Successfully Copied

रोमी घिमिरे मिस टिन २०१४

'हुने बिरुवाको चिल्लो पात' भनेझैं रोमी घिमिरे सानैदेखि सिर्जनशील एवं मेहनती थिइन् ।

'हुने बिरुवाको चिल्लो पात' भनेझैं रोमी घिमिरे सानैदेखि सिर्जनशील एवं मेहनती थिइन् । स्कुले जीवनदेखि नै कथा, कविताहरू लेख्ने रोमी ५ वर्षको उमेरदेखि नै भजन गाउँथिन् । उनलाई एक-दुईपटक गाएपछि हरेक भजन कण्ठ हुन्थ्यो । स्कुलमै हुँदा उनले लगातार दुई वर्ष वेस्ट डान्सर अफ द इयरको उपाधि जितेकी थिइन् । टेलिभिजन हेरेर जस्ताको तस्तै डान्स गर्ने रोमी वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूमा पनि प्रथम हुन्थिन् । यो सिर्जनात्मक प्रकृतिकै कारण उनले टिनएजमै अनेकन सफलता हात पारिन् । अहिले प्लस टु सकेर फुर्सदमा बसिरहेकी रोमीका लागि मिस टिनको फारम बुबाआमा आफैले ल्याइदिएका हुन् । आफ्नो स्वभाव एवं मेहनतकै कारण मिस टिनको उपलब्धि हासिल भएको उनको ठहर छ । मिस टिन भएपछि आफूमा जिम्मेवारी बढेको उनको अनुभव छ । त्यसैले पनि समाजमा केही राम्रो काम गरेर देखाउने सोच रोमीमा छ । त्यसैले पनि उनी अहिले सामाजिक संघसंस्था एवं बाल क्लबहरूमा संलग्न छिन् । मिस टिन हुनुअघि नै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने किलो टाँगो माइक, हर्के हबल्दार तथा नेपाल टेलिभिजनको टेलिशृंखला थोरै भए पुगिसरीमा अभिनय गरिसकेकी रोमी अहिले चलचित्रमा अभिनय गर्ने सुरमा छिन् । मिथिला शर्माको अभिनयबाट प्रभावित रोमी भविष्यमा नायिकाका रूपमा जीवन्त अभिनय गरेर आफ्नो पहिचान बनाउन चाहन्छिन् ।

रोमी सकेसम्म घरकै खाना खान्छिन् । उनी प्रशस्त पानी पिउनुका साथै फलफूल पनि बढी खान्छिन् । फेसनमा चलिआएको नर्मल पहिरन लगाउने रोमी फेसनप्रति चासो भने राख्छिन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप : मुना (निहारिका) भण्डारी

पहिरन : डट, सिटी सेन्टर

लोकेसन : फोटो हलिउड स्टुडियो, कमलादी

 Image