Successfully Copied

सिर्जनशील तरिकाले घर सजावट

घरलाई रोयल लुक दिने हो भने गोल्डेन एसेसरिज प्रयोग गर्नुपर्छ । गोल्डेन कलर कहिल्यै आउटडेट हुँदैन र घरलाई क्लासी लुक प्राप्त हुन्छ ।

गोल्डेन टच 

घरलाई रोयल लुक दिने हो भने गोल्डेन एसेसरिज प्रयोग गर्नुपर्छ । गोल्डेन कलर कहिल्यै आउटडेट हुँदैन र घरलाई क्लासी लुक प्राप्त हुन्छ । 

–आफ्नो ड्रिम होमलाई गोल्डेन टच दिनका लागि प्रारम्भ ढोकाबाट गर्नुपर्छ, यसका लागि गोल्डेन सेडको प्लेट छनोट गर्नुपर्छ वा नेम प्लेटको अक्षरलाई गोल्डेन कलरमा लेखाउनुपर्छ । 

–आफ्नो र परिवारको फोटोलाई गोल्डेन फ्रेममा सजाएर बेडरुममा राख्नुपर्छ । यसबाट बेडरुमलाई रोयल एवं पर्सनल टच दिन सकिन्छ । 

–गोल्डेन कलरको सेन्डेलियरले घरलाई रोयल लुक दिन्छ । त्यसैले लिभिङ रुममा गोल्डेन सेन्डेलियर लगाउनु पनि राम्रो विकल्प हो । 

–कुनै विशेष ढोकालाई रिच लुक दिन गोल्डेन ग्लास पेन्टिङ पनि गर्न सकिन्छ । यो पनि एउटा राम्रो विकल्प हो । 

–गोल्डेन मूर्तिबाट पनि घरलाई शाही अन्दाजमा सजाउन सकिन्छ । 

–पर्दाबाट कोठालाई रिच लुक दिन गोल्डेन वर्क भएको फेब्रिक छनोट गर्नुपर्छ । ज्वेल्ड कर्टन नटबाट पनि कर्टन सजाउन सकिन्छ । 

मिरर म्याजिक 

–मिररको राम्रो कलेक्सन छ भने त्यसलाई पनि सजावटका लागि प्रयोग गर्न सकिन्छ । 

–मिररलाई सोफा पछाडि सजाउनुपर्छ । यसले पाहुनाको ध्यान आकृष्ट हुन्छ । 

–पेसेज साँघुरो भए ठूल्ठूला ऐना लगाउँदा ठूलो देखिन्छ । 

–बाँधनी, बाटिक, बुडन फ्रेम भएका मिररले घरलाई नेचुरल लुक दिन्छ । इच्छाअनुसार यसलाई पनि प्रयोग गर्न सकिन्छ । 

–ऐनाले सानो कोठालाई ठूलो देखाउँछ । त्यसैले सानो कोठालाई ऐनाले पनि सजाउन सकिन्छ । 

–मिरर कर्टनबाट कोठामा पार्टिसन पनि गर्न सकिन्छ, यो पनि राम्रो देखिन्छ । 

क्लासी ग्लास 

–ग्लासका साथमा कुनै पनि कुरासित म्याच गरी घरलाई क्लासी लुक दिन सकिन्छ । 

–लिभिङ रुममा ग्लासको पार्टिसन गरी सेपरेट सेक्सन पनि बनाउन सकिन्छ ।

–घरको इन्टेरियरमा ग्लासको प्रयोग गर्दा फर्निचर र भित्ताको रंग हल्का राख्नुपर्छ । 

–ग्लासको सेल्फ बनाएर त्यसमा डेकोर आइटम्स सजाउन सकिन्छ । बुक सेल्फका लागि पनि ग्लासको प्रयोग गर्न सकिन्छ । 

–ग्लासको ट्रेन्डी पोट्स र ल्याप होम डेकोरमा विशेष एसेसरिजको काम गर्छ । 

–ग्लास पेन्टिङ पनि ट्रेन्डमा छ, घर सजाउनका लागि यिनको पनि प्रयोग गर्न सकिन्छ । 

–बाथरुम पार्टिसनका लागि ग्लासको प्रयोग राम्रो विकल्प हुनसक्छ । 

फ्लोरल आर्ट 

–कोठालाई कुल फ्रेस लुक दिनका लागि फ्लोरल डेकोरेसन पनि एउटा राम्रो विकल्प हो । 

–फ्लोरल डेकोर गर्दा सबै कुरा फ्लोरल नबनोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । कुसन फ्लोरल प्रिन्टको छ भने सोफा कभर र कार्पेट प्लेन राख्नुपर्छ । 

–फ्लोरल प्रिन्टयुक्त बेडसिट वा कुसन कभरबाट बेडरुमलाई फ्लोरल टच दिन सकिन्छ । 

–घरलाई फ्लोरल थिम दिनका लागि ताजा वा आर्टिफिसियल फ्लावर पनि प्रयोग गर्न सकिन्छ । 

–डायनिङ टेबुलका लागि पनि फ्लोरल डायनिङ टेबुल क्लोथ राख्न सकिन्छ । 

–भित्तालाई फ्लोरल टच दिन फ्लोरल वालपेपर प्रयोग गर्नुपर्छ । फूलका ठूल्ठूला पेन्टिङबाट पनि भित्तालाई फ्लोरल लुक दिन सकिन्छ । 

 Image