Successfully Copied

मानसिक तथा शारीरिक तन्दुरुस्ती

महिला पुरुष सबैमा बाहिरी व्यक्तित्वले महत्त्वपूर्ण भूमिका खेल्छ, जसको व्यक्तित्व प्रभावशाली हुन्छ ऊ जहाँतहीं अगाडि रहन्छ।

महिला पुरुष सबैमा बाहिरी व्यक्तित्वले महत्त्वपूर्ण भूमिका खेल्छ, जसको व्यक्तित्व प्रभावशाली हुन्छ ऊ जहाँतहीं अगाडि रहन्छ। हिजोआज मानिसको व्यक्तित्व जीवनका अन्य महत्वपूर्ण तत्वसरह भैसकेको छ। व्यक्तित्वमा निखार ल्याउनु सबैको चाहना पनि हो।

व्यस्त जीवनशैलीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि थकित बनाउँछ। जबसम्म व्यक्ति मानसिक रूपमा स्फुर्त हुन सक्दैन तबसम्म शारीरिक रूपमा स्फुर्त बन्न सक्दैन, जब मानिस भित्रैबाट स्वस्थ हुन्छ त्यो प्रभाव उसको व्यक्तित्वमा सहजै झल्कन्छ। त्यसका लागि  स्पा सशक्त माध्यम हो। स्पाले व्यस्त जीवनशैलीका कारण थकित भएकाहरूलाई आराम प्रदान गर्छ। आजभोलि काठमाडांैमा विभिन्न स्तरका स्पा खुलेका छन् जहाँ अनेकथरीका पद्धति अवलम्बन गरिन्छ। स्पामा गरिने थेरापीले मानिसलाई फुर्तिलो मात्र बनाउँदैन यसबाट विभिन्न रोगको पनि उपचार हुन्छ। नेपालमा फाइभ स्टार स्तरका स्पा पनि खुलेका छन्। स्पाले शरीरमा रहेका अनावश्यक टक्सिन तथा बोसो पगाल्ने काम पनि गर्छ। स्पा मात्र होइन नेपालमा स्लिमिङ तथा कस्मेटिक सर्जरी गर्ने थलोका रूपमा पनि विकास हुन थालेको छ। यस्ता संस्थाहरूले शरीरमा देखिएको मोटोपन कम गरी शरीरलाई गठित बनाउने काम गर्छन्। यस्ता स्लिमिङ संस्थाहरूमा प्याकेजका हिसाबले सेवा प्रदान गरिन्छ। यस्ता संस्थाहरूले नयाँ-नयाँ प्रविधि भित्र्याएर साइड इफेक्ट नहुने किसिमले उपचार गर्छन्।

हेल्दी होम

केही वर्षदेखि सञ्चालनमा रहेको हेल्दी होमले आफ्नो गुणस्तरीय सेवाका कारण लोकप्रियता हासिल गरिसकेको छ। यहाँ दक्ष जनशक्तिको सुपरभिजनमा उपचार गरिन्छ। यसका शाखा बागबजार तथा बानेश्वरमा छन्। बानेश्वर यसको प्रिमियम शाखा हो। यहाँ स्लिमिङ, बडी टोनिङ, बडी मसाज तथा सौन्दर्य उपचारसम्बन्धी अन्य सेवा पनि प्रदान गरिन्छ। यहाँ तालिमप्राप्त प्रशिक्षकले वेट लेससम्बन्धी परामर्श पनि प्रदान गर्छन्। यहाँ प्रयोग गरिने उपकरण आइएसओ प्रमाणित छन्। ती उपकरणहरू जर्मन तथा अमेरिकाबाट आयात गरिएका हुन्। यहाँ नर्मल खानपानमा बिना कुनै साइडइफेक्ट, बिना कुनै शल्यक्रिया तथा औषधिको प्रयोगबिनै शरीरको अनावश्यक मोटोपन कम गरिन्छ।

