Successfully Copied

बालबालिकालाई स्वनिर्णयको अधिकार

करियर छनोटमा बालबालिकालाई स्वतन्त्रता दिनुपर्छ। काउन्सिलरहरूका अनुसार अधिकांश आमाबुवा आफ्नो चाहना सन्तानमाथि थोपर्छन्।

करियर छनोटमा बालबालिकालाई स्वतन्त्रता दिनुपर्छ। काउन्सिलरहरूका अनुसार अधिकांश आमाबुवा आफ्नो चाहना सन्तानमाथि थोपर्छन्। यसले बालबालिकामा नकारात्मक प्रभाव पर्छ र उनीहरू असफल हुन्छन्। अत: यो स्थितिबाट जोगिनुपर्छ। बालबालिकाको चाहना, रुचि एवं क्षमताका विषयमा सबैभन्दा बढी जानकारी अभिभावकलाई नै हुन्छ। आफ्नो रुचि कुन क्षेत्रमा छ भन्ने कुरा तय गर्न उनीहरूलाई गाह्रो हुन्छ भने यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। बालबालिकामा एउटा क्लियर माइन्डफ्रेममा ल्याउने काम अभिभावक एवं शिक्षकले नै गर्न सक्छन्।

प्रत्येक अभिभावकको बालबालिकामाथि पूर्ण अधिकार हुन्छ तर यसको अर्थ अभिभावकले आफ्ना अपेक्षाहरू पूरा गर्ने हतियारका रूपमा उनीहरूलाई प्रयोग गर्न पाइन्छ भन्ने होइन। हाम्रा अभिभावकहरूमा यस्तै मानसिकता देखिन्छ। जब बालबालिकाको करियर छनोट गर्ने स्थिति आउँछ उनीहरू हस्तक्षेप गर्छन् र बालबालिकामाथि आफ्नो निर्णय लाद्न खोज्छन्। अभिभावकको यस्तो कामले बालबालिकाको प्रतिभा नाश हुन सक्छ। विशेषज्ञहरूका अनुसार इच्छाअनुरूप करियर छनोट गर्न दिए बालबालिकाहरू सफल हुने सम्भावना बढी हुन्छ।

हिन्दी चलचित्र 'थ्री इडियट्स' मा बालबालिकालाई करियर छनोट गर्ने मामिलामा स्वतन्त्रता प्रदान गरिनुपर्ने कुरालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। आवश्यकताअनुसार यो विषयमा आवाज उठाउनु पनि जरुरी देखिन्छ। अझै पनि कतिपय आमाबुवाले बालबालिकाको करियर छनोट गर्छन् जुन राम्रो कुरा होइन। बालबालिकालाई करियर छनोट गर्न मद्दत गर्नु र तिनको करियर छनोट गर्नु फरक कुरा हो। अभिभावकले करियर छनोट गर्न बालबालिकालाई मद्दत मात्र गर्नुपर्छ। यो मामिलामा अभिभावकले हस्तक्षेप गर्नुपर्छ तर कुन हदसम्म भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। बालबालिका आफ्ना आमाबुवाको खुसीका लागि आफ्नो करियर छनोट गर्न चाहन्छन्, तर उनीहरूको मनमा आफ्ना निजी इच्छाहरू पनि दबिएका हुन्छन्। यस विषयमा करियर काउन्सिलिङ लिई बालबालिकालाई आफ्नो करियर छनोट गर्न प्रेरित गर्नुपर्छ। करियर छनोटमा बालबालिकालाई स्वतन्त्रता दिनुपर्छ। काउन्सिलरहरूका अनुसार अधिकांश आमाबुवा आफ्नो चाहना सन्तानमाथि थोपर्छन्। यसले बालबालिकामा नकारात्मक प्रभाव पर्छ र उनीहरू असफल हुन्छन्। अत: त्यस्तो स्थितिबाट जोगिनुपर्छ। बालबालिकाको चाहना, रुचि एवं क्षमताका विषयमा सबैभन्दा बढी जानकारी अभिभावकलाई नै हुन्छ। आफ्नो रुचि कुन क्षेत्रमा छ भन्ने कुरा तय गर्न उनीहरूलाई गाह्रो हुन्छ भने यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। बालबालिकामा एउटा क्लियर माइन्डफ्रेममा ल्याउने काम अभिभावक एवं शिक्षकले नै गर्न सक्छन्। बालबालिकाको करियर छनोटमा अभिभावकको भूमिका त्यतिबेलादेखि प्रारम्भ हुन्छ जतिबेला उनीहरू स्कुलमा पहिलो पाइला राख्छन्। बालबालिकाको लालनपालनसँगै उनीहरूको रुचि, क्षमता एवं कमजोरीका सम्बन्धमा बुझ्नुपर्छ जसले गर्दा उनीहरूले आफ्नो करियरको दिशामा सही पाइला चाल्न सकून्।

