Successfully Copied

खाद्य वस्तुमा प्रयोग गरिने रंगका सम्बन्धमा केही जानकारी

खाद्य वस्तुलाई आकर्षक तुल्याउन रंगको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि बालीनाली, तरकारी वा फलफूल आदि उपभोगका लागि ठीक भयो

खाद्य वस्तुलाई आकर्षक तुल्याउन रंगको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि बालीनाली, तरकारी वा फलफूल आदि उपभोगका लागि ठीक भयो कि भएन भनेर त्यसको रंगले नै बताउँछ । खाना तयार गर्दा दुई वटा कुरालाई महत्वपूर्ण मानिन्छ, ती हुन् : खाद्य वस्तुमा स्वाभाविक प्राकृतिक रंगमै विद्यमान पौष्टिक तत्व एवं खाद्य वस्तु पौष्टिक हुनुका साथै आकर्षक देखिनु । खाद्य उत्पादक वा प्रशोधनकर्ताहरूले आफूले उत्पादन वा प्रशोधन गरेको खाद्य वा पेय पदार्थको रंगबाटै उपभोक्ताहरूलाई आकर्षर्ित गर्नु आवश्यक हुन्छ । फलफूल तथा तरकारीको आफ्नै प्राकृतिक रंग हुन्छ  । खाना तयार गर्दा त्यो राम्रो देखियोस् भनेर निकै ध्यान दिइन्छ । भनिन्छ, मुखले भन्दा पहिले आँखाले खान्छ्र । त्यसैले उपभोक्तालाई आकर्षर्ित तुल्याउन संसारभरि नै खानेकुरामा विभिन्न रंग प्रयोग गर्ने चलन छ । हाम्रो खानामा बेसारको प्रयोग पनि खासगरी रंगकै लागि गरिन्छ तथापि यसका औषधीय गुण पनि छन् । खाद्य वस्तुलाई रंगाउनुको पहिलो उद्देश्य खानेकुरालाई आकर्षक बनाई उपभोक्ताहरूलाई लोभ्याउनु नै हो भने दोस्रो उद्देश्य खाद्य प्रशोधन गर्दा तयार गरिएको प्रशोधित वस्तु सबै एकैनाशको होस् भन्ने पनि हो । तेस्रो उद्देश्य नराम्रो, बिगि्रएको, कमसल खालको वस्तुलाई पनि रंग प्रयोग गरेर आकर्षक बनाई उपभोक्तालाई झुक्याउनु हो । यसरी  उपभोक्ताको स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई बेवास्ता गरी व्यापारमा नाफा कमाउने उद्देश्यले रंगको प्रयोग गर्नु अनुचित हो । अस्वीकृत सिन्थेटिक रंगहरू, स्वीकृत कोलटार वा रासायनिक सिन्थेटिक रंगहरू पनि किटान गरिएको सुरक्षति मात्राभन्दा बढी प्रयोग गरिए मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । खासगरी स-साना बालबालिकाहरूलाई लोभ्याउन र विभिन्न रंग प्रयोग गरिएका थुप्रै खानेकुरा बजारमा उपलब्ध छन् जसले बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ तसर्थ खानेकुरा खाँदा त्यसमा प्रयोग गरिने रंगका बारेमा प्रयोगकर्तालाई ज्ञान हुनु अत्यावश्यक हुन्छ्र । धेरैजसो खाद्य सामग्रीमा रंगको प्रयोग देखिएको हुनाले उपभोक्ताहरू स्वयं सचेत भै रंगका बारेमा केही जानकारी राखी आफूले प्रयोग गर्ने खाद्य पदार्थमा के-कस्ता रंग प्रयोग गरिएको छ सोधपुछ गर्नु आवश्यक हुन्छ । खाद्य पदार्थमा हुने कुनै पनि अनुचित तथा अवाञ्छनीय कार्य रोक्नु सम्बन्धित निकायको प्रमुख दायित्व हुन्छ । सुरक्षति तथा प्रयोगका लागि स्वीकृत रंग सुरक्षति मापदण्डमा प्रयोग गर्दा आपत्ति हुँदैन तर एउटा कुरालाई अर्कै भनी झुक्याएर बेच्न प्रयोग गरिने रंगको प्रयोग दण्डनीय हुनुपर्छ ।

खाद्य रंग

खाद्य पदार्थको बाह्य रूपलाई उपभोक्ताले रुचाउने किसिमले बढी आकर्षक बनाउन प्रयोग गरिने पदार्थलाई खाद्य रंग भनिन्छ  ।