शरीरमा भएको बोसोलाई अल्ट्रासोनिक तथा अन्य प्रविधिबाट मसाज गरी पगालेर शरीरको तौल घटाइनुका साथै हिप, पिंडुला, थाइ, पेट तथा हातको सेप मिलाउनुका साथै शरीरमा भएका अनावश्यक रौं सदाका लागि हटाइन्छ। यो फिजिकल हेल्थ तथा सौन्दर्यका लागि उपयुक्त गन्तव्य हो। यहाँ हर्बल, आयुर्वेदिक, एक्युप्रेसर, फिजियोथेरापी तथा म्याग्नेटिक थेरापीद्वारा उपचार गरिन्छ। यहाँ सौन्दर्य प्रसाधनहरू पनि उपलब्ध छन्। यहाँ विश्वमै ख्याति कमाएका वेटवस तथा बडीसेपका उपकरण जडान गरिएको छ। यहाँको उपचारले मानिसहरूको शतप्रतिशत समस्या समाधान गरेको दाबी गरिन्छ। यो सेन्टर बिहान साढे ७ देखि बेलुका साढे ७ बजेसम्म सञ्चालनमा रहन्छ। यहाँ फरक-फरक समस्याका लागि फरक-फरक प्रविधि प्रयोगमा ल्याइन्छ। यहाँ मेम्बरसीप तथा प्याकेजको सुविधा उपलब्ध हुन्छ।

विशेषता

-    साइड इफेक्टरहित उपचार।

-    बिना कष्ट शरीरको बोसो घटाउन सकिने।

-    सफा तथा शान्त आउटलेट।

-    स्वास्थ्यवर्द्धक ग्रीन टि तथा हर्बल फुड सप्लिमेन्ट।

-    समस्यालाई जरैदेखि निको पारिने।

सेवा

-    थ्रि म्याक्स लेजर थेरापी

-    बडी टोनिङ

-    बडी स्क्यानिङ

-    एक्ने तथा पिम्पल ट्रिटमेन्ट

-    होल बडी सेपिङ

-    स्किन टाइटेनिङ

-    ब्रेस्ट केयर तथा स्टे्रचमार्क रिमुभल

-    जापानीज एन्ड चाइनिज थेरापी

ग्रीन हार्ट

सन् २००८ देखि सञ्चालनमा अएको ग्रीन हार्टको पहिलो आउटलेट ठमेलमा छ भने दोस्रो आउटलेट बौद्धमा छ। यसले विशेषगरी ताइवानी तथा थाई थेरापी सेवा प्रदान गर्दै आएको छ। यहाँका थेरपिस्टहरूले जापानिज बाटपो स्कुलबाट विशेषज्ञता हासिल गरेका अनुभवी प्रशिक्षकद्वारा तालिम लिएका छन्। गुणस्तरीय सेवाका कारण चर्चित ग्रीन हार्टको शान्त तथा सफा वातावरणमा थेरापी लिनुको मज्जा विशेष हुन्छ। यसले स्पाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको छ।

विशेषता

-    थेरापीको विशेष मज्जा लिन सकिने।

-    पर्याप्त पार्किङ।

-    लोकप्रिय स्पा जापानी ग्रीन हार्टको नेपाली शाखा।

-    सेवाअनुसार निकै सुलभ शुल्क।

सेवा

-    शिरोधारा

-    आयुर्वेदिक थेरापी

-    डिप टिस्यु थेरापी

-    स्टोन मसाज

-    स्वीडिस थेरापी

-    पिचु

-    थाइ बडि मसाज

-    लोमी लोमी मसाज

-    फुट रिफेक्सोलोजी

प्राना स्पा

दरबार मार्गस्थित प्राना स्पा नेपालकै सुविधासम्पन्न स्पामध्ये एक हो। पाँचतारे होटलको सुविधा प्रदान गर्ने यो स्पा निकै फराकिलो तथा शान्त छ। यहाँ कुनै पनि रोगको उपचार प्रकृतिभित्रै लुकेको छ भन्ने आयुर्वेदको सिद्धान्त अनुशरण गरिन्छ। यहाँका थेेरापिस्टहरूले सेवा प्रदान गर्दा प्राकृतिक तथा आधुनिक दुवै पद्धति अपनाउँछन्। यहाँ तालिमप्राप्त थेरापिस्ट मात्र छन्। यसले कुनै पनि ग्राहकलाई सेवा प्रदान गर्दा भावनात्मक, संरचनात्मक तथा यहाँ प्रयोग गरिने तत्वको प्रमुख हात हुन्छ भन्ने कुरामा विश्वास राख्छ।

