Successfully Copied

स्टाइल विथ लिक्विड लेगिङ

साइनी-स्किनी-सिमरी लिक्विड लेगिङको लोकप्रियता बढ्दो छ । रेगुलर डेनिम लगाउँदा-लगाउँदा बोर भएकाहरूका लागि यो उत्तम विकल्प भएको छ ।

साइनी-स्किनी-सिमरी लिक्विड लेगिङको लोकप्रियता बढ्दो छ । रेगुलर डेनिम लगाउँदा-लगाउँदा बोर भएकाहरूका लागि यो उत्तम विकल्प भएको छ । यो आजभोलि हलिउड स्टार्सदेखि बलिउड अभिनेतृसम्म हट फेसन आइटम बन्न पुगेको छ ।

कसरी छनोट गर्ने ?

-    बजारमा लिक्विड लेगिङको कलर तथा भेराइटीमा कुनै कमी छैन । मात्र पर्फ]{ट छनोट आवश्यक छ ।

-    पार्टी एवं फङ्सन आदि विशेष अवसरका लागि गोल्डन, सिल्भर, सिमरी सेड्स छनोट गर्नुपर्छ ।

-    बोल्ड लुकका लागि पर्पल, पिन्क, ब्लु आदि कलर छनोट गर्न सकिन्छ ।

-    क्लासी लुकका लागि ग्रे, वाइन, ब्राउन आदि कलर प्रयोग गर्न सकिन्छ ।

-    रेट्रो लुकका लागि मेटालिक सेडको लिक्विड लेगिङ चयन गर्न सकिन्छ ।

-    रेगुलर युजका लागि ब्ल्याक लेगिङ उत्तम विकल्प हो । एभरगि्रन ब्ल्याक लेगिङ ग्ल्यामरस देखिन्छ ।

लिक्विड लेगिङका साथमा के लगाउने ?

-    ग्ल्यामरस लुकका लागि ब्ल्याक लिक्विड लेगिङका साथमा प्योर व्हाइट स्ट्रेट कट सर्ट लगाउनुपर्छ ।

-    फंकी लुकका लागि लुज टि-सर्ट प्रयोग गर्न सकिन्छ ।

-    हट लुकका लागि स्लिभलेस टप वा हल्टर नेक भएको टि-सर्ट लगाउन सकिन्छ ।

-    एनिमल प्रिन्टेड सर्ट ड्रेसका साथमा पनि हट लिक्विड लेगिङको जोडा मिलाउन सकिन्छ ।

-    कोट वा ज्याकेट अटेच्ड टपका साथमा पनि साइनी लिक्विड लेगिङ लगाउन सकिन्छ ।

के छ विशेषता ?

-    डेनिम वा पाइन्टको तुलनामा यसको फिटिङ बढी राम्रो देखिन्छ ।

-    ग्लसी र साइनी फेबि्रकले यसलाई हट पार्टी लुक प्रदान गर्छ ।

-    लाइटवेट हुनुका साथै यो सफ्ट र कम्फर्टेबल पनि हुन्छ ।

-    यसलाई बारम्बार आइरन गर्ने आवश्यकता पर्दैन ।

स्मार्ट टिप्स

-    स्लिम-टि्रम अर्थात् फिगर पर्फेक्ट छ भने लिक्विड लेगिङ प्रयोग गर्न सकिन्छ । यसमा  आफ्नो अझ स्मार्ट देखिन्छ ।

-    उचाई राम्रो छ र लोयर बडी हेभी छ भने लिक्विड लेगिङका साथमा सर्ट टप उपयुक्त हुँदैन । डिप कलरको लेगिङका साथमा लङ टप प्रयोग गर्न सकिन्छ ।

-    अत्यधिक मोटीहरूले लिक्विड लेगिङबाट जोगिनुपर्छ । यस्ता महिलाले ब्ल्याक, नेवी ब्लु, डार्क ब्राउन आदि डिप कलरका लेगिङ छनोट गर्नुपर्छ र त्यसका साथमा डिप कलरको लङ टप लगाउनुपर्छ ।

स्टाइलिङ आइडियाज

-    लिक्विड लेगिङका साथ पेन्सिल वा हाई हिल स्यान्डल, पम्प सुज वा स्मार्ट बुट लगाउनुपर्छ ।

-    इभनिङ पार्टीका लागि ब्ल्याक लिक्विड लेगिङ लगाउने हो भने ग्ल्यामरस लुकका लागि आई मेकअपलाई स्मोकी लुक प्रदान गर्नुपर्छ ।

 Image