रंगको प्रकार  

रंगलाई तीन भागमा वर्गीकरण गरिन्छ ।

१.    प्राकृतिक अथवा भेजिटेबल रंग-यो रंग बोट-बिरुवाहरूबाट निकालिन्छ, जस्तै बेसार, क्लोरोफिल आदि  ।

२.    कोलटार, रासायनिक वा सिन्थेटिक रंगहरू-यस्ता रंग विभिन्न रसायनबाट बनाइन्छ ।

३.    मिनरल वा इन अर्गानिक रंग-यस्तो विभिन्न खनिजबाट बनाइन्छ । यी मिनरल रंगलाई पिग्मेन्ट्स पनि भनिन्छ । बढी विषाक्त भएकाले खाद्य पदार्थमा यिनको प्रयोग बन्देज गरिएको छ ।

यी तीन प्रकारका रंगमध्ये प्राकृतिक अथवा भेजिटेबल रंग मानव स्वास्थ्यका लागि सुरक्षति मानिएको छ । यस्ता रंगले खानेकुरालाई रंगाउनुका साथै हाम्रो स्वास्थ्यमा रोग निरोधक औषधिको  काम पनि गर्छन् । कतिपय प्राकृतिक रंगले ज्वरो घटाउने, हानिकारक ब्याक्टेरिया, ढुसी तथा भाइरसहरू मार्ने, जलन कम गर्ने आदि काम पनि गर्छन् । बेसार पाचन शक्ति बढाउन, रुघाखोकी ठीक गर्न, चोट, मर्किएको आदि निको पार्ने घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ । गाजर, आँप  र मेवा आदिबाट प्राप्त हुने तत्वहरू जस्तै कारोटेनोइड्स खास गरेर बिटाकारोटेनमा प्राकृतिक सुन्तला रंग हुनुका साथै ती तत्व हाम्रो शरीरमा गएर भिटामिन एमा परिवर्तन हुन्छन् र यसमा एन्टी अक्सिडेन्ट  गुण पनि हुन्छ । त्यस्तै रातो अंगुर, रातो बन्दा, सक्खरखण्ड आदिबाट प्राप्त हुने रंग अन्थोसाइनिन्स तथा रातो आलु, चुकन्दर आदिबाट प्राप्त हुने बिटासाइनिन्स पनि लाभदायक छन् ।

कृत्रिम सिन्थेटिक रंगबाट जनस्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा सबै देशले खाद्य वस्तुमा सुरक्षति र स्वीकृत रंग मात्र प्रयोग गर्नुपर्छ भनेर कडा नियम-कानुन बनाएका छन् भने धेरै देशले सिन्थेटिक रंगको प्रयोगमा बन्देज गरेका छन् र स्वीकृत रंग पनि कतिसम्म प्रयोग गर्न सकिन्छ भनेर अधिकतम मात्रा तोकेका छन् । अस्वीकृत रंग वा स्वीकृत रंग नै पनि स्वीकृत मापदण्डभन्दा बढी लामो समयसम्म प्रयोग गरियो भने त्यसबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ ।

अखाद्य रंग

न्याप्थल एलो एस (पहेंलो), ओरेन्ज जी (रातो), मेटानिल एलो (पहेंलो), रोडामाइन बी (रातो), मालाचाइट ग्रिन (हरियो) आदि जनस्वास्थ्यका लागि हानिकारक भएको कुरा अध्ययन-अनुसन्धानहरूबाट स्पष्ट भैसकेको छ । यी अखाद्य रंगको  सेवनले जनावरहरूको अति सम्वेदनशील अंगहरूमा नकारात्मक प्रभाव परेको  देखिएको छ  । यी रंग बजारमा पुरिया रंग तथा अबीर रंगका रूपमा उपलब्ध हुन्छन्, जसलाई कपडा रंगाउन एवं पूजामा प्रयोग गरिन्छ । यी रंगमा हाम्रो स्वास्थ्यमा हानि पुर्‍याउनसक्ने तत्व पनि हुनसक्ने भएकाले खाद्य वस्तुमा यस्ता रंग कहिल्यै प्रयोग गर्नु हुँदैन । अस्वीकृत इन अर्गानिक रंगहरू जस्तै लेड क्लरोमेट, कपर सल्फेट तथा आइरन अक्साइडले एनिमिया, प्यारालाइसिसजस्ता रोगका साथै गर्भपतनसम्म हुनसक्छ ।