विशेषता

-    सौना, स्टिम  तथा ज्याकुजी।

-    इलेक्ट्रिसिटी ब्याकअप।

-    मेम्बरसीप।

-    महिला तथा पुरुषका लागि फरक सेवा

-    व्यक्तिगत लकर।

सेवा

-    प्राना सिग्नेचर मसाज

-    आयुर्वेदिक मसाज

-    टिवेटन सोल

-    शिरोधारा

-    हट स्टोन मसाज

-    फुट मसाज

-    एन्टि स्ट्रेस मसाज

-    बडी पोलीसिङ

-    हाइड्रो थेरापी

टच ब्युटी

टच ब्युटी नेपालमा लेजर सेवा भित्र्याउने पहिलो क्लिनिक हो। बत्तीसपुतलीस्थित यो क्लिनिकमा आइएसओ सम्बन्धन प्राप्त उपकरणहरूको माध्यमबाट उपचार गरिन्छ। 'योर ब्युटी इज आवर क्योर' भन्ने नारा लिएर नेपाली सौन्दर्य बजारमा उदाएको टच ब्युटीले अनावश्यक रौंबाट वाक्क तथा मोटोपनको सिकार भएकाहरूको समस्या समाधान गरिदिएको छ। सन् २००६ मा स्थापना भएको यो क्लिनिकले हजारौं ग्राहकको समस्याको सफल उपचार गरिसकेको छ। यहाँ पुरुष तथा महिला दुवैलाई सेवा प्रदान गरिन्छ। यहाँको समाधान प्रक्रिया निकै सशक्त एवं प्रभावकारी छ। यहाँ गरिएको उपचारले समस्याको स्थायी समाधान गर्छ। यहाँका कर्मचारीहरू लेजर उपचारबाट परिचित तथा दक्ष छन्। अहिले बजारमा भएका प्रविधिका सम्बन्धमा यहाँका कर्मचारीहरूलाई पूर्ण ज्ञान छ। उपचारको क्रममा कुनै पनि पीडा खप्नुपर्दैन। यसको कुनै साइड इफेक्ट छैन। उपकरणहरू शतप्रतिशत सुरक्षित छन्।

विशेषता

-    सुरक्षित तथा जोखिमरहित उपचार।

-    गुणस्तरीय उपकरण खरिद गर्न सकिने।

सेवा

-    पर्मानेन्ट हेयर रिमुवल

-    एक्ने तथा मोल रिमुवल

-    बर्थ मार्क रिमुवल

-    ब्रेष्ट ब्युटिफाइङ

-    रिकंल तथा फेकल रिडक्सन

-    स्ट्रेच मार्क

-    वेट लस प्रोग्राम

-    टयाटु रिभुवल

-    स्किन रेजभिएसन

-    रेड ब्लड स्ट्रिक

जस्मिन फिट्नेस क्लब

सन् २००८ मा स्थापना भएको जस्मिन फिट्नेस क्लब काठमाडांैको मुटुमा अवस्थित वल्र्ड ट्रेड सेन्टरमा छ। नेपालकै पृथक तथा विशिष्ट सेवायुक्त यो फिट्नेस क्लब ठूलो संख्यामा ग्राहकहरूको मन जित्न सफल छ। यसको संरचना निकै शोभायमान छ। यहाँ स्पा सेन्टरका लागि आवश्यक सबै  मापदण्ड पूरा गरिएको छ। यहाँको जिम विशिष्ट ब्रान्डहरूले सुसज्जित छ। यसले एउटै छानामुनि स्पा तथा क्लबको सेवा प्रदान गर्दै आएको छ। यहाँका सबै कर्मचारी तालिमप्राप्त एवं दक्ष छन्। हरेक विधाका लागि फरक-फरक प्रशिक्षकको व्यवस्था छ। यहाँ ओरिएन्टेसन कक्षा लिएर उपचार गरिन्छ। सेवाको तुलनामा शुल्क सहुलियतपूर्ण छ।

