Successfully Copied

मनसुनमा घरको सुरक्षा

वर्षा मौसममा अति जरुरी भए मात्र कार्पेटको प्रयोग गर्नुपर्छ, अन्यथा कार्पेटको प्रयोग गर्नुहुँदैन ।

- वर्षा मौसममा अति जरुरी भए मात्र कार्पेटको प्रयोग गर्नुपर्छ, अन्यथा कार्पेटको प्रयोग गर्नुहुँदैन ।

- कार्पेटलाई एन्टिसेप्टिक क्लिनरले नियमित रूपमा सफा गर्नुपर्छ ।

- मनसुनका लागि ब्राइट कलरको मसिनमेड वासेबल एवं हल्का कार्पेटलाई प्राथमिकता दिनुपर्छ । यसलाई धुन–सुकाउन सजिलो हुन्छ । एक्रेलिक, बाम्बु वा कोयर म्याट प्रयोग गर्न सकिन्छ ।

फर्निचर केयर

- काठका फर्निचरलाई सिलनबाट जोगाउन वाटर रेजिस्टेन्ट स्प्रे प्रयोग गर्नुपर्छ ।

- मेटलबाट बनेका फर्निचरको सुरक्षाका लागि त्यसमा रस्ट रेजिस्टेन्ट रेड अक्साइड तथा इनामेल पेन्ट लगाउनुपर्छ ।

- फर्निचरहरूलाई ओसबाट जोगाउन नियमित रूपमा सुख्खा कपडाले सफा गर्नुपर्छ ।

- काँचको डेकोर आइटम सफा गर्न टिस्यु पेपर प्रयोग गर्न सकिन्छ ।

बेडसिट र पिलो कभर

- वर्षामा बेडसिट र पिलो कभर चाँडै मैलो हुन्छ । त्यसैले हल्का फेब्रिक भएको बेडसिट वा पिलो कभर प्रयोग गर्नुपर्छ किनभने त्यसलाई सफा गर्न सजिलो हुन्छ ।

- हेभी इम्ब्रोइडरीको साटो ब्राइट कलरको सुन्दर प्रिन्ट भएको पिलो कभर वा बेडसिट छनोट गर्नुपर्छ ।

- यसले घरको सुन्दरता बढाउँछ र हेरचाह गर्न पनि सजिलो हुन्छ ।

कर्टन केयर

- वर्षाका लागि हल्का फेब्रिकको पर्दा छनोट गर्नुपर्छ । त्यस्तो पर्दा निकै सुन्दर हुन्छ र धुँदा पनि सजिलै सुक्छ ।

- वर्षामा अस्तर भएको पर्दा प्रयोग गर्नुहुँदैन । यसलाई म्यानेज गर्न गाह्रो हुन्छ । त्यसको साटो पोलिस्टर, खादी, सिल्क, साटन आदि फेब्रिक प्रयोग गर्न सकिन्छ ।

- वर्षामा हल्का रंगको कपडा चाँडै मैलो देखिन्छ । अत: उज्यालो रंग प्रयोग गर्नुपर्छ ।

वाल केयर

- घरको भित्तालाई ओसबाट जोगाउन वाटर फ्रुफ पेन्ट प्रयोग गर्नुपर्छ ।

- घरलाई मनसुन लुक दिन लिविङ रूमको एउटा भित्तामा बादल वा वर्षाको झझल्को दिने वाल पेपर प्रयोग गर्न सकिन्छ ।

- काठको जुन भाग सिलन छ, त्यहाँ डेकोरेटिभ टायल वा ब्रिक इफेक्ट दिएर सहज रूपले त्यसलाई लुकाउन सकिन्छ ।

विद्युतीय सामग्रीको हेरचाह

- टिभी, मिक्सर, फ्रिज आदिको सुरक्षाका लागि वाटर प्रुफ वेभर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

- विद्युतीय सरसामानलाई ड्राइ राख्न तिनको कर्नरमा सिलिकन जेल प्रयोग गर्नुपर्छ ।

- घरमा अर्थिङ गराउनुपर्छ । हरेक पावर बोर्डका लागि बेग्लै फ्युज प्रयोग गर्नुपर्छ ।

- विज्ञबाट समय–समयमा विद्युतीय सरसामानको जाँच गराउनुपर्छ ।

अन्य कुरा

- घरको कुनै कोठामा पानी चुहिन्छ भने त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ । लिकेजलाई प्लास्टर अफ पेरिस वा ह्वाइट सिमेन्टले बन्द गर्नु उपयुक्त हुन्छ ।

- वर्षा प्रारम्भ हुनुपूर्व घरको बाहिरी भित्तामा डेम्प प्रुफका साथै वाटर प्रुफ पेन्ट लगाउनुपर्छ ।

