मोडलिङको मोहमा सम्राज्ञी

मोडलिङको मोहमा सम्राज्ञी
पुस १, २०७१

डेढ दशकअघि खुकुरी चुरोटको विज्ञापनमा देखा परेका मोडल विकास विक्रम शाह त्यसपछि कुनै विज्ञापनमा देखा परेनन् । हाल उनी वीरगञ्जमा होटल व्यवसायमा संलग्न छन् । तिनै विकास विक्रम शाहकी छोरी साम्राज्ञी राज्यलक्ष्मी शाह पनि सानैदेखि मोडल बन्ने सपना देख्थिन् । भारतको रोयल एकेडेमीबाट प्लस टु उत्तीर्ण गरेर नेपाल आएकी साम्राज्ञी स्कुलमा उत्कृष्ट ३ मोडलमा पर्थिन् । ७ कक्षादेखि फेसन च्यानल हेर्न थालेकी शाहलाई भिक्टोरिया सेक्रेटको फेसन शो निकै मन पथ्र्यो । अहिले बीएचडब्लु अध्ययनरत साम्राज्ञी केही समयअघि सम्पन्न फेस अफ दि क्लासिक डायमण्डमा सेकेन्ड रनर अप घोषित भइन् । त्यही कार्यक्रमपछि उनी धेरैको नजरमा परिन्, फलस्वरूप उनलाई म्युजिक भिडियो एवं र्‍याम्प शोहरूबाट थुप्रै प्रस्ताव आउन थालेका छन् । साम्राज्ञी आफूलाई एकैपटक चार वटा चलचित्रको अफर आएको क्षणलाई अविस्मरणीय मान्छिन् । अध्ययनका साथै मोडलिङ करियरलाई पनि अघि बढाउने चाहना भएकाले चलचित्रमा तुरुन्तै देखा नपर्ने शाहको योजना छ । साम्राज्ञी आफू अनमोल केसी र नम्रता श्रेष्ठको अभिनयबाट प्रभावित भएको बताउँछिन् ।

रुचि : परिवारसँग घुम्न जाने, भलिबल, स्वीमिङ, हाइकिङ, पैदल यात्रा, फेसन च्यानल हेर्ने ।

खाना : चाइनिज ।

फिटनेसका लागि : स्वीमिङ र हिँड्ने ।

स्वस्थ छालाका लागि : राति सुत्ने बेला नियमित क्लिन्जिङ र हप्ताको दुई पटक स्क्रविङ ।

आउटफिट : कुनै विशेष ब्रान्ड छैन, सुहाउने भयो भने बाटोकै पनि किनिदिन्छु । जिन्स र स्कर्टमा सजिलो लाग्छ । पार्टीमा भने वान पिसमा लेदरको ज्याकेट वा कोट लगाउँछु ।

भविष्यको योजना : टप मोडल बनी सामाजिक संस्थाको ब्रान्ड एम्बेस्डर भएर सामाजिक सन्देश प्रवाह गर्ने ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : तेन्जिङ स्टेलेन भुटिया

मेकअप तथा हेयर स्टाइल : जुनु चक्रवर्ती, जुम मेहन्दी, नेल आर्ट एण्ड मेकअप, कुपन्डोल

लोकेसन : होटल एभरेस्ट, नयाँ बानेश्वर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्