Successfully Copied

शीतल सामग्री

गर्मी बढ्दै जाँदा बजारमा शीतलता प्रदान गर्ने सामग्रीहरू भित्रने क्रम बढिरहेको छ । वैशाखदेखि भदौसम्म यस्ता सामग्रीको माग उत्कर्षमा रहन्छ ।

गर्मी बढ्दै जाँदा बजारमा शीतलता प्रदान गर्ने सामग्रीहरू भित्रने क्रम बढिरहेको छ । वैशाखदेखि भदौसम्म यस्ता सामग्रीको माग उत्कर्षमा रहन्छ । गर्मी छल्न यी सामग्री सहयोगी हुन्छन् । अहिले बजारमा विविध ब्रान्डका सामग्री भित्रिएका छन् । आफ्नो बजेटअनुसार आफूलाई चाहिने सामग्री खरिद गर्न सकिन्छ । काठमाडौंमा पनि अहिले यस्ता सामग्रीबिना गर्मी कटाउन नसकिने भैसकेको छ । गर्मी लाग्दै जाँदा पंखा, कुलर तथा एअर कन्डिसनर आदि सामग्रीको माग ह्वात्त बढ्छ । यस्ता सामग्री बिलासिता होइन अत्यावश्यक भएका छन् । नेपाली बजारमा यस्ता सामग्री उत्पादन गर्ने सबैजसो बहुराष्ट्रिय ब्रान्डको उपस्थिति छ । काठमाडौंका विभिन्न ठाउँमा तिनका आधिकारिक शोरुमहरू छन् ।

एलजी

एलजी नेपाली उपभोक्तामाझ निकै लोकप्रिय छ । नेपालमा यसले आफ्नो वर्चश्व कायम गरिसकेको छ । एलजीले नेपाली बजारमा प्रवेश गरेको करिब दुई दशक भैसकेको छ । एलजीले सबै प्रकारका घरायसी सामग्री उत्पादन गर्छ । क्षमतायुक्त, गुणस्तरीय तथा टिकाउ हुने भएकाले पनि यसलाई नेपाली उपभोक्ताहरूले मन पराएका हुन् । जाडो होस् वा गर्मी एलजीले मौसम अनुकूल सामग्री बजारमा ल्याउँछ । गर्मीको आगमनसँगै यसका कुलर, पंखा, एअर कन्डिसनर तथा रेफ्रिजरेटरको बजार तात्न थालिसकेको छ । रेफ्रिजरेटरमा एलजीको डबल डोर सिस्टमको लेटेस्ट रेन्ज बजारमा उपलब्ध छ ।

रेफ्रिजेरेटर

एलजीले घरको आकार तथा प्रयोगअनुसार विभिन्न प्रयोजनका रेफ्रिजेरेटर उत्पादन गर्छ । यसले अहिले विविध प्रयोजनका लागि उपयुक्त रेफ्रिजेरेटर बजारमा ल्याएको छ । एलजीका रेफ्रिजेरेटरको मूल्य ३५ हजारदेखि ३ लाखसम्म पर्छ ।

एअर कुलर तथा एअर कन्डिसन

गर्मी होस् वा जाडो वातावरणलाई अनुकूल बनाएर राहत प्रदान गर्ने एअर कुलर तथा एअर कन्डिसन अहिले घरेलु आवश्यकतामा परिणत हुँदै गएको छ । अहिले विभिन्न शैली तथा मूल्यका एसी एवं एअर कुलर खरिद गर्न सकिन्छ । निकै आकर्षक तथा मनमोहक शैलीका एसी अहिले घरका शान बन्न थालेका छन् । ठाउँ सुहाउँदा एसी तथा एअर कुलर खरिद गरी गर्मीबाट राहत प्राप्त गर्न सकिन्छ ।

