Successfully Copied

घर तथा भान्साको शान

वर्लपुल चर्चित भारतीय ब्रान्ड हो । यसको फ्रिज तथा वासिङ मेसिन सबैले रुचाएका छन् । यसले आफ्नो उत्पादन सुरु गरेको ३ दशक भैसकेको छ ।

वर्लपुल

वर्लपुल चर्चित भारतीय ब्रान्ड हो । यसको फ्रिज तथा वासिङ मेसिन सबैले रुचाएका छन् । यसले आफ्नो उत्पादन सुरु गरेको ३ दशक भैसकेको छ । विश्वव्यापी रूपमा आफ्नो वर्चश्व कायम गर्न सफल वर्लपुलका उत्पादन निकै बलिया तथा फरक छन् । वर्लपुल सदैव नयाँ-नयाँ सामग्री उत्पादन गर्न कटिबद्ध छ । यो बहुराष्ट्रिय ब्रान्ड हो । वर्लपुलको सुरुवात सन् २००८ मा दक्षिण अमेरिकाबाट भएको हो । समयसँगै यसले विभिन्न घरायसी सामग्रीहरू उत्पादन गर्दै आएको छ ।

वर्लपुल वासिङ मेसिन-ब्लुम वास ३६० डिग्री

यसको वासिङ मेसिन विभिन्न अवधारणामा उत्पादन गरिन्छ । यसले कपडा निकै चाँडो धुन्छ । ३६० डिग्रीयुक्त यो मेसिन फ्रन्ट लोडेडभन्दा पनि प्रभावकारी छ । यसले कम बिजुली खपत गरी आफूले सोचेभन्दा सफा तथा चाँडो कपडा धुन्छ । ३६० ब्लुम वासले एकै पटक ८ केजी कपडा धुनसक्छ । ९९ प्रतिशत जर्म फ्री यो मेसिनमा ठूला तथा साना कपडा फरक-फरक ढंगले धुन सकिन्छ । यसले कपडालाई चक्रीय हिसाबले धुन्छ । यसको चक्र फुल्ने फूलझैं छन् । अरु मेसिन भन्दा पानी कम प्रयोग हुने भएकाले साबुनको बचत हुन्छ । वर्लपुलको यो वासिङ मेसिन ग्रेफाइट तथा सिल्भर रंगमा उपलब्ध छ ।

विशेषता

- क्याटेलिक अवशोषण ।

- एचटु लो सिस्टमयुक्त छ, जसको

- सहायताले साबुन राम्रोसँग निख्रन्छ ।

- यसले कपडाको हरेक भाग राम्रोसँग सफा गर्छ ।

- पानी तताएर कपडा धुन सकिन्छ ।

- फरक-फरक ८ तरिकाले कपडा धुन सकिन्छ ।

- पारदर्शी स्पिन ढोकायुक्त छ ।

- डिजिटल डिस्प्ले तथा अटो स्टार्ट ।

- ब्याक कन्ट्रोलयुक्त यो वासिङ मेसिनमा चाइल्ड लक सिस्टम पनि छ ।

- यसले १६० भोल्ट बिजुली खपत गर्छ ।

- यसमा सबै प्रकारका लुगा धुन सकिन्छ ।

एलजी

विगत २२ वर्षदेखि घरायसी सामग्रीहरूको कारेाबारमा आफ्नो वर्चश्व कायम गर्दै आएको एलजी आमनेपालीमाझ एक विश्वसनीय ब्रान्डका रूपमा स्थापित भएको छ । नेपाली बजारमा यसका सबैखाले घरायसी सामान खरिद गर्न सकिन्छ । एलजीका टिभी, फ्रिज, ओबन, एअर कन्डिसनर आदि सामग्री उपभोक्ताहरूले निकै रुचाएका छन् ।

