Successfully Copied

विवाहको मेकअप गर्दा

विवाहको दिन बेहुलीको चाहना सबैभन्दा राम्री देखिने हुन्छ । त्यसैले बेहुली बन्नुभन्दा पहिले आफ्नो सौन्दर्य तथा स्वास्थ्यका बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

विवाहको दिन बेहुलीको चाहना सबैभन्दा राम्री देखिने हुन्छ । त्यसैले बेहुली बन्नुभन्दा पहिले आफ्नो सौन्दर्य तथा  स्वास्थ्यका बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    विवाहको डेढ महिनाअघिदेखि नै नियमित व्यायाम, योग तथा डान्स गर्ने बानी बसाल्नुपर्छ । सकिन्छ भने बिहान-बेलुकीको स्वच्छ हावामा आधा घन्टाजति हिँडडुल गर्नु उपयुक्त हुन्छ ।

-    समयमै सुत्ने तथा राति अनिदो नबस्ने, सकारात्मक सोच राख्ने, विवाहलाई लिएर अनावश्यक टेन्सन नलिने ।

-    चिल्लो-पिरो तथा मसालेदार खाना कम खाने, हरियो सागपात तथा फलफूल बढी खानुका  साथै दिनमा दुई लिटर पानी नियमित रूपमा पिउने ।

-    दिउँसो घाममा हिँड्नुपरे  सनस्क्रिन लगाएर छाता ओढेर मात्र हिँड्ने ।

-    विवाहको डेढ महिनाअघिदेखि आफूले नियमित प्रयोग गरिआएको फेसवास, टोनर तथा फेस क्रिमहरू चेन्ज नगर्ने-किनभने नयाँ प्रसाधन आफूमा सुट नभए अनुहारमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

-    आँखामा डार्क सर्कल छ भने काँचो आलुको रसको प्याक बनाएर डार्क सर्कल भएको ठाउँमा लगाउने वा आई क्रिम प्रयोग गर्ने ।

-    आफ्नो छालामा कुनै किसिमको समस्या छ भने ब्युटिसियनबाट त्यसको समाधान गर्ने ।

-    बेहुलीले आफूलाई कस्तो किसिमको लुक्स मनपर्छ अर्थात् विवाहको दिन आफूलाई कसरी सजिने चाहना छ भन्ने कुराको जानकारी दिँदै विवाहको दुई-चार दिनअघि नै आफूले लगाउने पहिरन तथा गहना ब्युटिसियनलाई देखाई प्रि-ट्रायल गर्नु उपयुक्त हुन्छ ।

-    अनुहारका साथै आफ्नो केशको पनि नियमित टि्रटमेन्ट गर्नुपर्छ । त्यसका साथै हातखुट्टाको पनि स्याहार गर्नुपर्छ ।

-    बेहुलीले विवाहको दुई दिनअघि पार्लर गएर मेनिक्योर, पेडिक्योर, वाक्सिङ, हेयर टि्रटमेन्ट, ब्लिच, ओइल बडी मसाज आदि गराउनुपर्छ । विवाहको अघिल्लो दिन आइब्रो मिलाएपछि ब्राइडल फेसियल गरिन्छ । त्यसपछि मेनिक्योर-पेडिक्योर गरेर हात-खुट्टामा ब्राइडल मेहन्दी लगाइन्छ ।

-    दुलहीको हाइट, निधारको आकारका साथै केशको बाक्लो वा पातलोपनका आधारमा केशलाई (जुरो) डिजाइन दिनुपर्छ ।

-    विवाहका दिन ब्राइडल मेकअप गर्दा हेभी मिनरल मेकअप वा अहिले चल्तीमा आएको एयर ब्रस ब्राइडल मेकअप गर्नु उत्तम हुन्छ किनभने यी दुवै मेकअप आधुनिकका साथै वाटरप्रुफ पनि हुन्छन् जसले गर्दा पसिनाले कुनै असर गर्दैन र लामो समयसम्म पनि टिक्छ । यो मेकअप अलि गाढा हुने भएकाले बेहुलीको अनुहारमा भएका स-साना दाग तथा धब्बाहरू पनि छोपिन्छन् ।

 Image