकेपछि पनि उसको शरीरलाई धेरै समयसम्म खुल्ला हावामा छोड्नुहुँदैन । शिशुलाई धेरै नै ज्वरो आए मलमलको कपडा पानीले भिजाएर उसको शरीर पुछिदिनुपर्छ । जाडो मौसममा तातोपानीले तथा गर्मी मौसममा चिसो पानीले शरीर पुछिदिनुपर्छ । यसो गर्दा शरीर सफा हुनुका साथै थकान पनि कम हुन्छ । 

भ्रम : सबै किसिमका आयुर्वेदिक मिश्रण, जस्तो ड्राइफ्रुट पाउडर, जन्म घुटी, ज्वानो पानी तथा ग्रेप वाटर शिशुलाई ख्वाउन सकिन्छ । यो एलोप्याथी औषधिभन्दा धेरै उत्तम हुन्छ । 

सत्य : आयुर्वेदिक उत्पादन कतिको हाइजेनिक हुन्छ भन्दा पनि यस्ता उत्पादन शिशुलाई दिनुहुँदैन । ज्वानो पानी, ग्रेप वाटर एक वर्षसम्मका शिशुलाई दिनुहुँदैन । किनभने यो समयमा शिशुको पाचनप्रणाली कमजोर हुन्छ । त्यसैले यस्ता कुराले शिशुलाई असर पुर्‍याउन सक्छ । एक वर्षपछि शिशुलाई फाइदा गरे ती कुरा दिन मिल्छ । 

भ्रम : शिशुलाई स्तनपान तथा बोतल फिडिङ एकै समयमा गराउनुहुँदैन । निप्पल तथा आमाको दूधमा शिशु झुक्किन सक्छ । 

सत्य : पहिले बोतलमा दूध पिलाएर पछि स्तनपान गराए मात्र शिशु निप्पलमा झुक्किन सक्छ । कतिपय अवस्थामा डेलिभरीपछि आमा बिरामी पर्न सक्छिन् । यस्तो अवस्थामा आमाको दूध पिलाउनुभन्दा बोतलको दूध पिलाउनु सजिलो हुन्छ । सुरुदेखि नै बोतलको दूध पिउने बानी परेको छ भने शिशुले स्तनपान गर्न जानेको हुँदैन । त्यसैले स्तनपान गराएपछि बोतलको दूध पिलाउनु धेरै सहज हुन्छ । 

भ्रम : शिशुलाई रसायनयुक्त साबुन तथा स्याम्पुको साटो बेसार तथा बेसनले नुहाइदिनु राम्रो हुन्छ ।

सत्य : बेसार, बेसन हेर्दा देखिएजस्तो नरम नहुन सक्छ । बेसनले छालालाई सुख्खा बनाउँछ । यसको प्रयोगले शिशुको छालामा र्‍यासेज आउन सक्छ । शिशुका लागि बनाइएका बेबी प्रोडक्ट यीभन्दा धेरै सुरक्षित हुन्छन् । 

भ्रम : शिशुलाई पहिलो ठोस आहार पाकेको केरा दिनुपर्छ ।

सत्य : शिशुलाई पहिलो ठोस आहारका रूपमा पिसेको चामल दिनुपर्छ । यसमा आइरन प्रशस्त हुन्छ । यसलाई पचाउन पनि सजिलो हुन्छ । त्यसका अतिरिक्त मुंगको दाल पिसेर उम्लिएको पानीमा हाली केही समयपछि ख्वाउन सकिन्छ । केही महिनापछि शिशुलाई पाकेको केरा मिचेर ख्वाउन सकिन्छ । 

भ्रम : शिशुलाई हाछ्युँ आए चिसो लागेको बुझ्नुपर्छ ।

सत्य : यो सही होइन । शिशुको नाकको सफाइका लागि कुनै बाटो हुँदैन । त्यसैले नाकको फोहोर बाहिर निकाल्न पनि उसले हाछ्युँ गर्न सक्छ । हाछ्यँु गर्दैमा चिसो लागेको भन्ने हुँदैन । 

भ्रम : शिशुलाई  हिक्का (बाडुली) आए पानी पिलाउनुपर्छ । 

सत्य : सुरुको केही महिना शिशुलाई हिक्का आउनु सामान्य हो । यस्तो अवस्थामा पानी पिलाउनुहुँदैन । पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र दिनुपर्छ । त्यसैमा पर्याप्त पानी हुन्छ । त्यसैले उसलाई अतिरिक्त पानीको आवश्यकता पर्दैन । 

 

 Image