विशेषता

-    आउटर स्वीमिङ पुल।

-    व्यक्तिगत लकर।

-    क्याफ्रटेरियाको सुविधा।

-    महिला तथा पुरुषका लागि फरक-फरक सौना,

ख स्टिम तथा ज्याकुजी।

-    मेम्बरसीपको व्यवस्था।

सेवा

-    अरोमा थेरापी

-    स्वीमिङ

-    जिम

-    एरोबिक्स

-    जुम्बा

-    योग

भीएलसीसी

डिल्लीबजारस्थित भीएलसीसीले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेको छ। ठूलो भवनमा फरक-फरक सेक्सनमा यसले फरक सेवा प्रदान गर्दे आएको छ। यसको स्थापना भारतकी प्रसिद्ध ब्युटी एक्सपर्ट बन्दना लुथराको संयोजकत्वमा सन १९८९ मा भएको हो। यसले वेटलेसको क्षेत्रमा पृथक नाम कमाएको छ। हालसम्म १६ वटा राष्ट्रमा यसका शाखा विस्तारित छन्। नेपालमा यसको सेवा सुरु भएको करिब एक दशक भएको छ।

ब्युटी ट्रिटमेन्ट तथा स्लिमिङको क्षेत्रमा परिणाममुखी सेवा दिइरहेको भीएलसीसीले मोटो शरीरका कारण चिन्तित भएकाहरूलाई छरितो बनाएर उनीहरूको आत्मविश्वास जगाउन कार्य गरिरहेको छ। भीएलसीसीले स्लिमिङ, ब्युटी तथा हेल्थको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यहाँको शान्त तथा आकर्षक वातावरण तथा सेवाले मनै आनन्दित हुन्छ। ग्राहकहरूप्रति सकारात्मक सोच राखेर गुणस्तरीय सेवा प्रदान गर्दै आएको भीएलसीसी सदैव नयाँ-नयाँ प्रविधि भित्र्याउन कटिबद्ध छ। यहाँ बीएमआईको साध्यलाई पछ्याएर  मोटोपनको उपचार गरिन्छ। बीएमआई शरीरको मोटोपन अध्ययन गर्ने मापदण्ड हो। यो बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुल्छ। पर्याप्त पार्किङस्थल भएको भीएलसीसी सौन्दर्य तथा स्लिमिङका लागि उपयुक्त गन्तव्य हो।

विशेषता

-    हरेक सेवाका लागि छुट्टा-छुट्टै चेम्बर

-    लकरको व्यवस्था।

-    शान्त तथा आनन्ददायक वातावरण।

सेवा

-    ब्युटी केयर

-    हेयर केयर स्किन केयर

-    स्लिमिङ

अनानिक ब्युटिपार्लर एन्ड स्पा

अनानिक ब्युटिपार्लरले एउटै छानामुनि पार्लर तथा स्पाको सेवा प्रदान गर्दै आएको छ। करिब ३ हजार वर्गफिट क्षेत्रफल ओगटेको यो पार्लरको संरचना निकै आकर्षक छ। बेजोड प्रकाश संयोजन तथा अत्याधुनिक संसाधनयुक्त यो पार्लरले जोकसैलाई आकषिर्त गर्छ। खुला तथा शान्त वातावरणयुक्त यो पार्लर निकै हाइजिन देखिन्छ। यहाँका कर्मचारीहरू तालिमप्राप्त तथा अनुशासित छन्। उनीहरूले प्रदान गर्ने हरेक सेवा सन्तोषजनक छ। यहाँ उत्कृष्ट ब्रान्डका सौन्दर्य प्रसाधन प्रयोगमा ल्याइन्छ। हरेक सेवाका लागि फरक-फरक स्थानको व्यवस्था गरिएको यो पार्लर बानेश्वरको कृष्ण टावरमा छ जहाँ पार्किङका लागि पर्याप्त स्थान उपलब्ध हुन्छ। यहाँको सेवाअनुसार मूल्य सहुलियतपूर्ण छ। यो पार्लरले गुणस्तरीय सेवा दिएर छोटो समयमै लोकप्रियता हासिल गरेको छ।

