Successfully Copied

अनिता आचार्य, नायिका

ब्रान्ड कन्सस : म सधैं ब्रान्डेड मात्र लगाउँदिन । अहिले नेपाली पहिरन पनि अन्तर्राष्ट्रिय स्तरका छन् ।

ब्रान्ड कन्सस : म सधैं ब्रान्डेड मात्र लगाउँदिन । अहिले नेपाली पहिरन पनि अन्तर्राष्ट्रिय स्तरका छन् । म नेपाली डिजाइनरहरूका पहिरन पनि लगाउँछु । आफूलाई जस्तो आउटफिट सुहाउँछ त्यही नै लगाउँछु ।

फुटवेयर : समय, मौसम तथा पहिरनअनुसार जुत्ता छनोट गर्छु । हाइ हिल, फ्लायट, स्यान्डल सबै लगाउँछु ।

ब्याग : पहिरन र जुत्ताअनुसार ब्याग बोक्छु । काममा जाँदा ठूलो ब्याग बोक्छु जसमा सबै सामान राख्न सजिलो हुन्छ ।

मनपर्ने रंग : कलरफुल पहिरन मन पर्छ तर सेतो र कालो पनि त्यत्तिकै

राम्रो लाग्छ ।

पार्टी वेयरका लागि : पार्टी हेरेर परम्परागत पनि लगाउँछु  । वान पिस तथा डिजाइनर स्कर्ट  पनि

उत्तिकै मनपर्छ ।

एसेसरिज : धेरै एसेसरिज एकैपटक लगाउन मन लाग्दैन । पहिरन र जुत्ता लगाएपछि के-कस्तो एसेसरिज लगाउने हो फिक्स गर्छु । एयररिङ चाहिँ मनपर्छ ।

मनपर्ने फेसन डिजाइनर : उत्तम बनेपाली, विना घले तथा आइरा ब्रान्ड ।

फेसन आइकन : मेरो फेसन आइकन कोही छैनन् । आफूलाई जे राम्रो लाग्छ वा जे सुहाउँछ त्यही लगाउँछु ।

उषा खड्गी तिभिल्सिना

मनपर्ने रंग

रातो रंग नै सबैभन्दा बढी मन पर्छ । रंगिचंगी पहिरनमा पनि रमाइलो लाग्छ ।

मनपर्ने पहिरन

साडी तथा वान पिस ।

पार्टी वेयर  

पार्टीमा जाँदा अरूभन्दा भिन्न देखिन रुचाउँछु । पार्टीका लागि मन पर्ने आउटफिट साडी, गाउन वा वान पिस नै हो ।

सपिङ  

पैसा भयो कि सपिङ गैहाल्छु । सबैभन्दा बढी जुत्ता  किन्छु ।

मनपर्ने एसेसरिज  

मसँग एयररिङको राम्रै संग्रह छ ।

मनपर्ने कस्मेटिक्स  

गाजल तथा लिपग्लस

फेसन सुझाव  

चलेको फेसन पछ्याए पनि आफूलाई सजिलो हुने, क्यारी गर्न सहज तथा आफैंले सिर्जना गरेका नौला डिजाइनका पहिरन लगाउनु उपयुक्त हुन्छ । अरूको सिको गर्नुभन्दा आफूलाई सुहाउने एवं सजिला

पहिरन लगाउनुपर्छ ।

 Image