Successfully Copied

कत्तिको प्रभावशाली हुनुहुन्छ ?

अफिसमा निकै व्यस्त भएर घर र्फकदै हुनुहुन्छ । श्रीमान् तपाईंभन्दा अगाडि नै घर पुगिसकेका हुन्छन् ।

१. अफिसमा निकै व्यस्त भएर घर र्फकदै हुनुहुन्छ । श्रीमान् तपाईंभन्दा अगाडि नै घर पुगिसकेका हुन्छन् । घरमा सबै काम लथालिङ्ग छ । त्यसमा भोक पनि लागिसकेको छ भने ...?

क) श्रीमान्सँग भन्नुहुन्छ कि आज एकदम थकाइ लागेको छ, बाहिर गएर खाना खाऔं...,

ख) के घरमा खाना पकाउने काम मेरो मात्र हो...,

ग) केही नभनी चुपचाप खाना पकाउन भान्सा कोठातर्फ लाग्नुहुन्छ ।

२. अफिसमा केही कार्यशैली परिवर्तन आवश्यक छ । केही काम सहकर्मीलाई जिम्मा लगाउँदै हुनुहुन्छ अब तपाईं...?

क) हाकिमसँग समस्या सुल्झाउन आग्रह गर्नुहुन्छ,

ख) सहकर्मीसँग कार्य सम्पादनको सूची तयार पारी हाकिमलाई दिन चाहनुहुन्छ,

ग) सर्वप्रथम यस विषयमा सम्बन्धित निकायलाई जानकारी दिएर त्यसको परिणाम पर्खनुहुन्छ ।

३. तपाईंको सहकर्मी अफिस आउन सधैं ढिलो हुन्छ । त्यसैले उसको कामको बोझ पनि आफूमा थपिँदै जान्छ भने...

क) सहकर्मीका बारेमा हाकिमसमक्ष गुनासो गर्नुहुन्छ,

ख) सहकर्मीलाई सम्झाउँदै अब यस्तो गल्ती नगर्न आग्रह गर्नुहुन्छ,

ग) सहकर्मीसँग रिसाउनुहुन्छ ।

४. तपाईंसँग एउटा निकै राम्रो प्रपोजल छ, त्यसलाई हाकिमसमक्ष कसरी भन्नुहुन्छ  ?

क) फोटो अर्थात् ग्राफिक्सको माध्यमबाट प्रेजेन्टेसन गर्नुहुन्छ,

ख) चाँडै नै यस विषयमा जानकारी दिन हतार गर्नुहुन्छ,

ग) हाकिमसँग कफी टेबलमा बसेर अवगत गराउनुहुन्छ ।

५. छोराले भर्खरै मात्र गाडीको लाइसेन्स निकालेको छ । उसले आफ्नो साथीसँग घुम्न गाडी माग्दैछ भने के गर्नुहुन्छ  ?

क) छोरालाई सम्झाउँदै गाडी दिन अस्वीकार गर्नुहुन्छ अनि ट्याक्सीमा जाऊ भन्नुहुन्छ,

ख) छोराको कुरा मान्दै गाडीको साँचो दिएर दिनभरि चिन्तित रहनुहुन्छ,

ग) गाडीको साँचो आफैले राखी केही भन्नुहुन्न ।

६. अफिसको एउटा केटासँग प्रेम गर्दै हुनुहुन्छ । उसलाई केही समय नदेख्दा एक्लो महसुस हुन्छ । ऊ कहिलेकाहीँ एकान्तमा भेटघाट गर्न चाहन्छ तर तपाईं एकान्तमा भेटघाट गर्न डराउनुहुन्छ । यस्तो अवस्थामा के गर्नुहुन्छ ?

क) बुवाआमालाई देखाउँदै अस्वीकार गर्नुहुन्छ,

ख) आफ्नो वास्तविकता बताउँदै त्यस्तो गर्नु राम्रो होइन भन्नुहुन्छ,

ग) समय नभए वा अरू कुनै बहाना बनाउनुहुन्छ ।

७. घरको कम्प्युटर बिगि्रएर टेक्निसियनले थुप्रै गडबडी भएको बताउँदै अरू प्रोग्राम समेत बिगारिदिए ?

क) उसलाई गाली गर्दै उसले गरेको गल्ती हाकिमसमक्ष पुर्‍याउने धम्की दिनुहुन्छ,

ख) गल्ती भयो । अब म दोहोर्‍याएर त्यस्तो गर्दिन भन्दै नरमसँग कुरा गरी क्षमा माग्नुहुन्छ ।

ग) मनमनै यसले बनाउन नजान्ने रहेछ भन्दै अब अर्को टेक्निसियन बोलाउनुपर्‍यो भन्नुहुन्छ ।

८. श्रीमान्ले तपाईंलाई मनपर्ने कर्करी फुटाउनुभयो भने ?

क) कुनै कारणवश त्यस्तो भयो होला भन्नुहुन्छ,

ख) भित्रभित्रै मुर्मुरिनुहुन्छ,

ग) घरै थर्कने गरी श्रीमान्लाई गाली गर्नुहुन्छ ।

परिणाम

    क     ख     ग

१.    १०    ०    ५

२.    १०    ०     ५

३.    ५    १०    ०

४.    १०    ०    ५

५.    १०    ५    ०

६.    ५    १०    ०

७.    ०    १०    ५

८.     १०    ५    ०

    क) ५० देखि ८० अंक प्राप्त गर्नुभएको छ भने तपाईंको कुरा गर्ने शैली एकदम राम्रो छ र तपाईंको प्रभावशाली शैलीबाट जोकसैलाई पनि आफ्नो भावनामा ढल्कन सिकाउन सक्ने क्षमता देखिन्छ ।

ख) ३० देखि ४५ अंक प्राप्त गर्नुभएको छ भने तपाईंमा वास्तविकता पत्ता लगाउने क्षमता नभएको देखिन्छ । जसले गर्दा कसलाई कसरी कब्जामा ल्याउन सकिन्छ, त्यो खुवी तपाईंमा नभएको प्रस्ट हुन्छ ।

ग) ५ देखि २५ अंक मात्र छ भने तपाईंको विचार र भावनालाई कसैले पनि कदर गर्दैनन् । आफ्नो विचार र सोच तुरुन्तै परिवर्तन गर्न सके मात्र तपाईंको व्यक्तित्व पनि सुधि्रन सक्छ । नत्र तपाईंविरुद्ध जोकोही सजिलै पछि लाग्नसक्छन् । तपाईंले अरूको कुरा सुनेर धेरै कुरा सिक्न बाँकी नै भएको देखिन्छ ।

 Image