Successfully Copied

समर टिप्स फर हेल्थ

ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ। गर्मीमा तुरुन्त पकाएको भोजन खानुपर्छ। कारण गर्मीमा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै खराब हुन्छन्।

डाइट टिप्स

    ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ। गर्मीमा तुरुन्त पकाएको भोजन खानुपर्छ। कारण गर्मीमा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै खराब हुन्छन्। सुपाच्य भोजन गर्नुपर्छ, गरिष्ठ भोजनबाट टाढै रहनुपर्छ।

    बिहान उठेपछि एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ वा ग्रीन टी सेवन गर्नुपर्छ। लामो समयसम्म खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन पुग्छ। थोरै–थोरै समयको अन्तरालमा खाए ओवर इटिङबाट जोगिन सकिन्छ। बिहानीको सुरुवात मन तातोपानीमा कागतीको रस र मह हालेर पिउनु फाइदाजनक हुन्छ।

    गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ। कफीले शरीरमा डिहाइड्रेसन बढाउँछ। जुस, दही, लस्सी, मोही, सातु, कागती–पानी बेलको सर्बत, नरिवलको पानी एवं उखुको रस आदिलाई आफ्नो डाइटमा समावेश गर्नु लाभदायक हुन्छ।

    घरमा ग्लुकोज, जीवनजल, पुदिना आदि राख्नुपर्छ।

    घामबाट फर्किएपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन। त्यसको साटो सुराही वा माटाको भाँडामा राखिएको पानी पिउनु उपयुक्त हुन्छ।

    मिठाईं खाने मन भए स्याउ, अमला, बेल वा पेठा खान सकिन्छ।

    अत्यधिक चिसो पेय पदार्थबाट टाढै रहनुपर्छ।

    सुपाच्य र हल्का तरकारी खानुपर्छ। गाजर, टमाटर, पालकबाहेक पानी प्रशस्त भएका लौका आदिको तरकारी उपयुक्त हुन्छ। यिनमा लो क्यालोरी हुनुका साथै गर्मीसित लड्ने क्षमता पनि हुन्छ।

फिटनेस एक्सरसाइज

    गर्मीमा हिट स्ट्रोक एवं डिहाइड्रेसनबाट जोगिन बिहान सबेरै र साँझपख हिँड्नु राम्रो हुन्छ। बिहान ५–६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५–२० मिनेटको हिँडाइ पनि फाइदाजनक हुन्छ।

    पुसअप्स शरीरलाई वार्मअप गर्न आवश्यक छ। यो सिम्पल स्ट्रेन्थ हो यसबाट शरीरको माथिल्लो हिस्सा बलियो हुन्छ।

    स्क्वाट्स शरीरको तल्लो भागको एक्सरसाइज हो। यसबाट थाइज, हिप्स एवं घुँडाको व्यायाम हुन्छ।

    बर्पिज सम्पूर्ण शरीरका लागि स्ट्रेन्थ ट्रेनिङ एक्सरसाइज हो। यसलाई स्क्वाट थस्र्ट एक्सरसाइज पनि भनिन्छ।

    साइड प्लेकङसबाट पेटको वरपर, पिठ्युँ एवं काँधको व्यायाम हुन्छ।

    सुपरमेन प्लाङक पोजिसनमा सुपरमेनजस्तै उभिनुपर्ने हुन्छ।

    बाकिङ लंजेज पनि शरीरको तल्लो भाग जस्तै ग्लुटिल, क्वाड्रिसेप्स र हेम स्ट्रिङग्सलाई बलियो बनाउँछ। यो एउटा राम्रो कार्डियोवास्कुलर एक्सरसाइज हो।

    ओब्लिकबाट कम्मर वरपर जमेको बोसो कम हुन्छ।

    ट्राइसेप्स डिस्प्ले हात–पाखुराको सेल्युलाइट कम हुन्छ।

महिलाका लागि व्यायाम

    पिलेटिज महिलाहरूमा लोकप्रिय व्यायाम हो। यो व्यायाम नर्मल डेलिभरीको चार सातापछि पनि गर्न सकिन्छ। यो फिजिकल सिस्टमलाई जो सेफ पिलेटिभले प्रथम विश्वयुद्धका बेला घाइते सैनिकको शीघ्र स्वास्थ्य लाभका लागि तयार गरेका थिए। यसको माध्यमबाट मसल्स स्ट्रेल्थनिङ र स्ट्रेचिङ हुन्छ।

    योगले शारीरिक एवं मानसिक स्वास्थ्यमा राम्रो काम गर्छ। आजभोलि  क्लब र जिममा पनि अष्टाङ्ग योगदेखि पावर योगसम्म सिकाइन्छ।

    ताइ–चाइ चाइनिज व्यायाम हो जसबाट सन्तुलन र आराम प्राप्त हुन्छ। यो महिलाहरूका लागि राम्रो व्यायाम हो।

    पौडी गर्मीमा आफूलाई स्वस्थ तथा बडीलाई सेपमा राख्ने राम्रो उपाय हो। यो टिनएजर्सका लािग आवश्यक व्यायाम हो।

    बेली डान्सिङ र जुम्बा पनि अहिले निकै लोकप्रिय छ। फन–मस्तीका साथमा यसबाट शरीरको अतिरिक्त क्यालोरी पनि कम हुन्छ।

    केही नगरे पनि ब्रिस्क वाक बेस्ट हुन्छ। यसबाट बेट म्यानेज हुन्छ र शरीरलाई पनि फाइदा मिल्छ।

    जिम लाभदायक र प्रभावकारी हुन्छ तर यसका लागि कुशल प्रशिक्षक चाहिन्छ।

कुल मन्त्र

गर्मीमा दिनहुँ कम्तीमा तीन लिटर पानी पिउनुपर्छ। व्यायाम वा शारीरिक क्रियाकलापभन्दा केही समय पहिले र पछि पानी वा तरल पदार्थ पिउनुपर्छ।

    डाइटमा सुप, सलाद र फल खानुपर्छ। मसलेदार खाना कम खानुपर्छ।

    एकसाथ तीनभन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन।

    डिब्बाबन्द जुसबाट जोगिनुपर्छ। ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ।

 Image