Successfully Copied

कसरी बन्ने प्रभावशाली व्यक्तित्व ?

हामीमध्ये कतिपयको अफिसमा जुनियरको प्रमोसन भैरहेको हुन्छ तर आफू जहाँको तहीँ । यस्ता घटना प्राय: अफिसमा घटिरहन्छन्, जसको प्रमोसन हुन्छ ऊ त खुसी हुन्छ तर जसले अफिसमा मेहनतका साथ काम गर्नुका साथै त्यसको नतिजा पनि राम्रो ल्याएको छ उसको प्रमोसन किन भएन भनेर

हामीमध्ये कतिपयको अफिसमा जुनियरको प्रमोसन भैरहेको हुन्छ तर आफू जहाँको तहीँ । यस्ता घटना प्राय: अफिसमा घटिरहन्छन्, जसको प्रमोसन हुन्छ ऊ त खुसी हुन्छ तर जसले अफिसमा मेहनतका साथ काम गर्नुका साथै त्यसको नतिजा पनि राम्रो ल्याएको छ उसको प्रमोसन किन भएन भनेर ऊ आफै सोच्न बाध्य हुन्छ । उसले गरेको कामभन्दा जुनियरले के त्यस्तो राम्रो गरेछ जसले गर्दा उसको प्रमोसन भयो ? भन्ने कुरातिर सम्बन्धित व्यक्तिको ध्यान कमै जान्छ । 

कामको मापदण्ड सबैका लागि समान हुन्छ । हामी आफ्नो कामप्रति त ध्यान दिन्छांै तर आफ्नो व्यक्तित्व, आफूलाई प्रस्तुत गर्ने, कुराकानी गर्ने शैलीमा ध्यान दिन बिर्सन्छौं जुन समयअनुसार अत्यावश्यक भैसकेको छ । 

यदि हामीले कामसँगै कुराकानी गर्ने शैलीका साथै आफ्नो व्यक्तित्वलाई आकर्षक एवं प्रभावकारी बनाउन सक्यौं भने चाँडै प्रगति गर्न सक्छौं । 

पहिरन

–अफिसको वातावरणअनुसार पोसाक छनोट गर्नुपर्छ । 

–जस्तासुकै पहिरन लगाए पनि सफा एवं राम्रोसँग आइरन गरेको हुनुपर्छ । 

–साधारण र हल्का किसिमको मेकअप गर्नुपर्छ । भद्दा तथा भड्किलो मेकअप गरेर अफिस जानुहुँदैन । 

–केश सफा र राम्रोसँग बाँधिएको हुनुपर्छ । खुला तथा च्याप्प तेल लगाइएको केश राम्रो देखिँदैन । 

–नङ सफा एवं उपयुक्त आकारको हुनुपर्छ । धेरै ठूलो नङ पनि भद्दा देखिन्छ । नङमा सही रूपले पालिस लगाउनुपर्छ । 

–बडी स्प्रे, रोलअन अथवा परफ्युमको प्रयोग नियमित गर्नुपर्छ । हल्का सुगन्ध भएको परफ्युम प्रयोग गर्नु उपयुक्त हुन्छ । 

–दाँत राम्रोसँग सफा गर्नुपर्छ । साससम्बन्धी समस्या छ भने माउथ फ्रेसनर प्रयोग गर्न सकिन्छ । 

–कानमा सानो एक जोडा टप लगाउनु उपयुक्त हुन्छ । कानभरि नै टप लगाएको राम्रो देखिँदैन । 

कसरी हात मिलाउने ? 

हात मिलाउँदा आंैलाहरू सीधा हुनुपर्छ । २–३ पटक मात्र हात हल्लाउनुपर्छ । 

–कसैसँग हात मिलाउँदा हात सीधा राखी पूरै अगाडि ल्याउनुपर्छ । हात मिलाइसकेपछि बिस्तारै तल झार्नुपर्छ, झड्काउने वा तान्ने काम गर्नुहुँदैन । 

–हात मिलाउँदा कहिल्यै दुवै हात प्रयोग गर्नुहुँदैन ।

–जोडले हात मिलाउनुहुँदैन जसले हात मिलाउनेलाई पीडा होस् । यसो गर्दा आफ्नो प्रभाव राम्रो रहँदैन । 

परिचय दिने तरिका 

–परिचय दिँदा सधै आफ्नो नाम, पद र त्यसपछि सम्बन्धित अफिससँग आफ्नो सम्बन्धको जानकारी दिनुपर्छ । 

–यदि परिचय लिने व्यक्तिले कुरा गर्ने पहल नगरे जस्तो महसुस भए आफैले पहल गर्न सकिन्छ । 

–यदि आफ्ना सहकर्मी समूहमा कुराकानी गरिरहेका छन् र आफूमा पनि उक्त समूहमा भाग लिने चाहना छ भने केही क्षण प्रतीक्षा गर्नुपर्छ । सहकर्मीहरूलाई मन पर्दैन भने ठट्टा गर्नुहुँदैन ।

परिचय गराउने तरिका 

–सधै वरिष्ठलाई प्राथमिकता दिनुपर्छ । 

–बोस र क्लाइन्टबीच सधै क्लाइन्टलाई नै प्राथमिकता दिनुपर्छ । 

–समान आयुका व्यक्तिहरू छन् भने सधै महिलालाई प्राथमिकता दिनुपर्छ । 

भिजिटिङ कार्ड दिने तरिका 

–कार्ड बाँगिएको वा खुम्चिएको हुनुहुँदैन । 

–कार्डमा कुनै दाग लागेको हुनुहुँदैन । 

–कार्डको छेउ च्यातिएको वा मोडिएको हुनुहुँदैन । 

–कार्ड दिँदा लेखिएको तिर पल्टाएर दिनुपर्छ, उल्टो दिनुहुँदैन । 

–एउटै व्यक्तिलाई एकभन्दा बढी कार्ड दिनुहुँदैन । 

–कार्ड दिँदा वा लिँदा सधै दुवै हात प्रयोग गर्नुपर्छ । 

–जब आफूलाई कसैले कार्ड दिन्छ त्यसलाई पर्सको पछिल्लो भागमा राख्नुपर्छ । यदि पर्सको पछिल्लो भागमा कार्ड राख्ने ठाउँ छैन भने कार्डलाई कार्ड होल्डरमा राखेर पर्सभित्र राख्नुपर्छ । 

आफूलाई प्रस्तुत गर्ने तरिका 

–हाउभाउ पूर्णरूपले कुराकानीमा केन्द्रित हुनुपर्छ, अरूतिर हेरिरहेको हुनुुहुँदैन । 

–कुरा गर्ने व्यक्तिसँग आइ कन्ट्याक्ट हुनु आवश्यक छ । 

–अनुहारको भाव छलफलको विषय अनुकूल नै हुनुपर्छ । 

–व्यक्तित्वमा आत्मविश्वासको झलक देखिनुपर्छ । 

–कम्युनिकेसन सफा र स्पष्ट हुनुपर्छ । कुनै कुराको प्रमाण वा सफाइ मागिएको खण्डमा तर्कका साथ आफ्ना कुरा बुझाउनुपर्छ ।

 Image