विशेषता

-    आधुनिकताले सुसज्जित लग्जरियस पार्लर तथा स्पा  

-    सफा तथा शान्त वातावरण

-    हरेक सेवाका लागि फरक-फरक व्यवस्था

-    लकरको व्यवस्था

सेवा

-    आरोमा थेरामी

-    मेनिक्योर

-    पेडिक्योर

-    पारम्परिक थेरापी

स्वस्ति लेजर एन्ड स्किन केयर सेन्टर

विगत दुई महिनादेखि सञ्चालनमा रहेको स्वस्तिले अमेरिकामा उत्पादित लिडिङ्ग तथा गुणस्तरीय 'लुमेनस' नामक मेसिनमार्फत सेवा प्रदान गर्छ। नक्सालस्थित स्वस्ति लेजर एन्ड स्किन केयर सेन्टरले विश्वकै गुणस्तरीय मानिएको लुमेनस प्रविधिको प्रयोगमार्फत लेजर पद्धतिबाट उपचार  गर्न थालेको हो। छालामा देखापर्ने कुनै पनि अनावश्यक दाग, रौं, चाँया, पोतो, डन्डिफोर, दुबी, कोठी, तिलकोठी, चाउरीपनजस्ता समस्याको उपचारका लागि बिदेसिनुपर्ने झन्झटबाट मुक्त बनाउन स्वस्तिस्कले अत्याधुनिक उपचार पद्धति नेपाल भित्र्याएको बताएको छ।

स्वस्तिमा मानिसको शरीरमा जन्मँदै अथवा उमेर बढेसँगै छालामा देखापरेका जुनसुकै समस्याको  उपचार गरिन्छ। यहाँ केश र्झने एवं तालु खुइलिने समस्या भएकाहरूका लागि केश प्रत्यारोपण गर्ने काम पनि हुन्छ। यहाँ सबै उमेरका महिला वा पुरुषको उपचार गरिन्छ।

काठमाडौंको कालिमाटीस्थित यो सेन्टरले सन् २०१० देखि कस्मेटीक सर्जरीको सेवा प्रदान गर्दै  आएको छ। पृथक् ढंगबाट अघि बढेको कस्मेड राजधानी तथा राजधानी बाहिरका धेरै ग्राहकको रोजाइ बन्न सफल छ। यहाँ विदेशको गुणस्तरीय तालिम तथा शिक्षा हासिल गरेका दक्ष एवं अनुभवी डाक्टर तथा नर्सको सेवा उपलब्ध छ। यहाँ सेवाग्राहीको उपचार सुरु गर्नुअघि सेवाका बारेमा विस्तृत जानकारी गराएर मात्र उपचार प्रक्रिया अघि बढाइन्छ।

कस्मेडमा सर्जिकल र नन सर्जिकल पद्धतिबाट उपचार हुन्छ। सर्जिकलमा, आइडार्क हटाउने, डिम्पल बनाउने, बे्रस्ट बढाउने वा घटाउने, पेट घटाउने, हेयर ट्रान्सप्लान्ट आदि गरिन्छ। त्यस्तै ननसर्जीकलमा चाउरी, चाँया, पोतो, डन्डिफोर, चोटपटकको दाग, कोठी तथा तिलकोठीको दाग हटाउने, ओठ मोटो बनाउने, कान प्रत्यारोपण गर्ने, शिशुको जन्मपश्चात् देखा पर्ने स्ट्रेच हटाउने, योनि कसिलो पार्ने एवं आर्म तथा फेस लिफ्ट गर्ने आदि काम सम्पन्न गरिन्छ।

ट्रांक्युलिटी स्पा

नेपालमा डे स्पाको अवधारणा ल्याउने पहिलो स्पा पनि ट्रांक्युलिटी नै हो। यो स्पाको सञ्जाल विभिन्न ठाउँमा फैलिएको छ। यहाँका थेरापिस्टहरू भारत, थाइल्यान्ड, स्वीट्जरल्याडजस्ता देशबाट तालिम प्राप्त छन्। यसका कुनै पनि आउटलेटमा प्रवेश गर्दा आनन्दको अनुभूति हुन्छ। यसको सेवाले ग्राहकलाई मानसिक तथा शारीरिक रूपमा तनावरहित बनाउँछ। यसका सबै आउटलेटमा बगैंचा तथा पार्किङको पर्याप्त ठाउँ छ। यसले स्पाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको छ। हालै यसको प्रिमियम आउटलेट होटल र्‍याडिसनमा खुलेको छ। यसको एकेडेमीले नेपालमा राम्रा थेरापिस्टहरूको उत्पादनका साथै जागिरको अवसर पनि प्रदान गरिरहेको छ। यहाँ तालिम लिएपछि विश्वका कुनै पनि देशमा फिट हुन सक्ने दावी व्यवस्थापन पक्षको छ। ग्राहकहरूको सुविधाका लागि ट्रांक्युलिटी स्पाले  गिफ्ट  तथा अनलाइन उपहारको  पनि व्यवस्था गरेको छ।  यो स्पा हरेक बिहान ८ बजेपछि खुल्छ।