खाद्य पदार्थको गुणस्तरका सम्बन्धमा सबै देशको प्राकृतिक हावा-पानी सुहाउँदो आ-आफ्नै नियम-कानुन हुन्छ । संसारका सबै उपभोक्ताको स्वास्थ्य संरक्षण एवं सम्बर्धनका लागि खाद्य व्यापारमा स्वच्छता कायम गर्न र खाद्य वस्तुहरूको मापदण्ड निर्धारण गर्न विश्व खाद्य तथा कृष िसंगठन एवं  विश्व स्वास्थ्य संगठनको संयुक्त तत्वावधानमा १९६३ मा गठित कमिसनले निर्धारण गरेको मापदण्ड विश्व व्यापारका लागि डब्लुटीओबाट मान्यता प्राप्त छ ।

नेपालमा पनि खाद्य वस्तुमा रंगको जथाभावी  प्रयोगलाई नियन्त्रण गर्न खाद्य ऐन नियमअन्तर्गत खाद्य रंगका रूपमा प्रयुक्त हुन सक्ने स्वीकृत खाद्य रंगको नामावली, के-कस्ता खाद्य पदार्थमा प्रयोग गर्न सकिन्छ त्यसको सूची, स्वीकृत मात्रा वा परिमाण आदिका बारेमा सरकारले समय-समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्छ ।

नेपालको खाद्य ऐन-नियमअन्तर्गत खाद्य पदार्थमा प्रयोग गर्न सकिने प्राकृतिक रंग तथा रासायनिक संयोजनबाट निर्मित तोकिएका कोलटार रंगहरू यस प्रकार छन् :

प्राकृतिक रंगमा  स्वीकृत रंग :

पहेंलो रंगका लागि : एनाटो, क्यारोटिन वा बिटा क्यारोटिन, सेफ्रोन (केशरी), राइबोफलेबिन वा लेक्टोफलेबिन, टर्मरिक वा कक्र्युमिन (बेसार वा हलेदो), लेन्टोफिल ।

कैलो रंगका लागि : केरामेल ।

रातो रंगका लागि : कोचिनिल, कामिर्न वा कामिर्निक एसिड, रतनजोत, हेमाट किसलिन, असिर्ल -अट सिनै एलकानेट, एलकानिन ।

हरियो रंगका लागि : क्लोरोफिल ।

 तोकिएका स्वीकृत कोलटार, रासायनिक वा सिन्थेटिक रंग :

रातो रंगका लागि : अमरेन्थ (फुडरेड ९), पान्स्यु ४ आर, इरिथ्रोसिन (फुड रेड १४), कामोइसिन (एजोरुबिन), फास्टरेड ई ।

पहेंलो रंगका लागि : टाट्राजिन, (फुड एलो ४)  सनसेट एफ.सी.एफ. ।

नीलो रंगका लागि : इन्डिगिटिन (इनडिगोकारमिन) (फुड ब्लु १), बरिलियनट ब्लु बी. एप.सी.एफ. ।

हरियो रंगका लागि : उल गि्रन बी.एस., फास्ट गि्रन एफ.सी.एफ. ।

कोलटार रंग खानका लागि तयार खाद्य पदार्थमा प्रतिकिलोग्राम २ सय मिलिग्राममा नबढाई प्रयोग गर्न सकिन्छ अर्थात् १ किलो खाद्य वस्तुमा बढीमा २ सय मिलिग्ा्राम मात्र प्रयोग गर्न पाइन्छ  । कुनै पनि पकाएर खानुपर्ने खाद्य पदार्थमा माथि उल्लेखित कोलटार रंग प्रयोग गर्न निषेध गरिएको छ र ती रंगमा स्वास्थ्यलाई हानि गर्ने कुनै पनि पदार्थ मिसिएको हुनुहुँदैन ।

कोलटार रंगहरू सबै प्रकारका आइसक्रिम, चीज, फुलबाट बनेका विभिन्न परिकार, बिस्कुट, केक, पेस्ट्री, मिठाईं, चिया, कफी, कोकोबाहेक अन्य मदिरारहित पेयपदार्थ, कस्टर्ड पाउडर, जेली पाउडर,  प्रशोधित फलफूल हरियो सागपात, सुप पाउडर तथा सुगन्धित पदार्थहरूमा मात्र प्रयोग गर्न पाइन्छ ।