एलजी माइक्रो ओबन

आधुनिक माइक्रो ओबनले भान्साको स्वरूप तथा पकाउने शैली नै परिवर्तन गरिदिएको छ । यसले स्वीच दबाएका भरमा भनेअनुसारको खाना तयार गरिदिन्छ । यसको सहायताले के अण्डा के खाना के चिकेन रोस्ट के केक, सबै परिकार मिनेटमै तयार हुन्छन् । अटो कुक प्रविधिअन्तर्गतको यो ओबनमा २ सय ११ किसिमका फरक-फरक परिकार तयार गर्न सकिन्छ । यो एमजे ३२८३ मोडलको ओबन हो । यसमा पकाइएको खाना निकै स्वादिलो हुन्छ । घुमाएर पकाउने हुनाले खाना भित्रैसम्म पाकेको हुन्छ । यसमा नेपाली स्वादको बारबीक्यु पनि तयार गर्न सकिन्छ । यो माइक्रो ओबन कालो रंगमा उपलब्ध छ ।

विशेषता

-  १० वर्षको वारेन्टी छ ।

-  पकाइएको खाना स्वादिलो तथा स्वस्थकर हुन्छ ।

-  फ्रोर इन वान कुकिङ सिस्टममा आधारित छ ।

-  २४ सय वाट बिजुली खपत गर्छ ।

- चाइल्ड लक सिस्टमुक्त छ ।

- यसमा खाना पकाउने भाँडासमेत उपलब्ध हुन्छ ।

सामसुङ

सामसुङ इलेक्ट्रोनिक्सको संस्ाारमा निकै लोकप्रिय नाम हो । नेपाली उपभोक्ताहरूले यसलाई राम्रो ब्रान्ड मानेका छन् । यो कोरियन ब्रान्डको आफ्नै आउटलेट छ । यो ब्रान्डमा सबैखाले एप्लायन्स खरिद गर्न सकिन्छ । वारेन्टी तथा ग्यारेन्टी समेत प्राप्त गर्न सकिने यो ब्रान्डका सामग्रीहरू सावधानीपूर्वक चलाउन सके वर्षौंसम्म टिक्छन् । नेपाली बजारमा सामसुङका फ्रिज तथा वासिङ मेसिन बढी मन पराइएको छ । सामसुङले अहिलेको आधुनिक जीवनशैलीको पर्याय हुने खालका सामग्रीहरू उत्पादन गर्छ ।

डबल डोर फ्रिजर

यो फ्रिज व्यक्तिगत तथा व्यावसायिक रूपमा प्रयोग हुन्छ । स्टिलको यो फ्रिज सुन्दर घरका लागि निकै सान्दर्भिक छ । स्टेन स्टिल तथा स्क्राच प्रुफ यो फ्रिज घरको कुनै पनि कुनामा राख्दा यसले घरकै सुन्दरता थप्छ । यो झट्ट हेर्दा दराजजस्तै देखिन्छ । यसमा बढीभन्दा बढी सामान भण्डारण गर्न सकिन्छ । यो फ्रिज ठूलो परिवार तथा पार्टी हुने घरका लागि उपयुक्त छ । १ सय ३८ लिटरको यो फ्रिज अलराउन्ड कुलीनका आधारमा निर्माण गरिएको छ । १० वर्षको वारेन्टी प्रदान गरिने यो फ्रिजमा वाटर प्युरिफायरको तार पनि जडान गर्न सकिन्छ । यसमा ढोकाबाट आइसक्युव तथा क्रस आइस निकाल्न सकिन्छ । फ्रिजको दुई भागमध्ये एक भाग बार तथा अर्को भाग सामान स्टोरका लागि उपयोगी छ । यसमा ६ ठाउँमा फरक-फरक किसिमका खानेकुरा भण्डारण गर्न सकिन्छ । यसमा राखिएको खाद्यपदार्थ लामो समयसम्म स्वस्थ्ाकर एवं सुरक्षित रहन्छ ।

विशेषता

- आकर्षक डिजाइन ।

- सबै ठाउँमा समान रूपमा चिसोपन प्रदान गर्ने ।

-  एक्जस्टेबल स्टोरेज डियोडाइजरयुक्त ।

-  सेमिकल सेलेक्ट जोनयुक्त,  दुई ढोका, लेड लाइट ग्लास तथा सेल्फ वाइन र्‍याक ।

सिजी

नेपालीहरूको बजेटलाई ध्यानमा राख्दै सिजीले आफ्नो उत्पादन टिभी  तथा डिभिडीबाट सुरु गरेको हो । सन् २००५ मा स्थापना भएको यो ब्रान्ड चौधरी ग्रुपअन्तर्गतको हो । यसले टिभीलाई प्रिमियम उत्पादन बनाएर आम नेपालीमाझ टिभीको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो । ग्राहकरूको मन जित्न सफल भएपछि सिजीले आफ्नो उत्पादनको दायरा बढाउँदै लगेको छ । अहिले सिजीले टिभी मात्र होइन घरायसी तथा भान्साका सामग्रीदेखि सिएफल चिमसम्म उत्पादन गर्न थालेको छ ।