नेपाली बजारमा उपलब्ध एलजीका एसी

१) वाल एअर कन्डिसन ।

२) डोअल फ्युल एअर कन्डिसन ।

३) डकलेस एअर कन्डिसन ।

४) पोर्टेबल एअर कन्डिसन ।

५) विन्डो एअर कन्डिसन ।

६) वाल एअर कन्डिसन ।

७) पीटीएसी एअर कन्डिसन ।

सामसुङ

नेपाली बजारमा सामसुङको लोकप्रियता कम छैन । सामसुङ घरायसी सामग्रीहरूमा आफूलाई स्थापित गरी विश्वसनीय ब्रान्ड बन्न सफल भैसकेको छ । यसका सबै उत्पादन गुणस्तरीय तथा टिकाउ छन् । सामान खरिद गर्दा यो ब्रान्डले वारेन्टी तथा ग्यारेन्टी दिने गरेको छ । यसले आफ्ना सबै सामग्री समयअनुसार परिमार्जित गर्दै लगेको छ । सामसुङले गर्मीका लागि चाहिने सामग्री नेपाली बजारमा भित्राइसकेको छ ।

रेफ्रिजेरेटर

खाद्यवस्तु भण्डारण गर्न तथा आफूलाई चाहिने सामग्रीको संचय गर्न घरमा रेफ्रिजरेटर नभई हुँदैन । समय तथा जीवनशैलीअनुसार रेफ्रिजरेटरको आकारमा परिवर्तन देखिएको छ । पहिले सिंगल डुवरका रेफ्रिजेरेटरमा बढी भएका सामग्री संचय गरेर राखिन्थ्यो तर अहिले फ्रिजको संरचनामा निकै परिवर्तन आएको छ । अहिले फ्रिज सामान संचय मात्र होइन भण्डारजस्तै हुन थालेको छ । फरक-फरक खालका सामग्री संचयका लागि फरक-फरक ठाउँ छुृट्टाइएको हुन्छ, जसमा आफूलाई चाहिएका सबै खाद्यपदार्थ संचय गर्न सकिन्छ । सामसुङका रेफ्रिजेरेटर ३० हजारदेखि खरिद गर्न सकिन्छ ।

एअर कन्डिसन

इजिप्टबाट सुरु भएको एअर कन्डिसनको अवधारणाले विश्वभरि नै लोकप्रियता हासिल गरेको छ । अहिले हरेक देशमा एअर कन्डिसन आवश्यकता बन्दै गएको छ । यसले कुनै पनि ठाउँको वातावरणलाई परिवर्तन गर्छ । अहिले के कार्यालय, के घर, के होटल सबैतिर एअर कन्डिसन प्रयोग हुन थालेको छ । सामसुङले विभिन्न किसिमका एअर कन्डिसन बजारमा उपलब्ध गराउँदै आएको छ । आफ्नो चाहना तथा बजेटअनुसार तीमध्ये कुनै एअर कन्डिसन खरिद गर्न सकिन्छ ।

सामसुङका एसी

१) फलोर स्टान्डिङ एसी ।

२) वाल माउन्टेन ।

३) विन्डो एसी ।

४) डीएमभी एसी ।

५) ट्राइएंगल डिजाइन एसी ।

ग्री

ग्रीको प्रारम्भ विश्वलाई कसरी शीतल तुल्याउन सकिन्छ भन्ने धारणाका साथ भएको हो । यो एअर कन्डिसनका लागि विश्वमै लोकप्रिय ब्रान्ड हो । यो ब्रान्डका एसीहरू गुणस्तरीय तथा उत्कृष्ट छन् । ग्रीले लामो समयसम्म उस्तै सेवा दिइरहन सक्छ । यो एअर कन्डिसनका लागि कहलिएको नाम हो । नेपालमा पनि यसले छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ ।

