Successfully Copied

ग्याजेट हाम्रो साथी

आजको पुस्ता चलायमान छ । हिँड्दा-डुल्दा, खाना खाँदा, होमवर्क गर्दा वा टिभी हेर्दा हरेक क्षण आजका युवापुस्ताको कानमा इयरफोन

आजको पुस्ता चलायमान छ । हिँड्दा-डुल्दा, खाना खाँदा, होमवर्क गर्दा वा टिभी हेर्दा हरेक क्षण आजका युवापुस्ताको कानमा इयरफोन वा हेडफोन देखिनु अब नौलो रहेन । टि्रनिटी कलेजमा अध्ययनरत दुर्लभ भन्छन्-मोबाइलमा इयरफोन नभएको दिन एक्लो महसुस हुन्छ । केही गर्नै मन लाग्दैन । मोबिलिटीको यो युगमा मोबाइल हुन चाहने युवापुस्ताका लागि ग्याजेट राम्रो साथी भएको छ । रोजबर्ड स्कुलकी कुञ्जल भट्टलाई आइफोन र ट्याबमा सयर नगरी चित्त बुझ्दैन । यस्ता उपकरणमा फेसबुक, ट्वीटर, लिंकडइनमा सयर गर्नुको मज्जा नै बेग्लै छ-कुञ्जल भन्छिन्- जसले गर्दा धेरै साथी बनाएर समय बर्बाद गर्ने झन्झटबाट मुक्त भइन्छ । बरु म आइफोन वा मोबाइलमा म्युजिक सुन्दै आफ्नो काम गर्न रुचाउँछु ।

हिजोआज युवापुस्तालाई लक्षित गरी विभिन्न कम्पनीले पनि विभिन्न सुविधायुक्त ग्याजेट उपलब्ध गराएका छन् । पछिल्लो समयमा बजारमा देखिएको सामसुङ गियर यसको राम्रो उदाहरण हो । स्मार्ट वाच समेत भनिने यो गियरमा फोन गर्न मिल्ने, फोटो वा भिडियो खिच्न मिल्ने, फोन गर्ने व्यक्तिको आवाज मात्र नभै उसको ध्वनिका आधारमा भिडियो खिच्न मिल्ने, भ्वाइस रेकर्ड गर्न मिल्नेजस्ता सुविधा छन् । मोबाइलसँग कनेक्ट गरेर प्रयोग गरिने यो ग्याजेट हाते घडीजस्तै देखिन्छ र यसलाई प्रयोग गर्ने तरिका पनि घडीको जस्तै हो । कार वा मोटरसाइकल ड्राइभ गर्ने क्रममा पनि फोन गर्न र रिसिभ गर्न सहज हुने भएकाले अहिले यसलाई सर्वाधिक रुचाइएको छ । स्क्र्याच र वाटरप्रुफ सामसुङ गियरको प्रयोग पछिल्लो समयमा युवतीहरूले अत्यधिक मात्रामा गरिरहेका छन् । विविध रंग एवं मोडलमा उपलब्ध स्मार्ट वाचको मूल्य १८ देखि ३३ हजार रुपैंयाँ पर्छ ।

सिटिसी, सामसुङ तथा एप्पल ब्रान्डका ट्याव पनि अहिले चल्तीका ग्याजेट हुन् । ट्याव-फोरमा थुपै्र सुविधा छन् । भिडियो र मुभी हेर्दा थि्रडी इफेक्ट्सदेखि थि्रडी साउन्ड मात्र होइन यसमा रहेको हाइ रिजोलुसन क्यामेरा र मेमोरी कार्डको स्पेस पनि विशाल छ । ५० हजारभन्दा माथि पर्ने यस्ता ट्यावमा फ्रन्ट तथा ब्याक क्यामेरा, एन्ड्रोइड भर्सन, ब्याट्री सेभर, सेल्फी अप्सनजस्ता सुविधा उपलब्ध छन् । सामसुङ ग्यालेक्सी ट्याव-फोरमा टिएफटी एलसिडी, १६ कलरमा क्यापासिटिभ टच स्क्रिन, एन्ड्रोइड ओएस भी फोर किटक्याट, १ दशमलव ५ जिबी र्‍याम, वाइफाइ, टुजी तथा थि्रजी नेटवर्क आदि सुविधा समेटिएका छन् । त्यस्तै सामसुङकै ग्यालेक्सी नोट थ्रीमा इयर कमान्ड, एस फाइन्डर, पेन विन्डो न्यू एस नोट आदि सुविधा छन् ।

सोनीको सोनी एक्सपेरिया व्यवसायीहरूको रोजाइमा रहेको स्मार्टफोन हो । यो पानीमा डुबे पनि केही नहुने एवं स्क्र्याच प्रुफ छ । यसमा पनि अन्य स्मार्टफोनको जस्तै ब्याक र फ्रन्ट क्यामेराका अतिरिक्त ठूलो आकारको एलसिडी स्क्रिन, इन्टरनल स्टोरेज कार्ड स्लट, वाइफाइ टु जी थ्री जी नेटवर्कजस्ता सुविधा उपलब्ध छन् । सिटिसी मोबाइल के एल टावरका शोरुम म्यानेजर अनिल पौडेलका अनुसार पछिल्लो समयमा ताइबानी ब्रान्डको एचटिसी एम-८ मोबाइल बोक्नेहरूको संख्या बढेको छ । ६७ हजार पर्ने यो मोबाइलमा ५ एमबी फ्रन्ट क्यामेरा, एन्ड्रोइड भर्सन ४ दशमलव ४ दशमलव २ किटक्याट, ४ इन्टु ४ अल्ट्रा पिक्सल क्यामेरा, २ दशमलव ३ गिगा हर्स पावर प्रोसेसरले गर्दा यसको प्रयोगमा विविधता छ । सिल्भर तथा ग्रे कलरमा उपलब्ध यो फोन अहिले प्रोफेसनल महिलाहरूले सर्वाधिक रुचाएका छन् ।

 Image