यो नेपाली ब्रान्डलाई चौधरी ग्रुपले प्रवर्द्धन गरेको छ । यसको उत्पादन सुरु भएको केवल एकदशक भएको छ तैपनि यसले राम्रो लोकप्रियता हासिल गरेको छ । सिजीले घरायसी रूपमा प्रयोग हुने सबै प्रकारका सामग्री उत्पादन गर्छ । यो नेपाली प्रिमियम ब्रान्ड हो । सिजीका हरेक सामानमा कम्तीमा एक वर्षको वारेन्टी दिइन्छ । यसका सबै उत्पादनमा कलर खेलाइएको छ । यसलाई नेपाली बजारमा विश्वासिलो एवं भरपर्दो ब्राण्ड मानिन्छ ।

सिजी एअर कन्डिसनर

गर्मी होस् वा जाडो । यसले दुवै मौसममा वातावरण सन्तुलित बनाउँछ । गर्मीमा दिने चिसोपन तथा जाडोमा यस फ्याँक्ने तातोपनका कारण  एसीप्रति सबैको चासो बढेको छ । विभिन्न मोडलमा उपलब्ध यो एसी बहुउपयोगी छ । चलायमान एसी पनि बजारमा छयापछयाप्ती पाइन्छन् । अहिले चलनमा वाल सिल्क एसी छ । यो एसी दुई टनयुक्त छ । यसलाई सजिलै भित्तामा झुन्ड्याउन सकिन्छ । यो सेतो रंगमा उपलब्ध हुन्छ । जडान गरेपछि यो एसीले कोठाको वातावरणलाई अनुकल बनाउँछ । रोटरी कम्प्रेसयुक्त सिजीको यो एसीले २४० भोल्ट बिजुली खपत गर्छ ।

विशेषता

- डिसफोस्टिङ सिस्टम ।

- डायनामिक लेड स्क्रिन ।

- स्लिप मोड ।

- सशक्त वास्पीकरण ।

- टर्बो मोड ।

- आवाज कम आउने ।

-  ५ मिटर कपर पाइप तथा ५ मिटर तार ।

-  १२ महिनाको वारेन्टी ।

डुकर

डुकर नेपाली बजारमा भित्रिएको केही समयमै लोकप्रिय बन्न सफल ब्रान्ड हो । इटालीको यो ब्रान्ड विशेषगरी फ्रिजर बनाउन कटिबद्ध छ । यसका गुणस्तरीय उत्पादनमा नयाँ-नयाँ प्रविधि प्रयोग भएको छ । यो फ्रिजर घरायसीबाहेक पसलहरूमा पनि राख्न सकिन्छ ।

डुकर अपराइड सेरिज

हेर्दा शोकेस जस्तो देखिने यो फ्रिजर विशेषगरी रेस्टुराँका लागि उपयोगी छ । यो निकै शोभायमान देखिन्छ । १ वर्षको वारेन्टी पाइने यो फ्रिजरको बनावट निकै राम्रो छ

विशेषता

- एल २५० तथा १००० ।

- माथिल्लो भागमा बत्ती जडान ।  

- लक्जरिइस ग्लास डवर ।

- चलायमान र्‍याक ।

- सिसाको ढोका भएकाले सबै कुरा सजिलै देखिने ।

यासुडा

यासुडा इलेक्ट्रोनिक्स संसारभर सुपरिचित नाम हो । यासुडाले घरायसी तथा भान्साका सबै खालका सामग्री उत्पादन गर्छ । त्रिवेणी समूहले नेपालमा यसको आयात सन् १९४० देखि सुरु गरेको हो । त्रिवेणीले यासुडाका घरायसी उपकरणहरू नेपालीहरूका घर-घरमा पुर्‍याइरहेको छ । यासुडा गुणस्तरीय तथा नेपालीहरूको बजेटको हिसाबले निकै सुहाउने ब्रान्ड हो ।

