Successfully Copied

हिमाली खानपान

बढी अग्लो ठाउँमा धेरै चिसो हुने हुँदा शरीरलाई तातो दिने पोषणयुक्त खाना खानुपर्छ । यस्ता ठाउँमा गार्लिक सुप अनिवार्य हुन्छ भने नुन, दूध, घिउ तथा चियापत्ती हालेर कम आँचमा धेरैबेर पकाइएको शेर्पा टीले शरीरलाई न्यानोपन मात्र होइन शक्ति पनि प्रदान गर्छ ।

कामिनिमा शेर्पा, होटल व्यवसायी, लुक्ला, सोलुखुम्बु

अग्लो र चिसो ठाउँमा कस्तो खाना उपयुक्त हुन्छ ?

बढी अग्लो ठाउँमा धेरै चिसो हुने हुँदा शरीरलाई तातो दिने पोषणयुक्त खाना खानुपर्छ । यस्ता ठाउँमा गार्लिक सुप अनिवार्य हुन्छ भने नुन, दूध, घिउ तथा चियापत्ती हालेर कम आँचमा धेरैबेर पकाइएको शेर्पा टीले शरीरलाई न्यानोपन मात्र होइन शक्ति पनि प्रदान गर्छ ।

हिमाल चढ्ने, हाइकिङ र ट्ेरकिङ जाने महिलाले खानपानमा कस्तो सचेतता अपनाउनुपर्छ ?

यस्ता पेसामा आबद्ध महिलाले शारीरिक रूपमा पुरुषले जत्तिकै कडा परिश्रम गर्नुपर्ने हुँदा शरीरलाई बल प्रदान गर्ने खानामा जोड दिनुपर्छ । विशेषत: उच्च हिमाली माटो र पानीमा उत्पादित अर्गानिक खाना खानु उत्तम हुन्छ । मासु खाँदा पनि अन्तर्राष्ट्रिय गुणस्तरअनुसार तयार पारिएका परिकारले हानी गर्दैनन् । गार्लिक सुप दैनिक १ देखि ३ लिटर खान सके फाइदा हुन्छ । 

खानपानकै कारण हिमाली महिलामा कुनै स्वास्थ्य समस्या छन् कि ?

हिमालका महिलाहरू खाना खाएर होइन नखाएर बिरामी पर्छन् । प्रशस्त प्रोटिनयुक्त खाना नखानेहरूमा हाडजोर्नी दुख्ने समस्या पाइन्छ । यस्ता ठाउँमा बस्ने र यात्राका लागि जानेहरूले सावधानी अपनाउनुपर्ने मुख्य कुरा खानपान हो । 

हिमालका विशेष खाना के हुन् ?

सुप र शेर्पा टी यहाँका विशेष तथा दैनिक उपभोग्य खाद्यपदार्थ हुन् । त्यसका अतिरिक्त मासु, अर्गानिक सागसब्जी एवं हिमालमै उत्पादित ब्राउन राइस यहाँका मुख्य खाना हुन् । हिउँ पग्लिएर बनेको पानीलाई फिल्टर गर्नु पर्दैैन । उक्त पानीबाट भोजन पाक्ने हुँदा स्वादिष्ट नहुने त कुरै भएन । त्यसबाहेक यहाँ आफ्नै बारीमा फलेका अर्गानिक सागसब्जी विशेष हुन्छन् ।

पर्वतारोहण, हाइकिङजस्ता पेसामा आबद्ध व्यक्तिले के खानु हुँदैन ?

यस्ता पेसामा आबद्ध व्यक्तिहरूले आरोहणका बेला गरिष्ठ खानेकुरा खानु हँुदैन किनभने गरिष्ठ खानाले शरीरमा आलस्य पैदा गर्नुका साथै बढी थकित बनाउँछ । यस्तो बेला कम समयान्तरमा थोरै–थोरै सुप, नुडल्स, ब्राउन राइस, बोइल्ड मिटजस्ता हलुका खाना खानु उपयुक्त हुन्छ । 

 

 Image