Successfully Copied

रेफ्रिजेरेटरको उपयोग

यसलाई लोकप्रिय रेफ्रिजेरेटर भन्न सकिन्छ । पर्याप्त ठाउँ नै यो रेफ्रिजेरेटरको सबैभन्दा ठूलो विशेषता हो ।

टप माउन्ट रेफ्रिजेरेटर

यसलाई लोकप्रिय रेफ्रिजेरेटर भन्न सकिन्छ । पर्याप्त ठाउँ नै यो रेफ्रिजेरेटरको सबैभन्दा ठूलो विशेषता हो । अन्य रेफ्रिजेरेटरको तुलनामा यसको फ्रिज र फ्रिजर सेक्सन दुवै अत्यन्त चौडा हुन्छन् जसका कारण धेरै सामग्री सहज रूपमा राख्न सकिन्छ । पर्याप्त ठाउँ हुनुका साथै तुलनात्मक रूपमा सस्तो पनि हुने भएकाले यसले धेरैको ध्यान आफूतर्फ आकषिर्त गरेको पाइन्छ ।

बटम माउन्ट रेफ्रिजेरेटर

यो रेफ्रिजेरेटर टप माउन्टको ठीक उल्टो हुन्छ । टप माउन्ट रेफ्रिजेरेटरमा माथि फ्रिजर र तल फ्रिज हुन्छ भने यसमा माथि फ्रिज र तल फ्रिजर हुन्छ । दुवैको कुलिङ पावर एक समान भए पनि टप माउन्ट रेफ्रिजेरेटरको दुवै सेक्सन फराकिलो हुन्छ भने बटम माउन्ट रेफ्रिजेरेटर टप माउन्टका तुलनामा कम फराकिलो हुन्छ ।

साइड-बाय-साइड रेफ्रिजेरेटर

साइड-बाय-साइड रेफ्रिजेरेटरमा फ्रिज र फ्रिजर सेक्सन दुवै एक-अर्काबाट अलग हुन्छ । फ्रिजरको तुलनामा फ्रिजको सेक्सन बढी चौडा हुन्छ । अन्य रेफ्रिजेरेटरको तुलनामा साइड-बाय-साइड रेफ्रिजेरेटर केही महँगो हुन्छ तर यो स्टाइलिस एवं आकर्षक देखिन्छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटर

ड्युअल डोर फ्रेन्च रेफ्रिजेरेटरलाई साइड-बाय-साइड तथा माउन्ट बटम रेफ्रिजेरेटरको मिक्स्चर भन्न सकिन्छ । माउन्ट बटमजस्तै यसको फ्रिजर पनि मुनितर्फ हुन्छ र फ्रिजमा दुईवटा ढोका भएका कारण यसलाई ड्युअल डोर रेफ्रिजेरेटर पनि भनिन्छ ।

फ्रिज खरिद गर्नुपूर्व

फ्रिज खरिद गर्नुपूर्व त्यसलाई कहाँ राख्ने तय गर्नुपर्छ अनि सोहीअनुरूप फ्रिजको साइड तय गर्नु उपयुक्त हुन्छ ।

फ्रिज र फ्रिजरमध्ये कुन बढी प्रयोगमा आउँछ  सोहीअनुरूप फ्रिज छनोट गर्नुपर्छ ।

फेमिली साइज ठूलो वा सानो जस्तो छ त्यहीअनुसार फ्रिजको साइज छनोट गर्नुपर्छ ।

कम बिजुली खपत हुने फ्रिजलाई प्राथमिकतामा राख्नुपर्छ ।

फ्रिज सफा गर्ने उपाय

हरेक १५ दिनमा फ्रिज सफा गर्नुपर्छ । तातोपानीमा दुई टेबल चम्चा बेकिङ पाउडर हालेर फ्रिजलाई स्पन्जले राम्रोसँग सफा गर्न सकिन्छ ।

फ्रिजको माथिदेखि तलसम्मको सबै सेल्फ र सर्फेसलाई साबुनपानीले सफा गर्नुपर्छ । त्यसबाहेक जार तथा बोतललाई पनि फ्रिजमा पुन: राख्नुपूर्व राम्रोसँग सफा गर्नुपर्छ ।

सफा गरेपछि फ्रिजलाई आधा घन्टाका लागि खुल्ला छोड्नुपर्छ । त्यसपछि कपासमा भेनिला एसेन्स हाल्नुपर्छ र त्यसलाई फ्रिजमा राखेर आधा घन्टाका लागि बन्द गर्नुपर्छ । यसो गर्दा फ्रिजबाट आउने गन्धबाट छुटकारा मिल्छ ।

फ्रिजको पछाडिको भाग हरेक महिना सफा गर्नुपर्छ । त्यसका लागि भ्याकुम क्लिनर प्रयोग गर्न सकिन्छ ।

 Image