यासुडा राइस कुकर

हामी नेपालीहरूको घरमा बिहान-बेलुकी भात पाक्छ । अहिलेको व्यस्त समयमा घन्टौं खर्चेर भान्सामा बिताउने फुर्सद कसैलाई पनि छैन । कसौंडी तथा प्रेसर कुकरको तुलनामा राइस कुकरमा खाना पकाउन निकै सरल छ । भात बसालेपछि भात डढ्छ भनेर कुरेर बस्नु पर्दैन । भात बसालेर आफ्ना अरु काम गर्न सकिन्छ । भात बसालेपछि यसमा रहेको इन्डिकेटर बटन आफै बन्द भएर वार्म मोडमा जान्छ । त्यसैले राइस कुकर नेपाली भान्साको पहिलो प्राथमिकतामा पर्छ । यासुडाका राइस कुकरमा पकाइएको भात निकै स्वादिलो हुन्छ । यसको कुनै साइड इफेक्ट छैन । राइस कुकर परिवारको आकारअनुसार खरिद गर्न सकिन्छ । हिफाजतसँग प्रयोग गर्दा यसले लामो समयसम्म साथ दिन्छ । अहिले मोमो ट्रेयुक्त राइस कुकर पनि बजारमा

आएको छ ।

विशेषता

- १ दशमलव ५ देखि २ दशमलव ८ लिटरसम्मको आकारमा खरिद गर्न सकिन्छ ।

- भात पाकेपछि पनि तातै रहन्छ ।

- कप तथा सर्भिङ स्पुन साथमा पाइन्छ ।

- १ वर्षको वारेन्टी दिइएको छ ।

- कम बिजुली खपत गर्छ ।

बाल्ट्रा

पहिले घरमा उपयोगी सानातिना सामग्रीहरू उत्पादन गर्ने बाल्ट्राले अहिले घरमा चाहिने सबै खालका सामग्री उत्पादन गर्न थालेको छ । सन् १९९४ देखि उत्पादन सुरु भएको बाल्ट्रा अहिले ग्लास वेयर, किचेन वेयर तथा एम्प्लायन्सहरूको संसारमा अब्बल छ । बिस्तारै यो लिडिङ ब्रान्ड हुने तयारीमा छ । यसका उत्पादनहरू घरायसी तथा व्यापारिक हिसाबले निकै उपयोगी छन् । बाल्ट्राका उत्पादन चलाउन र प्रयोग गर्न निकै सजिला छन् । अहिले घरमा कुचो लगाउनुभन्दा भ्याकुमले सफा गर्न सबैले मन पराउँछन् । बिजुली जडान गर्नेबित्तिकै बिनाकुनै झन्झट घरलाई सफा गर्न सकिन्छ । अहिले बजारमा बाल्ट्राका मिक्स्चर ग्राइन्डर पनि उपलब्ध छन् । प्रयोग गर्नेबित्तिकै सफा गर्दा ग्राइन्डर लामो समयसम्म टिक्छ । ग्राइन्डर महिलाहरूको सहयोगी हात पनि बनेको छ ।

बाल्ट्रा मिक्स्चर ग्राइन्डर

बाल्ट्राको मिक्स्चर ग्राइन्डर निकै लोकप्रिय छ । बहुउपयोगी यो मिक्स्चर ग्राइन्डरमा जुसदेखि घरायसी मसलासम्म तयार गर्न सकिन्छ । यसको डिजाइन निकै राम्रो छ भने हेर्दा पनि चिटिक्क परेको छ । सिल्क मोडलको यो मिक्स्चर ग्राइन्डर चलाउन निकै सहज छ ।

