Successfully Copied

महिनावारी सुकेपछि

महिनावारी अर्थात् रजस्वला महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो। यो सामान्यतया १२-१३ वर्षपछि सुरु हुन्छ

महिनावारी अर्थात् रजस्वला महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो। यो सामान्यतया १२-१३ वर्षपछि सुरु हुन्छ र करिब ५० वर्ष पुगेपछि बन्द हुन्छ। महिनावारी सुकेको अवस्थालाई मेनोपाज भनिन्छ। महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हार्मोन कम हुन्छ। एस्ट्रोजेन हार्मोनको कमीले विभिन्न किसिमको असर देखिन्छ।

-    महिनावारी सुकिसकेपछि महिलाहरूमा हड्डी खिइने समस्या पुरुषको भन्दा चार गुणाले बढी हुन्छ।

-    महिनावारी सुकेको २ वर्षमा हड्डीको घनत्व ३ देखि ५ प्रतिशतले घटिसकेको हुन्छ र त्यसपछि प्रत्येक वर्ष १ देखि २ प्रतिशतले घट्छ।

-    महिनावारी सुकेका महिलाहरूमा हड्डी भाँचिने सम्भावना बढी हुन्छ। ५० वर्ष पार गरेका महिलामा प्रत्येक ७- ८ वर्षमा दोब्बर संख्यामा हड्डी फ्याक्चर भएको तथ्य अध्ययनले देखाएको छ।

-    ८० प्रतिशत कम्मरको फ्याक्चर महिलामा मात्र पाइन्छ। ५५ वर्ष पार गरिसकेका महिलामा यस्तो फ्याक्चर हुने सम्भावना ४० गुणाले बढ्छ।

-    ढाडको हड्डी फ्याक्चर हुने औसत आयु ७० वर्ष हो भने कम्मर फ्याक्चर हुने औसत आयु ८२ वर्ष हो।

मीठो खाएर डिप्रेसन भगाऔं

हिजोआज धेरै मानिस डिप्रेसनको सिकार हुने गरेका छन्। त्यसैले उनीहरू डिप्रेसन भएपछि चिकित्सकको सल्लाहअनुसार औषधि खान्छन्। हाम्रो भान्सामै बन्ने चीजबाट पनि डिप्रेसनमुक्त हुन सकिन्छ। चिनीको प्रयोगले डिप्रेसन कम गर्छ। शरीरमा चिनीको मात्रा ठीक बनाए नयाँ ऊर्जा मिल्छ। अल्छी लागेको छ भने चिनीबाट बनेका खानेकुरा खानुपर्छ। एक गिलास जुस, एक टुक्रा केक तथा एक-दुई चम्चा डेजर्ट खाएर पहिलेजस्तै तरोताजा महसुस गर्न सकिन्छ।

आलु

फाइदा : भिटामिन सी, बी-६, पोटासियम तथा अन्य मिनरल्सको प्रमुख स्रोत हो। आलु अरू तरकारीको तुलनामा सस्तो पौष्टिक आहार हो। यसमा प्रशस्त फाइबर तथा स्टार्च हुन्छ।

बेफाइदा : यो हाई ग्लाइकेमिक इन्डेक्स फुड आइटम हो। हरियो आलुमा सोलानाइन नामक टक्सिन हुन्छ।

स्वस्थ रहने महत्वपूर्ण नियम

राम्रो स्वास्थ्य सबैको चाहना हुन्छ। राम्रो स्वास्थ्यका लागि केही नियम पालना गर्नु महत्वपूर्ण हुन्छ।

-    आफूप्रति विश्वास राख्नुपर्छ।

-    शरीरको सम्मान गर्नुपर्छ।

-    शाकाहारी खाना खानुपर्छ।

-    पानी पर्याप्त मात्रामा पिउनुपर्छ।

-    अल्कोहल तथा ड्रग्सबाट टाढै रहनुपर्छ भने कोल्ड डि्रंक्स पनि धेरै पिउनुहुँदैन।

-    पेट सफा राख्नुपर्छ।

-    मोटोपनबाट जोगिनुपर्छ।

-    बिरामी हुँदा लापरबाही गर्नुहुँदैन।

आँखाको रोगका लागि

अनारको दाना पिसेर त्यसको रस छान्नुपर्छ। उक्त रसलाई आँखामा राख्दा आँखा रातो हुने तथा पोल्ने समस्या कम हुन्छ।

 Image