एअर कन्डिसन

ग्रीले बजारमा सिंगल जोन, मल्टी जोन तथा इटेक गरी तीन विभिन्न रेन्जका एअर कन्डिसन बजारमा ल्याएको छ । यी तीनै रेन्ज उपयोगी तथा टिकाउ छन् । आफ्नो चाहना तथा रुचिअनुसार तिनको प्रयोग गर्न सकिन्छ । यो ब्रान्डका सबै एअर कन्डिसन वातावरणका लागि उपयोगी तथा कम बिजुली खपत गर्ने खालका छन् । यसका सबै उत्पादनको बनावट आकर्षक छ । यसलाई टाइमरका माध्यमबाट आफूलाई चाहिएको अवस्थामा प्रयोग गर्न सकिने गरी टाइम सेट गर्न सकिन्छ । यसले कोठामा कुनै प्रकारको संक्रमण फैलन दिँदैन । मोडलअनुुसार यसको ग्यारेन्टी फरक-फरक छ ।

ग्रीका एसी

१) सिंगल जोन ।

२) मल्टी जोन ।

३) पीटीए ।

४) टेरा सेरिज ।

सिजी

यो नेपाली ब्रान्डले पनि नेपाली उपभोक्ताहरूको विश्वास जितिरहेको छ । सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपसँग आबद्ध छ । यसले आफ्नो उत्पादन टिभीबाट प्रारम्भ गरेको हो । नेपाली ब्रान्ड भए पनि यसको गुणस्तर उत्कृष्ट छ । यसले आम नेपालीको विश्वास पनि जितिसकेको छ । नेपालीहरूको इलेक्ट्रोनिक्सप्रतिको रुचिकै कारण चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सको स्थापना गरेको हो ।

एअर कन्डिसन

सिजीले स्लिक मोडलको एअर कन्डिसन बजारमा ल्याएको छ । यसको गुणस्तर कुनै बहुराष्ट्रिय ब्रान्डको भन्दा कम छैन । यसले वातावरणमा कुनै नकारात्मक प्रभाव पार्दैन । सिजीका एसी कम भोल्टेजमा पनि चलाउन सकिन्छ । बिनाआवाज यसले शीतलता तथा न्यानोपन प्रदान गर्छ । यी एसीमा रिमोट कन्ट्रोल पनि उपलब्ध हुन्छन् । यसको डिजाइन कम्प्याक्ट छ । सिजीका एसीमा १ वर्षको ग्यारेन्टी प्रदान गरिन्छ ।

हायर

हायरले पनि नेपाली बजारमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । यसले सबै खालका घरायसी सामग्री उत्पादन गर्छ । हायरले पनि अरु ब्रान्डजस्तै मौसम अनुकूल सामग्री उपभोक्ताको चाहनालाई ध्यानमा राखी बजारमा उपलब्ध गारउँदै आएको छ । ग्यारेन्टी तथा वारेन्टी प्रदान गरिने हायरका उत्पादन गुणस्तरीय छन् । एकपटक खरिद गरेपछि यसले लामो समयसम्म साथ दिन्छ ।

रेफ्रिजेरेटर

जीवनशैलीको बदलिदो स्वरूपलाई मध्यनजर गरी हायरले विभिन्न किसिमका रेफ्रिजेरेटर बजारमा उतारेको छ । यी रेफ्रिजेरेटर सबै रंगमा खरिद गर्न सकिन्छ । हायरका रेफ्रिजेरेटरले खाद्य सामग्रीलाई फ्रेस राख्छन् । यसमा राखिएका सामग्रीहरू लामो समयसम्म स्वादिला रहन्छन् । परिवारको आकार तथा आफ्नो बजेट हेरी यी रेफ्रिजेरेटर छनोट गर्न सकिन्छ ।

हायरका रेफ्रिजरेटर

१) हायर फुल साइज ।

२) हायर बटन रेफ्रिजेरेटर ।

३) हायर मिड साइज रेफ्रिजेरेटर ।

४) हायर कम्प्याक्ट रेफ्रिजेरेटर ।

५) हायर वाइन रेफ्रिजेरेटर ।

६) हायर केग रेफ्रिजेरेटर ।

 Image