विशेषता

- यो बीएमजी मोडलको हो ।

- यसले ४ सय ५० वाट बिजुली खपत गर्छ ।

- फ्लो बिकर भएका दुईवटा जार उपलब्ध छन् ।

- धारिलो ब्लेड यसको विशेषता हो ।

- बिकर प्रोटेक्टर पनि निकै बलियो छ ।

- टक्सिन फ्री जार छ ।

- यसमा १ वर्षको वारेन्टी छ ।

सार्प

सार्प, इलेक्ट्रोनिक्सको संसारमा लोकप्रिय नाम मानिन्छ । नेपालमा यसका शोरुम सबैजसो प्रमुख सहरमा छन् । यो निकै गुणस्तरीय ब्रान्ड हो । यसका हरेक उत्पादन सर्टिफाइड छन् । यसका हरेक सामानमा वारेन्टी प्रदान गरिन्छ ।

सार्प हाइ पोर्टेबल अडियो सिस्टम

संगीत र मानिसको सम्बन्ध निकै निकट छ । संगीतले मानिसलाई मनोरञ्जन मात्र प्रदान नगरी तनाव पनि कम गर्छ । संगीतबिना हाम्रा हरेक उत्सव नुन नहालेको तरकारीजस्तै हुन्छन् । सार्पले विभिन्न मोडलका म्युजिक सिस्टम बजारमा ल्याएको छ जसमध्ये सुन्तला रंगको जताततै बोकेर हिँड्न मिल्ने र मादलजस्तो देखिने अडियो सिस्टम भर्खरै नेपाल भित्रिएको हो । यो आकर्षक एवं नौलो डिजाइनको छ । यो अहिलेको नौलो प्रविधिमा आधारित छ । रिमोट कन्ट्रोलयुक्त यो म्युुजिक सिस्टमलाई सजिलै एक ठाउँबाट  अर्को ठाउँमा लान सकिन्छ ।

विशेषता

- डबल उफरका लागि डिजाइन गरिएको ।

- आइफोन तथा आइप्याड कनेक्सन ।

- १ सय वाट बिजुली खपत गर्ने ।

- एफएम टर्नर ।

- माइक्रोफोन तथा गितार मिक्सिन इनपुट्स ।

- भुइँ तथा टेबल जहाँ पनि राख्न सकिने ।

सोनी  

सोनी जापानको विश्व प्रसिद्ध ब्रान्ड हो । यसको स्थापना सन् १९४६ मा भएको हो । विभिन्न इलेक्ट्रोनिक तथा घरायसी सामान निर्माण गर्ने सोनीका टिभी तथा म्युजिक सिस्टम नेपाली ग्राहकहरूले विशेष रूपमा रुचाएका छन् ।

सोनीको टिभी, सोनी ४ के सिरिज

कुनै जमानामा बिलासिता तथा स्ट्याटस सिम्बोल बनेको टिभी अहिले घरका हरेक सदस्यको कोठामा राखिन्छ । अहिले यो संचारको विशेष साधन साबित भैसकेको छ । टेलिभिजनलाई मनोरञ्जनको साधन मात्र मानिँदैन । टेलिभिजनका माध्यमबाट विभिन्न जानकारी तथा ज्ञान हासिल गर्न सकिन्छ । स्कुलमा समेत श्रव्यदृश्यका माध्यमबाट अध्यापन गराइने हुनाले पनि टेलिभिजनको महत्व बढ्दै गएको हो । अहिले सानादेखि ठूला टिभी बजारमा छ्यापछ्याप्ती पाइन्छन् भने भित्ताका आकार जत्रा टेलिभिजन पनि खरिद गर्न सकिन्छ । सोनी कम्पनीको टेलिभिजनले टेलिभिजनको दुनियामै नयाँ तरङ्ग ल्याएको छ ।  सोनीले बजारमा राम्रो साउन्ड सिस्टम भएका तथा आँखाका लागि स्वस्थकर सावित हुने विभिन्न प्रकारका टेलिभिजन सेट उपलब्ध गराएको छ जसमा घरको वातावरण आकर्षण देखिने ब्रेभिया लेड, एलसिडी, एचडी तथा फोरके प्रमुख छन् । यी टेलिभिजन घरको भित्ता, सोकेस वा आफूलाई हेर्न सहज हुने जुनसुकै ठाउँमा राख्न सकिन्छ । स्पष्ट दृश्य तथा सफ्ट आवाज फाल्ने ब्रेभिया लेड भर्खरै बजारमा आएको हो । ब्रेभिया लेड उच्च आधुनिक प्रविधि तथा गुणस्तरीय ढंगले उत्पादन गरिएको छ जसमा राम्रो पिक्चर क्वालिटी एवं हेर्दा-सुन्दा झन्झट नलाग्ने गुणस्तरीय प्रविधि जडान गरिएको छ । बजारमा आएको सोनीको ४ के सेरिजमा अरू टेलिभिजनभन्दा चार गुना बढी सफा चित्र देखिन्छ । यसमा चित्रको रंग पनि वास्तविक देखिन्छ । यसको रिजोलुसन निकै राम्रो छ ।