यथार्थ स्थिति

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय तथा क्षेत्रीय कार्यालयद्वारा समय-समयमा बजार निरीक्षण गरी संकलित नमुनाको जाँच गरिन्छ । विभागको वार्षर्िक प्रतिवेदन हेर्दा मिठाइर्ं, चकलेट, दाल, तरकारी, फलफूल, बिस्कुट, केक, आइसक्रिम, चीज, चटपटे, तितौरा, पेयपदार्थ, केचअप, जाम, सुप पाउडर, ससेज आदिमा प्राकृतिक रंगका साथै विभिन्न सिन्थेटिक कोलटार डाइजहरू प्रयोग गरिएको पाइन्छ र केही अखाद्य रंग पनि प्रयोग गरिएको देखिन्छ । खासगरी मासको दालमा कालो रंगको प्रयोग गम्भीर समस्या हुँदै गएको छ । त्यस्तै तरकारीमा रंगको प्रयोग पनि गम्भीर समस्याकै रूपमा देखा पर्दै  छ । सहर-बजारमा भन्दा पनि गाउँघरका बजारमा बेचिने केही खाद्य वस्तुमा रंगको प्रयोग विशेष रूपमा भएको देखिन्छ । त्यसो त धेरैजसो मिठाईं पसलमा स्वीकृत खाद्य रंगकै प्रयोग भएको पाइन्छ । पश्चिम नेपालमा प्रचलित सिन्के रोटी, पाते रोटी आदिमा पनि अखाद्य रंग प्रयोग गरिन्छ । काठमाडौंमा पनि देवतालाई चढाउन भनी अखाद्य रातो रंग प्रयोग गरी रोटी बनाइएको पाइन्छ । यस्तो जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने अभ्यासको प्रमुख कारण व्यापारमा नाफा कमाउनु नै हो । हाम्रो अशिक्षा, गरिबी एवं अज्ञानताले गर्दा पनि अखाद्य रंगको समस्याले जरो गाडेको हो ।

समाधान

यस्ता समस्या समाधानका लागि रासायनिक रंगको प्रयोगबाट हुने असरका बारेमा जनचेतना जगाउनु आवश्यक छ । यसमा उत्पादनकर्ता, नियन्त्रण निकाय तथा उपभोक्ता सबैको संयुक्त प्रयास जरुरी हुन्छ । खाद्य वस्तु उत्पादनकर्ताले प्रयोग गर्ने रंगका बारेमा पूरा जानकारी राखी स्वीकृत खाद्य रंग मात्र प्रयोग गर्नुपर्छ । रंग खरिद गर्नुपूर्व राम्रोसँग लेबल हेरी स्वीकृत खाद्य रंग मात्र खरिद गर्ने र खाद्य वस्तुमा प्रयोग गर्दा २ सय मिलिग्राम रंग प्रतिकेजी खाद्य पदार्थमा नबढाई प्रयोग गर्नुपर्छ र अखाद्य रंग कुनै पनि अवस्थामा प्रयोग गर्नु हुँदैन । नियन्त्रण निकाय पनि नियन्त्रणका लागि सक्रिय हुनुपर्छ  भने उपभोक्ताहरूले पनि रंगाइएको खाद्य पदार्थ भन्दा रंग प्रयोग नगरिएको खाद्य पदार्थ रोजी अखाद्य रंगको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । अवाञ्छनीय र जनस्वास्थ्यमा क्षति पुर्‍याउने कार्यलाई दुरुत्साहित गर्न सचेत, जागरुक एवं सक्रिय उपभोक्ताहरूको ठूलो भूमिका हुन्छ तसर्थ सकेसम्म बनाबटी कृत्रिम रंग प्रयोग नगरी प्राकृतिक रूपमै प्राप्त हुने रंग प्रयोग गर्नु उपयुक्त हुन्छ । प्रकृतिले नै उपलब्ध गराएका थरीथरीका रंग खाना रंगाउन र सिंगार्न सुरक्षति, स्वस्थ, पौष्टिक एवं स्वादिला छन् । प्रशोधित खानेकुराभन्दा प्राकृतिक खानेकुरा नै हाम्रा लागि स्वस्थकर, पौष्टिक एवं सुरक्षति पनि हुन्छ्रन् ।

सन्ध्या कर्माचार्य,

महासचिव, विज्ञान तथा प्रविधिमा महिला, नेपाल

 Image