विशेषता

-    स्पा सेन्टरको सबैभन्दा ठूलो सञ्जाल।

-    स्पासँगै एकेडेमी स्थापना गरी थेरापिस्टहरू उत्पादन गर्ने संस्था।

-    सेवाको तुलनामा उचित मूल्य।

-    सबै वर्गका लागि उपयोगी।

-    महिला तथा पुरुषका लागि फरक-फरक सौना एवं स्टिमको सुविधा।

सेवा

-    शिरोधारा

-    आयुर्वेदिक थेरापी

-    डिप टिस्यु थेरापी

-    स्टोन मसाज

-    स्वीडिस थेरापी

-    थाइ बडी मसाज

-    ट्रेकर्स मसाज

-    रिफेक्सोलोजी

चैतन्य स्पा

चैतन्य स्पा वेलनेस हिलिङ स्पा हो। यो नेपालकै पहिलो मेडी स्पा हो। यहाँ स्पाका पारम्परिक तथा आधुनिक दुवै पद्धति पछ्याइन्छ। यहाँ स्पाका लागि आवश्यक सबै सेवा उपलब्ध छ। यहाँ तालिम प्राप्त तथा प्राकृतिक चिकित्सकहरूको निगरानीमा उपचार हुन्छ। यो विश्वस्तरीय स्पा सेन्टर हो। चैतन्यमा आउने ग्राहकहरूलाई पेम्परिङ, एक्सफोलियटिभ, डेटोक्सिफाइङ तथा रिभाइललाइजिङजस्ता तत्वहरू समाहित गरी उपचार गरिन्छ। शान्त तथा पार्किङको राम्रो सुविधा भएको चैतन्यमा आनन्दसँग स्प्ााको सुविधा लिन सकिन्छ। यहाँ अरोमा सुगन्ध तथा हर्बल चियाले ग्राहकहरूको स्वागत गरिन्छ। खुला तथा सुसज्जित यो स्पाको संरचनाभित्र प्रवेश गर्नेबित्तिकै एक प्रकारको ऊर्जा प्राप्त हुन्छ। यो बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला रहन्छ। यसको शाखा पोखरामा पनि छ। सानेपास्थित चैतन्यमा ग्राहकहरूको सुविधाका लागि बिहान ८ देखि ११ बजेसम्म हेप्पी आवरका नाममा विशेष प्याकेज प्रदान गरिन्छ।

विशेषता

-    हरियालीयुक्त संरचना।

-    स्टिम तथा सौना, ज्याकुजी, एक्युप्रेसर तथा फिजियोथेरापी।

-    महिला तथा पुरुषका लागि फरक-फरक सेवाका चेम्बर।

-    जीवनशैलीलाई सूक्ष्म अध्ययन गरी काउन्सिलिङ।

सेवा

-    योग

-    बडी ट्रिटमेन्ट

-    स्वीडिस मसाज

-    थाई मसाज

-    साइत्सु मसाज

-    हट स्टोन मसाज

-    डिप टिस्यु मसाज

-    परम्परागत नेपाली मसाज

-    शिरोधारा

-    एन्टी डाइबिटिज मसाज

-    एन्टी हाइपर टेन्सन मसाज

रियल थेरापी एन्ड ब्युटी प्वाइन्ट

रियल थेरापी एन्ड ब्युटी पोइन्ट डेढ दशकको अवधिमा निकै लोकप्रिय भैसकेको छ। ठमेलस्थित यो स्पाले मसाजसँग जोडिएका भ्रामक टिप्पणीहरूलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ। यो नेपालको सबैभन्दा सुरक्षित एवं प्रचलित स्पा सेन्टर हो। यो ठमेलमा भए पनि निकै शान्त ठाउँमा छ। यो स्पामा पाँचतारे होटलको सेवा अनुभव गर्न सकिन्छ। यहाँका तालिम प्राप्त तथा हँसिला थेरापिस्टहरूको थेरापीले कुनै पनि ग्राहकको चित्त बुझाउन सक्छ। यो स्पाको क्याफ्रटेरियामा हलुका स्न्याक्स तथा पेय पदार्थको मज्जा लिन सकिन्छ। सफा तथा आकर्षक यो स्पाको संरचनाले जोसुकैलाई मोहित तुल्याउँछ। यो स्पाले एकै पटकमा ४० जना ग्राहकलाई सेवा दिने क्षमता राख्छ। हप्ताको सातै दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने यो स्पामा लाइन नहुँदा पनि सेवा लिन सकिन्छ। एअर कन्डिसनयुक्त यो स्पामा भित्र पस्नेबित्तिकै सुगन्धित हर्बल चियाले स्वागत गरिन्छ। फोन गरियो भने पिकअपको सुविधा पनि प्रदान गरिन्छ। नयाँ-नयाँ सेवा भित्राउँदै आएको स्पाले भर्खरै अफुरो नामक सेवा उपलब्ध गराउन थालेको छ जुन स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ।

