Successfully Copied

रंगमा लुकेको सौन्दर्य

घरको आकर्षण कायम राख्न वा घरलाई सुन्दर देखाउन रंगको मुख्य भूमिका हुन्छ । रंगमा घरको आकर्षण पनि लुकेको हुन्छ ।

घरको आकर्षण कायम राख्न वा घरलाई सुन्दर देखाउन रंगको मुख्य भूमिका हुन्छ । रंगमा घरको आकर्षण पनि लुकेको हुन्छ । त्यसैले घरमा रंग लगाउँदा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । रंग जीवनको महत्वपूर्ण पक्ष पनि हो । सही रंगको उपयोगले घरमा बस्नेहरूको मन पनि प्रसन्न हुन्छ । सेतो, हल्का हरियो, गुलाबी वा नीलो रंग धेरैले रुचाएको पाइन्छ तर अहिले विभिन्न रंग मिसाएर नयाँ रंग निकाल्ने वा आफूले चाहेजस्तो रंग लगाउने प्रविधि पनि आइसकेको छ । घरभित्र र बाहिर फरक रंग लगाउने चलन भएकाले एउटै घरमा विभिन्न प्रकारका रंग लगाउने चलन बढ्दो छ । सोहीअनुरूप पेन्ट्स कम्पनीहरूले पनि विभिन्न प्रकारका रंग उपलब्ध गराइरहेका छन् । कम्पनीहरूले घर, कार्यालय, पसल, अस्पताल आदि स्थानअनुसार फरक-फरक प्रकारका पेन्ट्स उत्पादन गर्दै आएका छन् ।

बर्जर पेन्ट्स

सन् २००० मा नेपाल भित्रिएको बर्जर पेन्ट्स लोकप्रिय छ । बर्जर पेन्ट्सका गुणस्तरीय उत्पादनले घरलाई सुन्दर एवं आकर्षक देखाउँछ । चाडपर्वको लहरसँगै पेन्ट्सको व्यापार पनि आकासिने व्यवसायीहरू बताउँछन् । चाडपर्वमा घर सफा गर्ने वा रंगाउने चलन छ । यसका लागि बर्जरले थुप्रै प्रकारका गुणस्तरीय पेन्ट्स उत्पादन गरेको छ । बर्जरका सिल्क ब्रेथ इजी, सिल लक्जरी, वेदर कोट, इजी क्लिन, रंगोली टोटल केयर आदि उत्पादन उपलब्ध छन् । यसले एक्सटेरियर र इन्टेरियरका लागि बीसभन्दा बढी प्रकारका पेन्ट्स बजारमा उतारेको छ । मल्टिनेसनल लिडिङ पेन्ट्सका रूपमा स्थापित बर्जर पेन्ट्स नेपालमा पनि लिडिङ पेन्ट्सका रुपमा परिचित छ । घरको सुन्दरता पेन्ट्समा लुकेकाले कोठा बाहिर वा भित्र लगाइने रंगमा विशेष ध्यान राखी सोहीअनुसार विभिन्न प्रकारका रंग बजारमा उपलब्ध गराईँदै आएको बर्जर पेन्ट्सका प्रमुख कार्यकारी निर्देशक ज्ञानु सिग्देल बताउँछन् ।  घरभित्र डाइनिङ रुम, लिभिङ रुम, गेस्ट रुममा इजी क्लिन तथा सिल्क लक्जरी उपयुक्त हुने सिग्देलले बताए । बर्जरका सबै उत्पादन उच्च प्रविधियुक्त हुन्छन् । दसैं-तिहारजस्ता चाडमा बर्जरको बजार बढ्ने कम्पनीको भनाइ छ ।  

