Successfully Copied

लहिमा राज्यलक्ष्मी राणा

१७ वर्षीया लहिमा राज्यलक्ष्मी राणामा मोडल हुने चाहना सानैदेखि थियो । फेसन च्यानल हेर्ने, ऐना हेरेर क्याटवाक गर्ने, नाच्ने अनि अरूको दुरुस्त क्यारिकेचर गरेर

१७ वर्षीया लहिमा राज्यलक्ष्मी राणामा मोडल हुने चाहना सानैदेखि थियो । फेसन च्यानल हेर्ने, ऐना हेरेर क्याटवाक गर्ने, नाच्ने अनि अरूको दुरुस्त क्यारिकेचर गरेर रमाइलो गर्ने लहिमा ठूलो भएर डाक्टर र मोडल बन्छु भन्थिन् । मिस एसएलसीमा भाग लिएर मिस फ्रेन्डसिप भएकी लहिमाले केही म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छिन् । १२ कक्षामा अध्ययनरत चञ्चल स्वभावकी लहिमा बी.एस्सी. नर्सिङ अध्ययन गर्ने सोचमा छिन् । उनले युट्युब हेरेर मेकअप, हेयर स्टाइल तथा ड्रेससेन्सका बारेमा ज्ञान बटुलेकी छिन् ।

र्‍याम्प मोडलिङमा रुचि राख्ने लहिमालाई यो क्षेत्रमा जति भित्र गयो उति गहिरिन मन लाग्दै गएको छ । फुर्सदमा फेसबुक चलाउने, घुम्न जाने, पत्रपत्रिका पढ्ने लहिमा मोडल अस्मि श्रेष्ठ एवं सदीक्षा श्रेष्ठबाट प्रभावित छिन् । किंगफिसर मोडल आस्था पोखरेलको सफलता देखेर आफ्नो समेत आत्मबल बढेको उनी बताउँछिन् । अध्ययनलाई महत्वपूर्ण मान्ने आमाकै कारण यो क्षेत्रमा आउन पाएको लहिमा बताउँछिन् । प्रियंका कार्की, गायक सजित केसी, एलिसविक्रम राणा तथा निर्णय दा एनएसके उनलाई मनपर्ने सेलिब्रेटी हुन् । आफूलाई सुहाउने पहिरन लगाउने लहिमा फेसन ट्रेन्ड पछ्याउनैपर्छ भन्ने मान्यता राख्दिनन् । शुभेच्छा भँडेल तथा एन्टी गुरुङले डिजाइन गरेका पहिरन लगाउन रुचाउने लहिमा आफू टिनएजर भएकाले प्राय: उमेरअनुरूप सुहाउँदो स्कर्ट, हाफ पाइन्ट तथा वान पिसमा सजिएर हिँड्छिन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : राजेश धाख्वा, आरडी चाहत, दरबारमार्ग

मेकअप : जुनु चक्रधर, जुम मेहन्दी, नेल आर्ट एण्ड ब्युटिपार्लर, कुपण्डोल

लोकेसन : रेड कार्पेट, शेर्पा महल

 Image