Successfully Copied

पुरुष

जुन गीतले समाजमा सकारात्मक सन्देश दिन्छ । जस्तै मेरो ओइलाएर झर्ने गीत । यो गीतमा हार नमानी जीवनमा सधै अघि बढ्नुपर्छ भन्ने सन्देश छ । म यस्तै गीत गाउने प्रयास गर्छु ।

पुरुष 

आर्जन पाण्डे, गायक

तपाईंको जीवनमा महत्व राख्ने महिला ?

आमा र दिदी ।

तपाईंलाई मन परेकी नेपाली गायिका ?

तारादेवी र अरुणा लामा । 

राम्रो स्वर भएकी समकालीन गायिका ?

म प्राय: सफ्ट रक गीत सुुन्छु । अहिलेको समयमा अभया सुब्बाका गीत मन पराउँछु । उनको स्वर अरू गायिकाहरूको भन्दा भिन्न छ ।

कस्ता महिलाले तपाईंलाई आकर्षण गर्छन् ?

जुन महिलाको जीवनमा कुनै लक्ष्य छ र त्यसलाई प्राप्त गर्ने साहस, धैर्य एवं आत्मविश्वास उनमा हुन्छ । 

महिलाहरूको राम्रो पक्ष ?

सहनशीलता, धैर्य, क्षमा दिन एवं नि:स्वार्थ माया गर्न सक्ने पक्ष ।

नराम्रो पक्ष ?

छिट्टै रिसाउने बानी मन पर्दैन । 

महिलाहरूको प्रशंसामा तयार पारिएको मन परेको गीत ?

नारायण गोपालको गाजलु ती ठूलाठूला आँखा ।

तपाईं कस्ता गीत गाउन रुचाउनुहुन्छ ?

जुन गीतले समाजमा सकारात्मक सन्देश दिन्छ । जस्तै मेरो ओइलाएर झर्ने गीत । यो गीतमा हार नमानी जीवनमा सधै अघि बढ्नुपर्छ भन्ने सन्देश छ । म यस्तै गीत गाउने प्रयास गर्छु ।  

 Image