- भुइँको सरसफाइका लागि फिनाइलको प्रयोग वा एन्टिसेप्टिक क्लिनर प्रयोग गर्न सकिन्छ ।

- घरको मुख्य प्रवेशद्वारमा डोर म्याट प्रयोग गर्नुपर्छ जुन पानी सोस्ने खालको हुनुपर्छ ।

- घरको ओस हटाउन वर्षा रोकिएपछि झ्यालढोका खोलिदिनुपर्छ । यसो गर्दा घरको भित्ता ओसबाट जोगिन्छ । घरको छतमा पानी जम्मा हुने ठाउँ छोड्नु हुँदैन ।

- यो मौसममा घरबाहिर प्रयोग गरिने जुत्ता–चप्पल अलग्गै हुनु राम्रो हुन्छ ।

वर्षामा समस्यामुक्त घर

- कोठामा कार्पेट छ भने त्यसमुनि अखबार ओछ्याउनुपर्छ, यसो गर्दा मौसमका कारण आउने ओसलाई अखबारले सोस्छ ।

- वर्षाका कारण झ्याल–ढोकाका काठ फुलेका छन् भने त्यसमा मैन रगड्नुपर्छ– काठ फुल्न रोकिन्छ । वर्षाका कारण फोहोर भएका झ्यालका सिसा अखबारमा थोरै सिरका लगाएर सफा गर्न सकिन्छ ।

- फर्निचर, पुस्तक र्‍याक, टेलिभिजन आदि झ्याल नजिक भए पानीका कारण बिग्रन सक्छन् तसर्थ ती सामानको स्थान परिवर्तन गर्नुपर्छ ।

- काठका दराजसँगै फलामका फर्निचरमा पनि ओसका कारण दुर्गन्ध आउँछ । अत: दराजमा भिजेको कपडा राख्नु हुँदैन । मौसम सफा भएको दिन दराज खोलेर खुल्ला छोड्नुपर्छ । पातलो डोरीमा १०–१२ वटा चक राख्नुपर्छ । चकले दराजको ओस सोस्छ । त्यसबाहेक ओडोनिल वा कपूरको टुक्रा पनि राख्न सकिन्छ जसबाट ओस पनि लाग्दैन र कपडालाई कीराबाट सुरक्षा प्राप्त हुन्छ ।

- दराज खोल्दा कपडाबाट सुगन्ध आओस् भन्ने हो भने सेन्टको खाली सिसीलाई कपडाका बीचमा राख्नुपर्छ । यसका लागि साबुनको र्‍यापर पनि प्रयोग गर्न सकिन्छ । पहिरनलाई जोगाउन सिलिकन जेल प्रयोग गर्नुपर्छ ।

- सोफा आदिको गद्दामा ओसका कारण सिल्भर फिस देखिनसक्छ । अत: गद्दामा कपर लगाउनु पहिले प्लास्टिक सिट लगाउनुपर्छ ।

- मौसम सफा भएका दिन घरका सबै झ्याल–ढोका खोल्नुपर्छ जसका कारण घरमा ताजा हावाले प्रवेश पाउँछ ।

- घरमा एसी छ भने सातामा दुई पटक जाली सफा गर्नुपर्छ ।

- वर्थ सर्टिफिकेट, पासपोर्ट, इन्स्योरेन्स पोलिसी आदि महत्वपूर्ण कागजातलाई वाटर प्रुफ बक्समा राख्नुपर्छ ।

- निरन्तर भिजेको वाथरुमबाट अचम्मको दुर्गन्ध आउँछ । अत: वाथरुममा राति ब्लिचिङ पाउडर छर्कनुपर्छ । बिहान बढारेर सफा गरे बाथरुम चम्किन्छ । ब्लिचिङ पाउडरलाई भान्साको फ्लोर तथा सिन्कमा पनि प्रयोग गर्न सकिन्छ ।

- घरलाई सुगन्धित बनाउन कटन बल्समा कुनै सेन्ट छर्केर ट्युबलाइट माथि राख्नुपर्छ । जब त्यो जल्छ बिस्तारै कोठा सुगन्धित हुन थाल्छ ।

- लामखुट्टे र झिँगाबाट जोगिन दुई लिटर पानीमा लगभग आधा किलोग्राम निमका पात तथा ५ ग्राम कपूर हालेर उमाल्नुपर्छ । पानी आधा भएपछि चिसो बनाई त्यसमा केही थोपा एसेन्सियल ओयल मिसाएर सिसीमा भरी नियमित स्प्रे गर्दा घर सुगन्धित रहनुका साथै झिँगा वा लामखुट्टेबाट पनि जोगिन सकिन्छ ।

 

 Image