विशेषता

- जताततै झुण्डाउन सकिन्छ ।

- साउन्ड सिस्टम उत्कृष्ट छ ।

- घरको कुनै सोपिसजस्तै देखिन्छ ।

- यसमा स्काइप एवं वाइफाइको मज्जा लिन सकिन्छ ।

- टच प्याड रिमोटयुक्त छ ।

आइएफबी

आइएफबी नेपाली बजारमा देखिएको करिब एक वर्ष भएको छ । यो निकै गुणस्तरीय तथा बलियो ब्रान्ड हो । हिफाजतका साथ प्रयोग गरे आइएफबीका उत्पादनबाट लामो समयसम्म काम लिन सकिन्छ । नेपाली बजारमा यसको ओबन, डिस वासर तथा वासिङ मेसिनको बिक्री उत्कृष्ट छ ।  

आइएफबीको डिसवासर

परिवर्तित नेपाली परिवेशमा इलेक्ट्रोनिक्स सामग्रीहरू महिलाहरूका प्रिय संगिनी बनेका छन् । आफ्नो खुट्टामा आफै उभिने चाहनाले गर्दा महिलाहरूले पनि बाहिर काम गर्न थालेका छन् । त्यसैले पनि उनीहरूका लागि इलेक्ट्रोनिक्स सामानहरू बढी उपयोगी साबित भएका हुन् । यही कुरालाई मध्यनजर गरी आइएफबीले सजिलै भाँडा माझ्न सक्ने डिस वासर नेपाली बजारमा उतारेको छ । यसको सहयोगले घरायसी भाँडाकुँडाहरू थोरै समयमै सफा गर्न सकिन्छ । यसले अहिले बिस्तारै बजार लिँदैछ । बजारमा भर्खरै भित्रिएको यो डिसवासर चलाउन निकै सजिलो छ । यो न्युड कलरहरूमा उपलब्ध हुन्छ । यसलाई प्रयोग गरेपछि नियमित रूपमा सफा गर्नुपर्छ । यसमा अड्किएको फोहोरलाई बिस्तारै जतनका साथ निकाल्नुपर्छ । यसले स्टिम पावर, स्टिम केयर तथा स्टिम डबल स्प्रेका आधारमा काम गरी भाँडा सफा गर्छ ।

उच्च मूल्यदेखि कम तथा सहुलियत मूल्यमा उपलब्ध आइएफबी डिसवासर जुनसुकै प्रकारका भाँडा सफा गर्न पनि भरपर्दाे मानिन्छ । डिसवासरका थुप्रै प्रकार आइएफबीले बजारमा ल्याएको छ । भाँडा छिटो सफा गर्नु र चम्किलो बनाउनु एफबीआइका डिसवासरको प्रमुख गुण हो । आइएफबी डिसवासरले धेरै भाँडाकँुडा माझ्ने झन्झट छोटो समयमै पूरा गर्छ । सफाइका पाँच माध्यममार्फत यसले भाँडा सफा गर्छ । एकपटक बटम थिचेकै भरमा भाँडाकुँडा सफा गर्न सकिन्छ । भाँडा कोरिने र सफाइमा कुनै कमी हुन नदिने मात्र होइन डिटर्जेन्ट, साल्ट वा राइन्ज प्रयोग गरी भाँडालाई छिनभरमै सफा बनाउने लोकप्रिय डिसवासर पनि हो- एफबीआईको डिसवासर । एफबीआइका नेप्ट्यून बीआई, भीएक्स, डीएक्स डिसवासरहरू विभिन्न कलरमा उपलब्ध हुन्छन् ।

