Successfully Copied

महिलाहरू के चाहन्छन् पुरुषबाट ?

सहवासका मामिलामा महिलाहरू हिजोआज पनि संकुचित देखिन्छन्, त्यसैले उनीहरू आफ्नो साथीसित खुलेर आफ्नो मनको कुरा व्यक्त गर्न सक्दैनन्

सहवासका मामिलामा महिलाहरू हिजोआज पनि संकुचित देखिन्छन्, त्यसैले उनीहरू आफ्नो साथीसित खुलेर आफ्नो मनको कुरा व्यक्त गर्न सक्दैनन् तर आफ्नो साथीले आफ्नो मौन कुरा बुझोस् भन्ने चाहना राख्छन् जुन प्राय: पुरुषका लागि कठिन हुन्छ ।

आवश्यक छ उत्कृष्ट समय

आम रूपमा पुरुषमा के धारणा पाइन्छ भने जति पटक उनीहरू आफ्नो साथीसित सहवासमा संलग्न हुन्छन्, त्यति नै खुसी उनीहरूका साथीलाई हुन्छ । जुन केही हदसम्म सत्य हो, तर आजको भागदौडको जीवनमा त्यो सम्भव देखिँदैन । आजभोलिका अधिकांश दम्पती कामकाजी हुन्छन् । यस्तोमा कतिपटक सहवास भयो भन्दा पनि कति सन्तुष्टदायक भयो भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हरेक दिनको साटो सातामा एकपटक सहवासका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतीबीच प्रेम-प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।

रोमान्स नभई सहवासको चाहना

रोमान्स वैवाहिक जीवन र सहवासको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कतिपय स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र सहवासको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छाविपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।

केही नयाँ प्रयोग गर्ने चाहना

दैनिक तालिकाका कुरा कसैलाई पनि मनपर्दैन । जसरी दैनिक रूपमा एकै प्रकारको खाना वा एकै प्रकारको पहिरन लगाउँदा जोकसैलाई बोर लाग्छ, त्यसैगरी अन्तरंग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।

सहवासपछि

प्राय: पुरुषहरू सहवासपछि मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यसो गर्दैनन् । सहवासपछि पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्राय: पुरुषले बुझ्दैनन् । सहवासपछि पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अत: पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

स्वभावमा परिवर्तन

यदि आफ्नो जीवनसाथीको नजिक रहन चाहने हो भने पुरुषले उनको इसारा बुझ्नु आवश्यक छ । महिनाबारीका बेला हार्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ अर्थात् उनीहरूको स्वभाव परिवर्तन हुन्छ । यसबाट केही महिलामा कामेच्छा बढ्छ, तर केही सहवासबाट टाढै रहन मन पराउँछन् । यस्तोमा उनीहरूको मनको कुरा बुझेर व्यवहार गर्नु पुरुषको जिम्मेवारी हो ।

केही अन्य कुरा

- अधिकांश महिला विस्तारै गरिने सहवासलाई महत्त्व दिन्छन् ।

- सहवासका बेला महिलाहरू साथीबाट अश्लीलताको अपेक्षा राख्छन् । सहवासका बेला साथी चुप लागेको उनीहरूलाई मन पर्दैन ।

- सहवासपछि गर्भनिरोधक प्रयोग गर्नुको साटो महिलाहरू पुरुषले कन्डोम प्रयोग गरोस् भन्ने अपेक्षा राख्छन् ।

- सहवासका बेला बढी तनाव र पीडा कुनै पनि महिलालाई पटक्कै मन पर्दैन ।

 Image