Successfully Copied

दसैं मुडमा नम्रता र अदिति

स्कुलमा पढ्दा नै चलचित्र उनको सम्झनामा बाल कलाकारका रूपमा अभिनय गरेकी नम्रता सापकोटाको सपना नै राम्रो अभिनय हो ।

स्कुलमा पढ्दा नै चलचित्र उनको सम्झनामा बाल कलाकारका रूपमा अभिनय गरेकी नम्रता सापकोटाको सपना नै राम्रो अभिनय हो । उनले ११ कक्षामा पढ्दा एउटा म्युजिक भिडियोमा काम गरिन् र दस जोड दुईपछि यही क्षेत्रलाई निरन्तरता दिइन् । केही चर्चित म्युजिक भिडियोमा देखा परिसकेकी नम्रताले चलचित्र अन्तरालबाट डेब्यु गरेकी हुन् । त्यसपछि चलचित्र सिग्नेचरमा अभिनय गरेकी सापकोटाले त्यसबाहेक अन्य चलचित्रमा भने काम गरेकी छैनन् ।

नारीको दसैं विशेष अंकको आवरण पृष्ठका लागि दरबारमार्गस्थित उडल्यान्ड कम्प्लेक्समा अदिति बुढाथोकी र नम्रता सापकोटाको फोटो सुट गर्ने क्रममा उनीहरूबीच पहिलो पटक भेट भयो । परिचयपछि दुवैले यसरी फोटो खिच्ने, यसरी बस्ने भनेर छलफल गरिरहे । उनीहरूको सम्बन्ध पहिलो भेटमै साथीका रूपमा विकसित पनि भयो । दुवैजना मनोरञ्जन एवं ग्ल्यामरको क्षेत्रमा भए पनि उनीहरूको यात्रा भने केही फरक छ ।

स्कुलमा पढ्दा नै चलचित्र उनको सम्झनामा बाल कलाकारका रूपमा अभिनय गरेकी नम्रता सापकोटाको सपना नै राम्रो अभिनय हो । उनले ११ कक्षामा पढ्दा एउटा म्युजिक भिडियोमा काम गरिन् र दस जोड दुईपछि यही क्षेत्रलाई निरन्तरता दिइन् । केही चर्चित म्युजिक भिडियोमा देखा परिसकेकी नम्रताले चलचित्र अन्तरालबाट डेब्यु गरेकी हुन् । त्यसपछि चलचित्र सिग्नेचरमा अभिनय गरेकी सापकोटाले त्यसबाहेक अन्य चलचित्रमा भने काम गरेकी छैनन् । आफू सुहाउँदो भूमिका नपाएपछि थप चलचित्रमा अभिनय नगरेको बताउने नम्रता साल्सा डान्सर पनि हुन् । भ्रमण एवं अभिनय मन पराउने नम्रतालाई चाडपर्वमध्ये दसैं सार्‍है मनपर्छ । उनको जन्म पनि दसैंताका नै भएको हो ।

त्यस्तै अर्की कभर गर्ल अदिति बुढाथोकी चार वर्षअघि एउटा म्यागजिनको कभर फोटो खिचाएर मनोरञ्जनको क्षेत्रमा प्रवेश गरेकी हुन् । अदितिलाई एउटा ज्वेलरीले ब्रान्ड एम्बेसडर पनि बनायो । त्यसपछि उनले टीभीसी तथा पेपर एडहरूमा अवसर पाइरहिन् । अदितिले र्‍याम्प वर्क तथा फोटो सुटहरू पनि गरिरहिन् । अदिति आफूलाई दैनिकजसो म्युजिक भिडियो एवं चलचित्रका प्रस्ताव आइरहने बताउँछिन् । यद्यपि उनलाई चलचित्र तथा म्युजिक भिडियोमा त्यति रुचि छैन । अदिति आफूलाई एड, ब्युटी प्याजेन्ट तथा र्‍याम्प मोडलिङ नै मनपर्ने बताउँछिन् । केही समयअघि कायरा ब्रान्डका लागि मोडलिङ गरेकी अदितिले नै उक्त ब्रान्ड नेपाल भित्र्याएकी हुन् । अदिति फेसन ब्लगर पनि हुन् । उनी भविष्यमा नेपालमै आइटी कम्पनी खोल्ने एवं फेसन डिजाइनिङ सिकेर आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छिन् । अदितिलाई पनि नम्रतालाई झैं दसैं असाध्यै मन पर्छ । उनी ठूलाबडाको हातबाट टीका थाप्ने यो पर्वलाई एकताको पर्व मान्छिन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल : ओशा मुल्मी तथा ओनीशा मुल्मी

गर्लज् ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टर,

पाको न्यूरोड

पहिरन : पोस, उडल्यान्ड कम्प्लेक्स,

दरबार मार्ग

लोकेसन : होटल उडल्यान्ड

 

 Image