विशेषता

- कम आवाज आउने ।

- इन्भर्टरबाट पनि चलाउन सकिने ।

- पानीको खपत कम गर्छ ।

- बिजुलीको खपत कम गर्ने ।

- सफा गर्न सहज ।

- टच बटन ।

- स्टेनस्टिल रंग ।

- एलइडी डिस्प्लेयुक्त ।

फिलिप्स

फिलिप्स निकै पुरानो ब्रान्ड मानिन्छ । नेपाली ग्राहकहरूले यसलाई निकै रुचाएका छन् । फिलिप्सले समय सापेक्ष नयाँ-नयाँ सामग्री बजारमा उतार्दै आएको  छ । यसले सबै खालका घरायसी सामग्री उत्पादन गर्छ ।

फिलिप्सको एयर फ्रायर

फिलिप्सले नौ प्रकारका एयर फ्रायर बजारमा ल्याएको छ । अन्य भाँडाहरूमा पकाइएको भन्दा ८० प्रतिशत स्वस्थकर तथा स्वादिलो खानाको मज्जा दिन सक्ने फिलिप्सका एयर फ्रायर लोकप्रिय मानिन्छन् । भर्सटाइल कुकिङ गर्ने, बेकिङ एसेसरी भएको तथा मल्टिकुकर क्षमता भएका विभिन्न प्रकारका एयर फ्रायर कालोे तथा सेतो रंगमा खरिद गर्न सकिन्छ । डिजिटल माध्यमका एयर फ्रायर  स्टिक भएका वा नभएका दुवै आइटममा उपलब्ध हुन्छन् ।

विशेषता

- यसमा तयार गरिएको खाना स्वस्थकर हुन्छ ।

- खाना राम्रोसँग पाकेको तथा क्रन्ची हुन्छ ।

- यसमा तयार गरिएको खानामा ८० प्रतिशत कम बोसो हुन्छ ।

- छोटो समयमै खाना तयार हुन्छ ।

युरो गार्ड

सफा पिउने पानीको नाम लिनेबित्तिकै युरो गार्डको नाम आइहाल्छ । यो विश्वकै सबैभन्दा बढी बिक्री हुने तथा विश्वसनीय ब्रान्ड हो । नेपालमा यसको बिक्री सन् १९९२ देखि प्रारम्भ भएको हो । यो टाटा ग्रुपको उत्पादन हो । युरोगार्ड अहिले नेपालीहरूको घर-घरमा पुगेको छ । युरो गार्ड जडान गरेको एक वर्षसम्म फ्री मेन्टिनेन्स तथा होम डेलिभरीको सेवा उपलब्ध हुन्छ । पानी शतप्रतिशत शुद्ध हुने भएकाले यसलाई हरेक ग्राहकले रुचाएका छन् ।

एन हेन्स

यो पानी शुद्ध बनाउने नौलो प्रविधि हो । यसबाट आएको कुनै पनि अवशेषले प्रकृतिलाई असर पुर्‍याउँदैन । यसबाट पानी शतप्रतिशत शुद्ध हुन्छ । मानिसहरूलाई ८० प्रतिशत रोग दूषित पानीले गर्दा लाग्छ  । फिल्टर नगरिएको पानी ब्याक्टेरियामुक्त हुँदैन । त्यसका लागि एन हेन्स उपयोगी हुन्छ । सानो परिवारका लागि यसको फिल्टर वर्षमा एकपटक परिवर्तन गरे पुग्छ । यसमा रहेको मेम्ब्रेन जुन झिल्ली जस्तो हुन्छ  पानीलाई राम्रोसँग शुद्ध बनाउँछ ।

विशेषता

- यसमा ९ लिटर फिल्टर्ड पानी बिजुली गए पनि स्टोर भएर बस्छ ।

- केवल ४० भोल्ट बराबर बिजुली खपत गर्छ ।

- कालो तथा खरानी रंगमा पाइन्छ ।

- यसबाट कुनै आवाज आउँदैन ।

- यसका सबै पार्ट बजारमा सहज रूपमा उपलब्ध हुन्छन् ।

कलर्स

कलर्स ब्रान्डका मोबाइलले लोकप्रियता हासिल गरेसँगै यसले भ्याकुम क्लिनर पनि बजारमा ल्याएको छ । यो ब्रान्ड नेपाली बजारमा स्थापित भैसकेको छ । कलर्स २ वर्षअघि नेपाल भित्रिएको हो ।