जस्मिन पेन्ट्स

सन् १९९४ देखि नेपालमै उत्पादन गर्न थालिएको जस्मिन पेन्ट्सले विगत ३ महिनायता बाहिरी भित्ताका लागि रोयल ग्लेज उपलब्ध गराउन थालेको छ । रोयल ग्लेज, टि्रमका साथमा कुइटलाइट, इनामेल आदि जस्मिनका अन्य उत्पादन हुन् । देशका विभिन्न मुख्य बजारमा जस्मिनका उत्पादनहरू सहजै प्राप्त गर्न सकिने व्यवस्था छ । दसैं-तिहारमै सबैभन्दा बढी पेन्ट्स बिक्री हुने जस्मिन पेन्ट्सका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण अर्यालले बताए । जस्मिनका उत्पादन अत्याधुनिक प्रविधिमार्फत तयार हुन्छन् । यो गुणस्तरीय सेवा प्रदान गर्ने राष्ट्रिय स्तरको पेन्ट्स हो । जस्मिनका इन्टेरियर पेन्ट्समा अलवेज र क्लास डिस्टेम्पर छन् भने, एमुल्सनमा म्याजोलिका, होम टि्रम आदि छन् । यसैगरी, एक्सटेरियर पेन्ट्समा वेदर केयर, रोयल ग्लेज छन् भने, अलवेज तथा क्वाइटलाइट इनामेल पनि जस्मिनले उत्पादन गर्दै आएको छ । जस्मिनका सबै उत्पादन गुणस्तरीय भएको कम्पनीको दाबी छ ।

नेरोल्याक

विशेष प्रविधिमार्फत पेन्ट्स तयार गर्ने नेरोल्याक कम्पनीका उत्पादन बजारमा सहजै प्राप्त गर्न सकिन्छ । सुपथ मूल्यमा खरिद गर्न सकिने नेरोल्याकका उत्पादन विभिन्न प्रकारका छन् । घरको बाहिरी तथा भित्री भित्ताका लागि उपयुक्त र गुणस्तरीय पेन्ट्स उत्पादन गर्दै आएको नेरो ल्याकका अन्य थुप्रै उत्पादन पनि बजारमा उपलब्ध छन् । यो कम्पनीका प्रमुख उत्पादन नेरोल्याक एक्सेल टोटल एक्रेलिक एकस्टेरियर इमल्सन, नेरोल्याक सुरक्षा प्लस, नेरोल्याक एक्सटेरियर प्राइमर, नेरोल्याक लिटिल मास्टर, नेरोल्याक ब्युटी गोल्ड प्रिमियम फिनिस, नेरोल्याक इमल्सन २४ क्यारेट, नेरोल्याक लोट्स टच, नेरोल्याक ब्युटी, नेरोल्याक सिन्थेटिक इनामेल आदि हुन् । वाटर बेस प्रिमियम स्तरको, उच्च पर्फमेन्स भएको, लामो समय टिक्ने बाहिरी तथा भित्री पेन्ट्स नै नेरोल्याकका मुख्य उत्पादन हुन् । उच्चकोटिको फिनिसिङ, चम्किलो र बढी टिकाउ हुने, नचर्कने तथा कम खर्चिलो नेरोल्याकका उत्पादन ग्राहकहरूले विशेष रुचाएकोे कन्ट्री म्यानेजर सत्य प्रकाश बताउँछन् ।

