Successfully Copied

फेसन सप्ताहको रौनक

अप्रिल २३ देखि २६ तारिखसम्म अर्थात् वैशाख १० गते बुधबारदेखि १३ गते शनिबारसम्म लगातार ४ दिन बौद्धस्थित हायात रिजेन्सी होटलको

अप्रिल २३ देखि २६ तारिखसम्म अर्थात् वैशाख १० गते बुधबारदेखि १३ गते शनिबारसम्म लगातार ४ दिन बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बलरुममा फेसन सर्जक तथा फेसनप्रेमीहरूको चहलपहल देखियो। ती दिनमा हरेक साँझ करिब ७ बजेर ४५ मिनेटपछि नेपथ्यबाट र्‍याम्पमा र र्‍याम्पबाट नेपथ्यमा जाने ६ वटा मार्ग निर्देशित गरी तयार पारिएको फरक शैलीको र्‍याम्प र त्यसमाथि थ्री म्यापिङ जडान गरी सजाइएको ब्याकड्रप पछाडिबाट कार्यक्रम उद्घोषिका सलोनी राजभण्डारीको आवाज सुनिन्थ्यो। संगीतको तालसँगै र्‍याम्पमाथि उज्यालो छरिँदै जाँदा  मोडलहरू निरन्तर एकपछि अर्को गर्दै एक घण्टा फेसनका अनेकन सुन्दर, आकर्षक, मनमोहक एवं अनुपम नमुनाहरू प्रदर्शन गर्न र्‍याम्पमा देखिन्थे।

आइईसीद्वारा आयोजित फेसन सप्ताहमा यसपटक विविध शैली, डिजाइन, आकार-प्रकारका झन्डै ३ सय ६० थरिका पहिरन प्रस्तुत गरिए। ती पहिरनमा फेसन डिजाइनका विद्यार्थी डिजाइनरदेखि नेपाली फेसन बजारमा आफ्नो छाप छोड्न सफल डिजाइनरहरूको परिकल्पना तथा सिर्जना अनुभव गर्न पाइन्थ्यो। १८ नेपाली तथा दुई भारतीय गरी २० जना महिला मोडल तथा ४ जना नेपाली पुरुष मोडलले र्‍याम्प नापेको यसपटकको फेसन सप्ताहमा राजेश घिमिरेको केश विन्यास, स्नेहा राणाको शृंगार तथा प्रशान्त ताम्राकारको कोरियोग्राफीले सुनमा सुगन्ध संचार गरेको थियो।

पूर्व मिस नेपालहरू सदीक्षा श्रेष्ठ, मलिना जोशी, झरना बज्राचार्य, मिस नेपाल अर्थ रोजिशा शाही, नगमा श्रेष्ठ र सहाना बज्राचार्य, इन्टर नेसनल भारतीय मोडल एरिका, मिस नेवाः अलिशा बज्राचार्य, अभिनेतृहरू आशिष्मा नकर्मी, निशा अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, इन्टरनेसनल मोडल एलियाज बानिया, अभिनेता निश्चल बस्नेत, मोडल नीति शाह आदिले फेसन सप्ताहमा रौनक थपेका थिए। फेसन डिजाइनरहरूको कुम्भ मेलाको उपमा पाएको नेपाल फेसन सप्ताहको यसपटकको संस्करण बितेका वर्षको तुलनामा उत्कृष्ट, दर्शनीय एवं अविस्मरणीय रह्यो। आईसी कलेज तथा स्कुल अफ आर्ट एन्ड फेसनका विद्यार्थी डिजाइनहरूदेखि सबाह नेपालकी मुक्ता श्रेष्ठ, मण्डला सिल्ककी अनु श्रेष्ठ र इरा कर्माचार्य, ओढनीकी खुश्बु डंगोल, डि्रम वेयर फेसनकी मञ्जु बजारा ढकाल, समा क्रिएसनकी समा बानु सँगै शुभेच्छा भँडेल, तेन्जिङ छितेन भुटिया, प्रेम देव, ममता गुरुङ, सुषमा सिंह तथा दलजित सुदानका सिर्जनाहरूले नेपाल फेसन सप्ताहको रौनक बढाएका थिए।

पहिलो दिन

दोस्रो दिन

तेस्रो दिन

चौथो दिन



 Image