कलर्सको भ्याकुम क्लिनर

घरका कुना-कुना सफा गर्न भ्याकुम क्लिनर सबैभन्दा सजिलो साथी साबित हुँदै आएको छ । भ्याकुमले घरको कुनै पनि भाग सजिलै सफा गर्छ । धूलो नउड्ने भएकाले भ्याकुम क्लिनर स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।  हिजोआज जो पनि घरमा कुचो लगाउनुभन्दा भ्याकुमले सफा गर्न मन पराउँछन् । यसको प्रयोगले बिजुली जडान गर्नेबित्तिकै बिनाकुनै झन्झट घर चिटिक्क पार्न सकिन्छ । बजारमा विभिन्न फिचर्सका भ्याकुम क्लिनर उपलब्ध छन् । भ्याकुम क्लिनरको ब्यागलाई समय-समयमा भरिएको छ कि छैन परीक्षण गरे पुग्छ । यसको ब्रसमा अड्किएका वस्तुलाई बिस्तारै निकाल्नुपर्छ भने भ्याकुम व्यागलाई समय-समयमा सफा गरिरहनुपर्छ । यसको मूल्य मोडलअनुसार फरक-फरक छ ।

विशेषता

- १२ सयदेखि १८ सय वाट बिजुली खपत गर्छ ।

- ब्यागमा फोहोर भरिएको संकेत प्राप्त हुन्छ ।

- आवाज कम आउँछ ।

- पावर कन्ट्रोलयुक्त छ ।

- यो ५ फिल्टरयुक्त छ ।

- भुइँमा भएका सबै फोहोर सोस्छ ।

- यो भ्याकुम क्लिनरको तार स्वचालित रूपमा बेरिन्छ ।

इलेक्ट्रोलक्स

इलेक्ट्रोलक्स राम्रो ब्रान्ड मानिन्छ । गुणस्तरीय भएका कारण यसका सबै उत्पादन उपभोक्ताहरूले रुचाएका छन् । यसले घरायसी, भान्सा, लन्ड्री क्याटोगरीका सबैजसो सामग्री उत्पादन गर्छ । इटालीको यो ब्रान्डका उत्पादन हिफाजतसाथ चलाए निकै टिकाउ पनि हुन्छन् ।

इलेक्ट्रोलक्स चिम्नी

अहिले पहिलेझैं धूवाँले भरिएको अस्वस्थकर भान्साको जमाना छैन । अहिले घर बनाउँदा भान्साका लागि पनि राम्रै रकम छुट्याइन्छ । भान्सा घरको महत्वपूर्ण ठाउँ हो । खाना बनाउँदा निस्कने बाफिलो फोहोरले भान्साको भित्ता नै कुरूप बनाउँछ । यसले भान्साको हाइजिनमा कमी ल्याउँछ । खाना झान्दा र तार्दा निस्कने धूवाँले गर्दा भित्ता कालो हुन्छ । यस्तो समस्याबाट छुटकारा प्राप्त गर्न बजारमा उपलब्ध विभिन्न हुड -चिम्नी)ले सघाउँछन् । हुडले चुल्होबाट आउने धूवाँलाई सोसेर भान्सालाई सफा तथा उज्यालो बनाउँछ । यस्ता हुडहरू अहिले भान्साका शोभा बनिसकेका छन् ।  इलेक्ट्रोलक्सका  हुडमा बत्ती जडान हुने भएकाले पकाउन पनि सजिलो हुन्छ । यसमा जडान भएको पाइपले भान्साको धूवाँलाई बाहिर फाल्छ । यसमा आवाज कम आउनुका साथै बिजुली पनि कम खपत हुन्छ । हुडको प्रयोगले भान्साको हावा सदैव ताजा रहन्छ । सफा गर्न सजिलो यो चिम्नी स्टेनलेस स्टिलबाट बनेको छ ।

 Image