Successfully Copied

साडी इन मोर्डन ड्रेपिङ

अहिले जमाना परिवर्तन भएको छ। यस क्रममा मानिसको खान-पान, बोली, व्यवहार एवं उठ्ने-बस्ने शैली तथा पहिरन लगाउने तौरतरिकामा

अहिले जमाना परिवर्तन भएको छ। यस क्रममा मानिसको खान-पान, बोली, व्यवहार एवं उठ्ने-बस्ने शैली तथा पहिरन लगाउने तौरतरिकामा पनि परिवर्तन आएको छ। परम्परागत पहिरन साडी आज पनि महिलाहरूको पहिलो रोजाइमा छ। साडीमा महिलाहरू सोभर तथा चार्मिङ देखिन्छन्। हिजोआज साडीमा सजिएका महिलालाई ग्ल्यामरस लुक दिन ब्लाउजमा परिवर्तन लाईएको छ।

ठाउँअनुसार साडीको बहार

मूलत: भारतीय समाजमा साडीको प्रयोग बढी पाइन्छ। भारतका हरेक प्रान्तमा साडी लगाउने शैली र त्यसको फेबि्रक अलग-अलग हुन्छ। जस्तै महाराष्ट्रमा नौ मिटरको साडी लगाइन्छ, आन्ध्र प्रदेशमा नवी स्टाइलमा साडी लगाइन्छ, तमिलनाडूमा द्रबिडियन स्टाइलमा साडी लगाइन्छ भने आजभोलि विवाह र पार्टीहरूमा प्राय: महिलाले बंगाली स्टाइलमा साडी लगाएको पाइन्छ। भारतमा अलग-अलग प्रकारका साडी चर्चित छन्। दक्षिण भारतको पोंचमपल्ली र कांजीवरम, बंगालको बालुचारी र तान्त कान्था, बनारसको बनारसी साडी, राजस्थानको लहरिया साडी तथा मध्यप्रदेशको टसर सिल्क साडी चर्चित छन्। त्यसबाहेक भारतका हरेक राज्य साडीमा अनेक प्रकारका इम्ब्रोइडरी एवं पेन्टिङ गरिन्छन्। गुजरातको मिरर वर्क, पंजाबको फूलकारी कढाइ, बंगालको कान्था कढाइ, विहारको मधुवनी पेन्टिङ् तथा लखनउको चिकनकारी आदि प्रसिद्ध छन्।

मोर्डन ड्रेपिङ

साडी बेल्ट : साडी लगाउने यो शैलीले ग्ल्यामरस लुक प्रदान गर्छ। 'पेटिकोट' माथि साडी लगाएपछि सप्कोलाई पिनअप गर्नुहुँदैन। दायाँ काँधमा आँचलको सबै प्लिट्सलाई पहिलो प्लिटमा पिनअप गर्नुपर्छ। त्यसपछि ग्ल्यामरस लुक दिनका लागि वेस्ट बेन्ड लगाउनुपर्छ।

टिसर्ट

सधैं एउटै कटबाट दिक्क भएकोे अवस्थामा केही नयाँ प्रयोग गर्न सकिन्छ। टिसर्ट, बढी हगिङ, टप साडीले ड्रेपिङमा नयाँपन ल्याउँछ। हरेक पटक साडीमा म्याच गर्ने टप, टिसर्ट लगाएर पनि साडी ड्रेपिङमा नयाँ लुक प्राप्त गर्न सकिन्छ।

पेन्ट साडी : कतिपय अवस्थामा साडी स्कर्ट (पेटिकोट) साडीको रंगसित मेल खाँदैन वा प्लिट्स खुल्ने डरले साडीबाट दूरी कायम गरिन्छ वा कम समयमा फेसनेबल देखिने चाहनाले साडीबाट टाढै रहिन्छ। यस्तो अवस्थामा जिन्स, लेगिङ्स वा केप्रीमाथि साडी लगाउन सकिन्छ। यसले स्टाइलिस देखाउनुका साथै खुल्ने डरबिना साडीमा हलचल गर्न सकिन्छ।

कर्पोरेट साडी : अफिसमा साडी लगाउनुु छ र वेस्टर्न वेयर रोजाइ हो भने कर्पोरेट साडी उत्तम विकल्प हो। यसलाई लगाउँदा साडीको माथि सिंगल बटन भएको ज्याकेट, बोलेरोज वा स्रग लगाउनुपर्छ। ब्लाउजको प्याटर्न, फेबि्रक, कट डिजाइन साडीसित मेल खाने कुरामा ध्यान पुर्‍याउनुपर्छ, अन्यथा स्रग, ज्याकेट वा बोलेरोजबाट लुकमा नकारात्मक प्रभाव पार्न सक्छ।

ब्रोच साडी : साडीमा शालीनता झल्कियोस् भनेर पल्लुको एउटा-एउटा प्लिटलाई ध्यानपूर्वक बन्द गर्नुपर्छ भने अरूका लागि ब्रोच प्रयोग गर्नुपर्छ। यसले नयाँपन देखाउनुका साथै साडीबाट तल झर्ने आँचललाई पनि सम्हाल्छ।

टि्वस्ट साडी : साडी लगाएर रेड कार्पेट इन्टरनेसनल लुक चाहने हो भने टि्वस्ट साडीले विशेष भूमिका निर्वाह गर्छ। यसका लागि साधारण तरिकाले साडी लगाउनुपर्छ। त्यसपछि पल्लुलाई दायाँबाट बायाँतर्फ गलातर्फ हुँदै गलामा लट्काउनुपर्छ। जहाँ एकातिर ड्रेपिङको यो स्टाइलले लुकमा निखार ल्याउँछ, त्यहीँ साडी ड्रेपिङको यो स्टाइलले पल्लु सम्हाल्ने झन्झटबाट पनि मुक्ति प्रदान गर्छ।

मौसम पनि विशेष : चिसो मौसममा सिल्क वा साटन लगाउनु उपयुक्त हुन्छ। वषर्ामा नाइलन, सिफन र जर्जेटका साडी तथा गर्मीमा कटनका साडी उत्तम मानिन्छन्।

 

 Image