बालबालिकालाई भ्यालु सिस्टम्सको महत्त्व बुझाउनुपर्छ। उनीहरूलाई जीवनमा भ्यालु सिस्टम ठूल्ठूला निर्णय लिन सहायक हुन्छ भन्ने कुरा बताउनुपर्छ। एसएलसीसम्मका बालबालिकालाई व्यक्तिगत पर्सनालिटी एवं करियर विकल्प छनोट गर्न महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउनुपर्छ। बालबालिकालाई सजग गराउनुका साथै करियर इन्फर्मेसन रिसोर्सेजसित पनि जोड्नुपर्छ। उनीहरूको इन्ट्रेस्ट आइडेन्टिफाई गराउने बाहेक अभिभावकले उनीहरूको रुचिलाई तिखार्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ। यदि जनावरप्रति रुचि छ भने उनीहरूलाई मनपर्ने जनावर पाल्नु ठीक हुन्छ।

बालबालिकाको रुचि समयअनुसार परिवर्तन हुन्छ। यो स्थितिबाट हडबडाउनु हुँदैन। मनोचिकित्सकहरूका अनुसार आजको पुस्तासँग हजारौं करियर विकल्प छन्। कैयौं पटक एउटा करियर अप्सन छनोट गरेपछि अन्य करियरप्रति रुचि बढ्न थाल्छ र उनीहरू त्यसैमा सफलता प्राप्त गर्छन्। अत: आफ्ना बालबालिकाको रुचि राम्रोसँग बुझ्नु आवश्यक छ। तिनको पर्सनालिटीलाई एक्सप्लोर गरेर उनीहरूको चाहना एवं रोजाइसम्म पुग्नुपर्छ।

करियरका सम्बन्धमा बालबालिकाले तब मात्र ठूलो निर्णय लिन सक्छन् जब अभिभावकबाट उनीहरूलाई आफ्नो जीवनको निर्णय लिने स्वतन्त्रता प्रदान गरिन्छ। स्वतन्त्र निर्णय लिने अधिकार दिनुको अर्थ छाडा छोड्नु होइन। अभिभावकले बालबालिकालाई दबाब दिनुभन्दा उनीहरूको फ्युचर प्लानिङमा सहयोगी हुने प्रयास गर्नुपर्छ। यहाँ अभिभावकको भूमिका फ्रेन्ड कम गाइडको हुन्छ। बालबालिकालाई उनीहरूकै तरिकाले संसारलाई हेर्ने र बुझ्ने मौका दिनुपर्छ। उनीहरूलाई स-साना आर्थिक जिम्मेवारी पनि सुम्पनुपर्छ। जहाँसम्म निर्णय लिने कुरा हुन्छ, स्वयंलाई लचिलो बनाउनुपर्छ। बालबालिकालाई महसुस पनि गराउन सक्नुपर्छ कि उसमाथि कसैले जबर्जस्ती गरिरहेको छैन।

 

 Image