Successfully Copied

फेंगसुईबाट समृद्धि

फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ । कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन ।

घरमा पैसा, स्वास्थ्य, सुख–समृद्धि एवं शान्ति कायम राख्न व्यक्तिगत प्रयासका अतिरिक्त फेंगसुईको सहयोग पनि लिन सकिन्छ । यस्ता उपाय अपनाउँदा घरबाट नकारात्मक ऊर्जा हट्नुका साथै सकारात्मक ऊर्जा प्रवाह हुन्छ । स्वास्थ्य लाभ हुनुका साथै आर्थिक समस्या पनि हट्छ ।

फेंगसुईका छ वटा भाग्यशाली वस्तु :

लाफिङ बुद्ध : आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्न सकिन्छ । लाफिङ बुद्धलाई घरको मुख्यद्वारको छड्केतिर राख्नुपर्छ । चिनियाँ वास्तुशास्त्र फेंगसुईअनुसार बुद्ध समृद्धिका देवता हुन् । यिनको मुस्कानबाटै घरको सुख–समृद्धि कायम हुन्छ । सावधान हुनुपर्ने कुरा के छ भने लाफिङ बुद्धको मूर्ति मुख्यद्वारको सम्मुख राख्नु हुँदैन र धेरै उचाइमा पनि राख्नु हुँदैन ।

तीनखुट्टे भ्यागुतो : फेंगसुईमा तीनखुट्टे भ्यागुतोलाई अत्यन्त भाग्यशाली मानिन्छ । मुखमा सिक्का च्यापेको तीनखुट्टे भ्यागुताको मूर्ति राख्दा घरको वातावरण सुखद् हुन्छ । यसलाई घरभित्र मुख्यद्वारको छेउछाउ राख्नुपर्छ ।

यसलाई भान्सा वा वाथरुमभित्र वा छेउछाउ राख्नु हुँदैन । यसो गरिए दुर्भाग्य बढ्छ ।

तीन सिक्का : घरको मुख्यद्वारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनुपर्छ । यसबाट धन–ऐश्वर्य एवं सम्मृद्धि बढ्छ ।

ध्यान राख्नुपर्ने कुरा के छ भने केवल तीन सिक्का मूल ढोकाको भित्री भागमा झुन्ड्याउनुपर्छ । बाहिरी भागमा लगाइयो भने लक्ष्मी ढोकैमा अडिन्छिन् ।  

कछुवा : फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ ।

कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र  एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन । 

गोल्डेन फिस : फेंगसुईका अनुसार घरमा गोल्डेन फिस राख्दा सौभाग्य, धन एवं मान–सम्मान वृद्धि हुन्छ । यसलाई ड्राइङ रुममा राख्नुपर्छ ।

गोल्डेन फिसलाई कहिल्यै बेडरुम, भान्सा वा बाथरुममा राख्नुहुँदैन ।

पवन घन्टी : हिजोआज धेरैले पवन घन्टी वा विन्ड चाइम्स राखेका हुन्छन् । फेंगसुईका अनुसार विन्ड चाइम्सबाट निस्कने सुमधुर आवाजले पूरै घरमा ची नामक सकारात्मक ऊर्जा वृद्धि पर्वाह गर्छ । यो ऊर्जाका कारण घरको सुख–समृद्धि बढ्छ ।

पवन घन्टीलाई घरको त्यस्तो स्थानमा राख्नुपर्छ जहाँ सदैव हावाको झोक्का आइरहोस् र पवन घन्टीको मधुर स्वर गुन्जिरहोस् । 

 Image