रिलायन्स पेन्ट्स

नेसनल कम्पनीका रुपमा सु-परिचित रिलायन्स पेन्ट्सले आफूलाई मल्टी नेसनल कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा राख्दै आएको छ । स्वदेशमै पेन्ट्स उत्पादन गर्ने कम्पनीमध्ये रिलायन्स लोकप्रिय कम्पनी मानिन्छ । चाडपर्व नजिकिँदै जाँदा सबैमा घर रंगाउने कुरामा चासो बढ्नु स्वाभाविक हो । कारण सही र गुणस्तरीय पेन्ट्सले घरको आकर्षण नै अलग देखाउँछ । त्यसैले भरपर्दो एवं प्रभावकारी पेन्ट्स नै सबैको रोजाइमा पर्छ । रिलायन्स चलेका तथा लोकप्रिय पेन्ट्स कम्पनीहरूमध्येे एक हो । सात वर्षको वारेन्टी भएको रिलायन्सका उत्कृष्ट उत्पादनमध्ये अल्ट्रा प्रोटेक्ट धेरैले रुचाएको एक्सटेरियर उत्पादन हो । बाहिरी भित्ताका लागि रिलायन्सका प्रोटेक्ट र सांगि्रलाका साथै अल्ट्रा प्रोटेक्टसहित तीन वटा उत्पादन छन् । यस्तै भित्री भित्ताका लागि एलिगा इन्टेरियर लक्जरी इमर्सन, बार्बिम्यो र सांगि्रला छन् भने इनामेलमा रिलायन्स सांगि्रला र गोर्खा छन् । रिलायन्सले नेपालको पूर्व मेचिदेखि महाकालीसम्म आफ्नो सेवा बिस्तार गरिसकेका कारण पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने सबैलाई पेन्ट्स खरिद गर्न कठिनाइ नहुने रिलायन्सका मार्केटिङ म्यानेजर दीपक काफ्ले बताउँछन् । चाडपर्वमा सबैभन्दा बढी चल्ने उत्पादन अल्ट्रा प्रोटेक्ट नै भएको काफ्लेको दाबी छ ।

एसियन पेन्ट्स

एसियन पेन्ट्सले सन् १९८३ देखि नेपालमा आफ्नो सेवा उपलब्ध गराउन थालेको हो । एसियन पेन्ट्सका उत्पादनहरूमा इनामेल, वुड कोटिङ,  एन्सिलरिङ, पाउडर, रोड, फ्लोर आदि कोटिङहरू छन् । पेन्ट्स उत्पादनको क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरीय एसियन पेन्ट्सले नेपालको  ४५ प्रतिशत रंग बजार ओगटेको छ । नेपालभरि यसका ५ सय डिलर छन् । एसियन पेन्ट्सले डिजिटल पद्धतिमार्फत विभिन्न उत्पादन बजारमा उतार्छ । एसियन पेन्ट्सका मुख्य उत्पादन इन्टेरियर, एक्सटेरियर, मेटल फिनिसेस, एन्सिलरिज एण्ड अन्डरकोट तथा वाटर प्रुफिङ आदि हुन् । एसियन पेन्ट्स विभिन्न कलरमा पाइनुका साथै गुणस्तरीयता यसको वलियो पक्ष भएको यसका कन्ट्री डाइरेक्टर बुद्धदित्य मुखर्जी बताउँछन् । एसियन पेन्ट्स भरपर्दो र टिकाउ भएको मुखर्जीको दावी छ ।

पशुपति पेन्ट्स

पशुपति पेन्ट्स लोकप्रिय स्वदेशी कम्पनी हो । स्वदेशी लिडिङ पेन्ट्स कम्पनीका रुपमा सुपरिचित पशुपति पेन्ट्सले बजारमा नेपोलियन इन्टेरियर एमुल्सन लन्च गरिसकेको छ । यो उत्पादन  पशुपति पेन्ट्सको गुणस्तरीय तथा उत्कृष्ट मानिन्छ । पशुपति पेन्ट्सले नेपालमा विगत २६ वर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । एक्सकोट, नेपोलियन एक्सटेरियर एमल्सन, लक्जरिया एमल्सन, वान ओए एमल्सन, डे, डाँफे, सिन्थेटिक्स भर्निस तथा एक्सटेरियर प्राइमर पशुपति पेन्ट्सका लोकप्रिय उत्पादन हुन् । पशुपति पेन्ट्सले ग्राहकले चाहेअनुसारका विभिन्न आकर्षक कलरमा रंग उत्पादन गर्दै आएको छ । लामो समय टिक्ने, उचित मूल्यमा गुणस्तरीय पेन्ट्सको उत्पादन पशुपति पेन्ट्सको मूल उद्देश्य हो ।

 Image