विशेषता

-    ९० केभीएको विद्युत् ब्याकअप।

-    व्यक्तिगत लकरको सुविधा।

-    पुरुष तथा महिलाका लागि फरक-फरक चेन्जिङ रुम तथा सावर।

-    एउटै कम्प्लेक्सभित्र सबै किसिमका स्पाको सुविधा।

-    ग्राहकहरूको फिडब्याकको कदर।

-    मेम्बरसिपको व्यवस्था।

सेवा

-    रिफेक्सोलोजी

-    आयुर्वेदिक मसाज

-    जापानी मसाज

-    ट्रेकर मसाज

-    अफुरो

-    शिरोधारा

सेपअप

सन् २००२ देखि संचालनमा आएको सेपअपले हालसम्म हजारौं महिलाको मोटोपनको समस्या समाधान गरिसकेको छ। सफल उपचारका कारण यो निकै लोकप्रिय छ। काठमाडौंमा मात्र यसका चारवटा शाखा छन् जसमध्ये बानेश्वरस्थित श्रीकृष्ण सदनको आउटलेट भने युनिसेक्स अवधारणामा तयार गरिएको छ। यो सेपअपको प्रिमियम आउटलेट पनि हो। सुरुमा यसको सेवा बिस्तारमा केही समस्या आए पनि अहिलेको स्लिम ट्रिमको जमानाले गर्दा यसले प्राथमिकता पाउँदै गएको छ। मोटोपन स्वास्थ्यको सबैभन्दा ठूलो शत्रु हो। मोटोपनका कारण विभिन्न खतरनाक रोग उत्पन्न हुन सक्छन्। त्यसैले पनि फिट रहनु आवश्यक छ। सेपअपको उद्देश्य मोटोपन कम गरी स्वस्थ तथा सुन्दर हुन सघाउनु हो। यहाँ विश्वमै मान्यता प्राप्त प्रविधि प्रयोगमा ल्याइएको छ। सेपअपमा अल्ट्रा सोनिक, क्यासभिटेसन, रेडियो फ्रिक्वेन्सी, लाइपोसिस, भ्याकुम, फार इनभरड तथा प्रेसर थेरापीको माध्यमबाट उपचार गरिन्छ। यहाँका सबै थेरापिस्ट आफ्नो विधामा पोख्त र परिपक्व छन्। ग्राहकहरूलाई सकेसम्म राम्रो उपचार तथा सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले यसको संरचना तयार गरिएको छ। सेपअपका सबै शाखामा पार्किङको राम्रो सुविधा छ। यहाँ उपचार गरेपछि शतप्रतिशत परिणाम प्राप्त हुने दाबी गरिन्छ। यहाँ शरीरको अंगअनुसार मोटोपन कम गरिन्छ। स्लिमिङ प्याकेजसँगै एकपटक फेसियल तथा हट ओइल मसाज निःशुल्क प्रदान गरिनेसेपअप हप्तामा ६ दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहन्छ।

