Successfully Copied

कुरा डिजाइनर लन्जरीको

सियर ड्रेसेज र बोल्ड इमेजले युवतीहरूमा डिजाइनर लन्जरीलाई लोकप्रिय बनाइदिएको छ।

सियर ड्रेसेज र बोल्ड इमेजले युवतीहरूमा डिजाइनर लन्जरीलाई लोकप्रिय बनाइदिएको छ। उनीहरू अहिले जति केन्दि्रत आफ्ना ड्रेसमा छन्, त्यति नै आफ्नो लन्जरीमा पनि देखिएका छन्। त्यसैले युवतीहरूमाझ डिजाइनर लन्जरी लोकप्रिय छ।

स्टाइलिस नटेड

स्टाइलिसका साथमा डिफरेन्ट लन्जरीको चाहना छ भने नटेड लन्जरी प्रयोग गर्न सकिन्छ। यसमा फरक स्टाइलको नट्स हुन्छ। जहाँ ब्रामा ब्याक नटेड, फ्रन्ट नटेड, साइड नटेड र सोल्डर नटेड जस्तो विकल्प पाइन्छ त्यही पेन्टीमा पनि स्टाइलिस नटेड निकै ट्रेन्डमा छ। यसमा ब्याक र साइड नटेड जस्ता डिजाइन उपलब्ध हुन्छ। नटेड साटन र लेसन आदि पाइन्छ। लन्जरी र नटेडमा डबल सेड्स र मल्टी सेड्स जस्तो डिजाइन पाइन्छ।

बो लन्जरी

विभिन्न पहिरनशैली हुँदै बो लन्जरीमा पनि प्रवेश भएको छ। बो कट्सको लन्जरी क्यारी गरेर फरकपन महसुस गर्न सकिन्छ। रेड कलरको ब्राको फ्रन्टमा बडी-सी ब्ल्याक वा मल्टिकलर्ड ब्रो डिजाइन गर्न सकिन्छ। ब्याकमा पनि यो डिजाइन बढी रुचाइएको पाइन्छ। सोल्डरमा बो चाहने हो भने स्मल साइजको बोयुक्त ब्रा छनोट गर्न सकिन्छ। पेन्टी वा फ्रेन्च निकर्समा भने साइड र ब्याकमा बो डिजाइन गर्न सकिन्छ। यसमा एउटा बो वा ससाना साइजका थुप्रै बोजस्ता अप्सनमा जान सकिन्छ।

ठूलो-सानो पोल्का

पोल्का प्रिन्ट्स अत्यन्त स्टाइलिस देखिन्छ। त्यसैले लन्जरीमा यो अत्यन्त लोकप्रिय भएको पाइन्छ। लन्जरीमा सानो पोल्का डट्सदेखि ठूल्ठूला पोल्का डट्स रुचाइएको पाइन्छ। ठूल्ठूला पोल्का डट्समा डबल कलर वा मल्टिकलर्ड पोल्का डट्स लिन सकिन्छ। सीप सर्ट क्यारी गर्नु छ भने त्यसका साथमा लेमन ग्रीन वा पिन्क कलरको पोलका लन्जरी छनोट गर्न सकिन्छ। पोल्कामा कुनै पनि डिजाइन हुन्छ। यो अब राउन्डमा मात्र नभई स्क्वायर वा ट्राएङ्गल जस्तो सेप पनि उपलब्ध छ।

हिट छ फ्लोरल

प्लेन लन्जरी अब ट्रेन्डमा रहेको देखिँदैन। जमाना फ्लोरल लन्जरीको छ। साटनको ब्लाउजका लागि यो बेस्ट अप्सन हो। वास्तवमा यो सिजनमा फ्लोरल प्रिन्ट्स ड्रेसेज र फुटवेयर्स खुबै रुचाइएको देखिन्छ। त्यसैले अब लन्जरीमा पनि यो प्रिन्ट्सले प्रवेश पाएको छ। इच्छाअनुसार यसलाई आफ्नो ड्रेससित पनि म्याच गर्न सकिन्छ।

लन्जरीमा क्रिएटिभिटी

डिजाइनरहरूले लन्जरीलाई युनिक प्रिन्ट्स, कट्स र सिलुएट्समा डिजाइन गरेको पाइन्छ। यसमा डिफरेन्स कलरका फेबि्रकदेखि लन्जरीलाई पार्टी वेयरका लागि मात्र नभई वेडिङ लन्जरीसम्मका पनि अलग प्रकारले डिजाइन गरिन्छ। समुद्र तथा उड्दै गरेका चरा आदिलाई डिजाइनर आफ्नो क्रिएटिभिटीका साथ अत्यन्त फरक शैलीमा प्रस्तुत गरिरहेको पाइन्छ।

 Image