Successfully Copied

साम्राज्ञी राज्यलक्ष्मी शाह

१२ कक्षा सकेर बसेकी थिएँ । सानैदेखि अभिनयमा रुचि देखेर मामाले अफर गर्नुभएको हो । मेरा मामा यो चलचित्रको प्रोड्युसर हुनुहुन्छ पछि भुवन अंकलले

अहिले केमा व्यस्त हुनुहुन्छ ?

चलचित्र ड्रिमको सुटिङमा व्यस्त छु ।

भुवन केसीको ड्रिम्समा कसरी काम पाउनुभयो ?

१२ कक्षा सकेर बसेकी थिएँ । सानैदेखि अभिनयमा रुचि देखेर मामाले अफर गर्नुभएको हो । मेरा मामा यो चलचित्रको प्रोड्युसर हुनुहुन्छ पछि भुवन अंकलले स्टोरी सुनाउनु भयो, मलाई मन पर्‍यो र मैले स्वीकृति दिएँ ।

बाल्यकालमा के बन्ने इच्छा थियो ?

म हिन्दी तथा अंग्रेजी चलचित्र हेरेर त्यसको क्यारिकेचर गरिरहन्थें । ठूलो भएपछि कलाकार बन्छु भन्थें ।

करियरको सुरुवात कसरी भयो ?

फेस क्लासिक डायमण्डमा सेकेन्ड रनरअप भएपछि मेरो मोडलिङ करियर प्रारम्भ भएको हो ।

र्‍याम्प मोडलिङ, मुभी एवं म्युजिक भिडियोमध्ये कुन क्षेत्रमा रमाइलो लाग्यो ?

सबैभन्दा रमाइलो त मुभीमै लाग्यो ।

त्यसो भए साम्राज्ञीलाई नेपाली चलचित्रमा देखिरहन पाइने भयो ?

होइन, पहिले ड्रिम्सको परिणाम हेरौं । त्यसपछि मात्र निरन्तरता दिने कि नदिने निर्णय गर्छु ।

आफू कस्तो स्वभावकी युवती भएजस्तो लाग्छ ?

छिट्टै कसैसँग घुलमिल नहुने, बोलिनहाल्ने, छिट्टै रिसाउने स्वभावकी ।

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?

दर्पण छाया, मेरो एउटा साथी छ, हाउसफूल आदि चलचित्र हेरेकी छु ।

मनपरेका कलाकार ?

प्रियंका कार्की, नम्रता श्रेष्ठ र अनमोल केसी ।

ड्र्रिम्सको नायक अनमोल कस्तो लाग्यो ?

काममा एकाग्र, नयाँ कुरा सिकौं भन्ने, फ्रेण्डली, सबैलाई सहयोग गर्ने, अभिनयकै लागि जन्मिएजस्तो ।

फुर्सदमा के गर्नुहुन्छ ?

साथीहरू तथा मम्मीसँग घुम्न जान्छु, टिभी तथा मुभी हेर्छु वा बाहिर खान जान्छु ।

मनपर्ने परिकार ?

मलाई जंक फुड निकै मनपर्छ । जापानी सुसी पनि मनपर्छ ।

कस्तो गेटअपमा हिँड्न मन लाग्छ ?

क्याजुअल नै मनपर्छ तर ठाउँअनुसार एलिगेन्ट लुक्स पनि अपनाउँछु । मुडअनुसार पहिरन लगाउँछु ।

पुरुष : आरुष गुरुङ, नायक

तपाईंको नजरमा आमा ?

जननी, भगवान्को एक रूप ।

आदर्श महिला ?

मोनालिसा तथा

झाँसीकी रानी ।

सहज लाग्ने महिला को–स्टार ?

रेखा थापा ।

तपाईंका लागि श्रीमती ?

जिउने आधार, सुख–दुख बाँड्ने साथी ।

कोही महिलाका लागि भगवान्सँग वरदान माग्न पाए ?

मेरी आमाको लामो आयु माग्थें ।

महिलाहरूको कमजोर पक्ष ?

छिट्टै विश्वास गर्ने, कुरा काट्ने अनि आँसु झारिहाल्ने ।

महिलाको कुन पक्षले आकर्षित गर्छ ?

पर्सनालिटी, व्यवहार अनि बौद्धिकता ।

मनपर्ने लेखिका ?

सिमोन द बउवार ।

प्रभावशाली महिला ?

मिचेल ओबामा ।

नारीमा भएको बलियो पक्ष ?

सहनशीलता एवं व्यवस्थापकीय कौशल ।

गायिका नित्यशिवा

निरन्तर काम गरी सफलताको सिँढी उक्लन सफल उदाहरण हुन्–गायिका नित्यशिवा । सुमधुर आवाजकी धनी नित्यशिवा गायन क्षेत्रकी तारा हुन् । संगीतको राम्रो ज्ञान भएर पनि एक दशकपछि उनले ‘चाहना मनको’ पहिलो एल्बम बजारमा ल्याइन् । सांगीतिक क्षेत्रमा सक्रिय हुनकै लागि सुनसरीबाट राजधानी प्रवेश गरेकी गायिका नित्यशिवाले चलचित्र गोरेदेखि भर्खरै बजारमा आएको गीत ‘फेसबुकको रन्को’ मा आवाज दिइसकेकी छिन् । उनले छोटो समयमै नौ वटा चलचित्र तथा विभिन्न म्युजिक भिडियोमा गीत गाएको बताइन् । महिला भएर गीत–संगीतमा लाग्नु हुँदैन भन्ने पारिवारिक अड्चन सहेकी नित्यशिवासँग संगीतमा जम्न निक्कै ठूलो संघर्ष गर्नुपरेको तीतो अनुभव छ । आगामी दिनमा गायन क्षेत्रमै समर्पित हुने उनको लक्ष्य छ ।

सगुन शाही, नायिका

जिम गर्न    :    मन पर्छ ।

सिमसिमे पानीमा भिज्न    :    मन पर्छ ।

आइस क्रिम    :    मन पर्छ ।

हेयर आइरन    :    मन पर्दैन ।

ककटेल    :    मन पर्दैन ।

अनमोल केसी    :    मन पर्छ ।

प्रियंका कार्की    :    मन पर्छ ।

बन्जी जम्पिङ    :    मन पर्छ ।

राति घुम्न    :    मन पर्दैन ।

सिंगापुर    :    मन पर्छ ।

वान पिस    :    मन पर्छ ।

सोसल नेटवर्क    :    मन पर्छ ।

 Image