Successfully Copied

चलचित्रको तयारीमा सृष्टि

मिस नेपाल-२०१२ सृष्टि श्रेष्ठ चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् । बेलायतमा बस्दै आएकी सृष्टि केही महिनादेखि नेपालमै छिन् र नेपाली चलचित्रमा आफ्नो पहिचान

मिस नेपाल-२०१२ सृष्टि श्रेष्ठ चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् । बेलायतमा बस्दै आएकी सृष्टि केही महिनादेखि नेपालमै छिन् र नेपाली चलचित्रमा आफ्नो पहिचान बनाउने प्रयासमा जुटेकी छिन् । त्यसैका लागि सृष्टि अहिले मण्डला थिएटरमा रंगकर्मी सुनील पोखरेलसँग अभिनय सिक्दैछिन् । बेलायतमा हाई स्कुल पढ्दा त्यहाँका नाटकहरूमा अभिनय गर्ने सृष्टिलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रुचि थियो । मिस नेपाल भएपछि चलचित्रका लागि प्रशस्तै अफर आएकाले उनले नेपालमै बसेर चलचित्रमा काम गर्ने निधो गरेकी हुन् । चलचित्रमा त्यसै होमिनुभन्दा थिएटरमा अभिनय सिकेर आउनु बढी प्रभावकारी हुने श्रेष्ठको धारणा छ । नेपाली चलचित्रमा नयाँ आइडिया, युवापुस्ताको रुचिको जमात, नौलो प्रविधि एवं प्रस्तुतिका कारण नै यो क्षेत्रप्रति उनको रुचि बढेको हो । अहिलेसम्म नेपाली चलचित्रमध्ये टलकजंग भर्सेस टुल्के, मौन र छड्के हेरेकी सृष्टिलाई अर्पण थापा, सौगात मल्ल, दयाहाङ राई, रेखा थापा तथा नम्रता श्रेष्ठको अभिनय सार्‍है मन पर्छ ।

इन्दिरा जोशी, गायिका

जिम         मन पर्दैन ।

सिमसिमे पानीमा भिज्न        मन पर्छ ।

आइसक्रिम        मन पर्छ ।     

हेयर आइरन        मन पर्दैन ।

ककटेल        मन पर्दैन

हिन्दी सिरियल        मन पर्दैन ।

वान पिस         मन पर्छ ।

आइस्याडो         मन पर्छ ।

बन्जी जम्पिङ        मन पर्छ ।

राति घुम्न         मन पर्दैन ।

क्याम्प फायर         मन पर्छ  ।  

सिंगापुर         मन पर्छ ।

इम्ब्रोइडरी गरिएको साडी         मन पर्छ ।

एसएमएस गर्न         मन पर्छ  ।

रिमिक्स गीत         मन पर्छ ।

पुरुष : निर्णय श्रेष्ठ, गायक

नारीका दस विशेषता

१. लज्जालुपन ।

२. सहनशीलता ।

३. शक्ति ।

४. समर्पण गर्न सक्ने खुबी ।

५. प्रेरक व्यक्तित्व ।

६. कडा परिश्रम ।

७. पुरुषको भाग्यनिर्माता ।

८. मेहनत ।

९. समय व्यवस्थापन गर्न सक्ने सीप ।

१०. परिवारलाई पहिलो प्राथमिकता दिने स्वभाव ।

नलिना फेरि अमेरिकामा

विगत ५ वर्षदेखि पप गायिका नलिना चित्रकार अमेरिका-काठमाडौं गर्दैछिन् । विगत दुई दशकदेखि पप गायनमा राज गरिरहेकी नलिनाको फ्यान क्रेज आज पनि उस्तै छ । अमेरिकामा आठौं पटक कार्यक्रम गर्न पुगेकी नलिना अमेरिकामा हुन लागेको इन्टरनेसनल म्युजिक फेस्टिबलका लागि त्यता लागेकी हुन् । ७० वटा विभिन्न देशका गायक-गायिकाले भाग लिने उक्त फेस्टिबलमा नलिनाले नेपालको प्रतिनिधित्व गर्दैछिन् । नलिनामा सबैसँग छिट्टै घुलमिल हुन सक्ने खुबी छ । उनका समकालीन गायिकाहरू गायन क्षेत्रबाट हराइसक्दा पनि नलिना भने त्यही खुबीकै कारण उही जोस र जाँगरका साथ सांगीतिक क्षेत्रमै जमिरहेकी छिन् ।   

यो बाबुछोरीको एक-अर्काप्रतिको केयर दर्शाउने चलचित्र हो

सौगात विष्ट

सुन्दा अपत्यारिलो जस्तो लागे पनि ८ वर्षीय सौगात विष्टले फिचर फिल्म निर्देशन गरेरै छाडे । त्यति मात्र होइन, छायांकनका लागि ३० दिनको पूर्वनिर्धारित सेड्युअललाई उनले २७ दिनमै सकेर कामप्रति निष्ठा पनि बलियो गरी पेस गरे । विष्ट निर्देशित चलचित्र 'लभ यु बाबा' मंसिर २६ गते प्रदर्शनमा आउँदैछ । चलचित्र निर्देशनको जिम्मेवारी कठिन भए पनि नाबालक सौगातले जर्बजस्त काम गरेको सहकर्मी कलाकारहरू बताउँछन् । 'राति १२ बजेसम्म सुटिङ गरेर भोलिपल्ट बिहान ६ बजे फेरि सेटमा पुग्न वयस्क निर्देशकलाई पनि गाह्रो हुन्छ' उनको चलचित्रमा कलाकारको भूमिकामा काम गरेका निर्मल शर्माले भने-'तर उनले आफूलाई नाबालक नमानी दिनरात काम गरेर देखाइदिए, उनी हामी अनुभवी कलाकारको अभिनयमा पनि तर्कसम्मत खोट देखाउन सफल भए ।' गिनिज बुक अफ वल्र्ड रेकर्डका निम्ति सबैभन्दा कान्छा चलचित्र निर्देशकको दावेदारी प्रस्तुत गरिरहेका सौगात चलचित्रका प्राविधिक पक्षका सम्बन्धमा पनि उत्तिकै जानकार छन् । 'यो बाबुछोरीको एक-अर्काप्रतिको केयर दर्शाउने चलचित्र हो' सौगातले चलचित्र 'लभ यु बाबा' का बारेमा भने-आमा नहुँदा छोराछोरीको अवस्था कस्तो हुन्छ भन्ने कुरा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

 Image