Successfully Copied

तनाव हटाउने उपाय

तनाव नहुने मानिस कमै हुन्छन् । एक अध्ययनअनुसार निरन्तर तनावमा रहँदा सोच्ने शक्ति क्षीण हुन थाल्छ । धेरैजसोलाई तनावका कारण सोच्ने शक्ति कम भएजस्तो लाग्छ जुन सत्य पनि हो ।

तनाव नहुने मानिस कमै हुन्छन् । एक अध्ययनअनुसार निरन्तर तनावमा रहँदा सोच्ने शक्ति क्षीण हुन थाल्छ । धेरैजसोलाई तनावका कारण सोच्ने शक्ति कम भएजस्तो लाग्छ जुन सत्य पनि हो । अमेरिकास्थित युनिभर्सिटी अफ मिसिगन मेडिकल स्कुल एवं डिप्रेसन सेन्टरका शोधकर्ताले ६ सय १२ जना महिलामा यो अध्ययन गरेका थिए । अध्ययनमा सहभागीहरूमध्ये दुई तिहाईले आफ्नो जीवनमा चर्को तनाव सामना गरेका थिए । शोधका क्रममा तनावग्रस्त महिलाको प्रदर्शन अझ खराब देखियो । तनावग्रस्त महिलाको मस्तिष्कको स्मरण तथा तर्क शक्तिमा धेरै उथलपुथल आएको अनुसन्धानकर्ताहरू बताउँछन् । 

 Image