Successfully Copied

पार्टी मेकअप विशेष अवसरमा

पार्टी मेकअप डे पार्टी एवं नाइट पार्टी गरी दुई थरिका हुन्छन् । यी दुई मेकअप गर्ने तरिका एउटैजस्तो छ, फरक मात्र प्रयोग गरिने रंगको हुन्छ ।

पार्टी मेकअप डे पार्टी एवं नाइट पार्टी गरी दुई थरिका हुन्छन् । यी दुई मेकअप गर्ने तरिका एउटैजस्तो छ, फरक मात्र प्रयोग गरिने रंगको हुन्छ । दिनमा लाइट र राति डार्क सेड्स सुहाउँदो हुन्छ । मेकअपभन्दा पहिले क्लिन्जिङ आवश्यक हुन्छ । यसबाट मेकअपमा अझ बढी निखार आउँछ । छाला सुख्खा छ भने क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ, ओयली छ भने क्लिन्जर छनोट गर्नुपर्छ । त्यसपछि मुहारमा टोनर लगाएर ५ मिनेट छोड्नुपर्छ अनि मेकअप प्रारम्भ गर्नुपर्छ ।

डे मेकअप : डे मेकअप केही लाइट हुनुपर्छ । त्यसैले दिउँसोका लागि लाइट सेड्स नै छनोट गर्नुपर्छ । मुहारको दाग-धब्बा एवं आँखामुनिको कालो घेरा लुकाउन त्यति नै भागमा कन्सिलर प्रयोग गर्नुपर्छ । गर्मीमा पसिनाको समस्या बढी हुन्छ, विशेषगरी दिउँसोको मेकअप टिकाउन वाटरप्रुफ मेकअप गर्नुपर्छ । कन्सिलरपछि स्किन टोन सुहाउँदो वाटरप्रुफ फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि आई मेकअपको पालो आउँछ । त्यसका लागि आफ्नो पहिरनको रंग सुहाउँदो आइस्याडो छनोट गर्नुपर्छ । दिउँसो सिमर वा स्पार्कल आइस्याडो प्रयोग गर्नु हुँदैन । आइस्याडोपछि आइलाइनरको सिंगल कोट लगाउनुपर्छ । यसमा आफ्नो पहिरनको रंग सुहाउँदो आइलाइनर लगाउन सकिन्छ । आइलाइनरपछि गाजल लगाउनुपर्छ । दिउँसो लाइट गाजल र मस्काराको एउटै कोट लगाउनु उपयुक्त हुन्छ ।

लिपलाइनरले ओठलाई सही सेप दिनुपर्छ । ओठ पातलो छ भने आउट लाइनिङ ओठको रेखाभन्दा बाहिर अनि मोटो छ भने भित्र राख्नुपर्छ । मेट लिपिस्टिक प्रयोग गर्न सकिन्छ । ओठ फुटेको छ भने लिपिस्टिक प्रयोग गर्नुभन्दा आधा घन्टा पहिले लिप बाम प्रयोग गर्नु फाइदाजनक हुन्छ । त्यसपछि गालामा वाटरप्रुफ ब्लसर प्रयोग गर्नुपर्छ । छाला धेरै सुख्खा छ भने क्रिम बेस्ड ब्लसअन लगाउनु राम्रो हुन्छ । मेकअपका साथमा पर्फेक्ट हेयर स्टाइल पनि अत्यन्त जरुरी छ । साडीका साथमा डिजाइनर जुरो बनाउन वा केश खुल्ला छोड्न सकिन्छ ।

नाइट मेकअप : नाइट मेकअपमा सबैभन्दा पहिले मुहारमा क्लिन्जिङ गरी दाग-धब्बा र डार्क सर्कल्समा कन्सिलर प्रयोग गर्नुपर्छ । राति नर्मल फाउन्डेसनको ठाउँमा सिमरयुक्त फाउन्डेसन लगाउन सकिन्छ । राति डार्क सेड्सको आइस्याडोका साथ हाइलाइटर पनि प्रयोग गर्नुपर्छ । आइलिड माथिको भागमा कपर, सिल्भर, ब्लु, गि्रन आदि सेड्स प्रयोग गर्नु उपयुक्त हुन्छ । राति आँखालाई स्मोकी लुक प्रदान गर्न सकिन्छ । चाहनाअनुसार आइलिडमा सिमरयुक्त आइस्याडो पनि प्रयोग गर्न सकिन्छ । ग्लसी लुक प्राप्त गर्न आइस्याडोमाथि औंला प्रयोग गरी थोरै ग्लस लगाउनुपर्छ ।

विवाह पार्टीमा जाने हो भने आँखाको दुवै बाहिरी कुनामा स्टोन टाँस्न सकिन्छ । आइलाइनर र गाजल डब्बल कोट लगाउनुपर्छ । यसबाट आँखा राम्रोसँग हाइलाइट हुन्छ । नाइट पार्टीमा डार्क ब्लसअन प्रयोग गर्नुपर्छ । त्यसपछि ट्रान्सपरेन्ट पाउडर ब्रसका माध्यमले लगाउनुपर्छ । रातिको लिप मेकअप पनि डार्क हुनुपर्छ । यसका लागि डार्क सेडको पिंक, पर्पल, मरुन तथा रेड सेड्स आदि लिपिस्टिक प्रयोग गर्न सकिन्छ । लिपिस्टिकको कलर छनोट गर्दा आफ्नो छालाको रंगमा पनि ध्यान पुर्‍याउनुपर्छ । लिपिस्टिक लगाउनुभन्दा पहिले आफ्नो ओठलाई लिपलाइनरले सेप दिनुपर्छ । नाइट पार्टीका लागि हेयर स्टाइल पनि केही विशेष हुनुपर्छ । त्यसका लागि कुनै पनि हेयर स्टाइल बनाएर त्यसलाई ग्लिटर, स्टर्ड वा अरू कुनै हेयर एसेसरिजले सजाउन सकिन्छ । नाइट पार्टीमा कर्ल पनि आकर्षक देखिन्छ ।

 Image