विशेषता

-    कुनै नकारात्मक प्रभाव नहुनु।

-    सकारात्मक परिणामयुक्त उपचार पद्धति।

-    आफ्नो बजेटअनुसार आउटलेट छनोट गर्न सकिन्छ।

-    उपचारमा प्रयोग गरिने सबै चीज हर्बल उत्पादन।

सेवा

-    व्यक्तिगत लकर ।

-    चिसो तथा तातो पेय सर्व गरिने।

-    तौलिया, गाउन आदि प्रयोग गर्न दिइने।

-    एयर कन्डिसनयुक्त कोठाहरू।

आयतना स्पा

आयतना स्पा बाँसबारीस्थित साम्बाला होटलमा छ। दुई तल्लामा विभाजित यो स्पा शान्त, स्वच्छ तथा आकर्षक संरचनायुक्त छ। साजसज्जा मात्र होइन यहाँ प्रदान गरिने सेवा पनि उत्कृष्ट छ। स्पाका लागि मापदण्ड पूरा गरी यसको संरचना तयार गरिएको छ। यो स्पामा आफूलाई पुनः डिस्कभर गर्न सकिन्छ। यहाँको शान्त वातावरणमा तालिम प्राप्त थेरापिस्टले दिएको थेरापीले मानिसलाई शारीरिक एवं मानसिक रूपमा फ्रेस बनाउँछ। यहाँ तालिम प्राप्त थेरापिस्टहरूबाट क्लासिक, स्वीडिस, थाई तथा इन्डियन मसाज गरिन्छ। यो स्पा हप्ताको सातै दिन बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्छ। यहाँ प्याकेजलाई विभिन्न नाम दिइएको छ जसको सेवा पनि फरक-फरक छ।

विशेषता

-    सिंगल तथा कपल्सका लागि सुइट मसाज रुम उपलब्ध छ।

-    ज्याकुजी, सौना एवं स्टिम पुरुष तथा महिलाका लागि अलग-अलग छ।

-    विभिन्न हर्बल जडीबुटीबाट फेस, बडी तथा फुटको उपचार गरिन्छ।

-    यहाँ सेवाका लागि चाहिने अत्यावश्यक सामग्री उपलब्ध गराइन्छ।

-    ग्राहकहरूको रुचिलाई ध्यानमा राखी प्याकेजको व्यवस्था गरिएको छ।

सेवा

-    स्वीडिस फेसियल

-    हेड एन्ड सोल्डर मसाज

-    शिरोधारा

-    हेयर स्पा

-    बडी स्क्रब तथा पोलिस

-    बडी र्‍याप

-    स्वीडिस बडी मसाज

-    हट स्टोन थेरापी

-    मेनिक्योर

-    पेडिक्योर

हेरिटेज स्पा

हेरिटेज स्पा छोटो समयमै गुणस्तरीय सेवाका कारण लोकप्रिय भैसकेको छ। सानेपास्थित यो स्पा दुई तल्लामा विभाजित छ। पार्किङको सुविधायुक्त हेरिटेज स्पामा सम्पूर्ण मापदण्ड पूरा गरिएको छ। यो स्पा सेन्टर शान्त तथा हरियाली वातावरणले युक्त छ। स्पा अगाडि रहेको बगैंचामा केही समय आराम गर्न सकिन्छ। स्पा सुरु गर्नुभन्दा पहिले तथा सकिएपछि गि्रन टी दिइन्छ। यसको आफ्नै एकेडेमी भएको हुँदा यहाँ तालिमप्राप्त थेरापिस्टहरू मात्र कार्यरत छन्। उनीहरू हँसिला एवं काममा निपुर्ण छन्। यहाँका कोठाहरू निकै आरामदायक तथा शान्त छन्। स्पाबाट एक प्रकारको आनन्द महसुस हुन्छ। स्पाका लागि नितान्त प्राकृतिक वस्तुहरू प्रयोग गरिन्छ।

विशेषता

-    निकै खुल्ला तथा शान्त वातावरण

-    पुरुष तथा महिलाका लागि फरक-फरक सौना तथा स्टिम

-    जोडीका लागि छुट्टै सेवा

सेवा

-    हट स्टोन थेरापी

-    शिरोधारा

-    मसाज फर ट्रेकर तथा हाइकर

-    अरोमा थेरापी

-    फुट रिफेक्सोलोजी

-    ड्राइ थाई मसाज

-    डिप टिस्यु बडी मसाज

-    बासाल्ट स्टोन थेरापी

-    बडी पोलिसिङ

डिभाइन स्पा

डिभाइन स्पा एउटा लक्जरी स्पा हो जसको कोठाको आकार निकै स्तरीय छ। एयर कन्डिसनरयुक्त कोठा, अट्याच सावर तथा तालिम प्राप्त थेरापिस्ट डिभाइनको परिचय हो। लाजिम्पाटस्थित यो स्पा खुल्ला तथा शान्त वातावरणले युक्त छ। पार्किङका लागि पर्याप्त ठाउँ रहेको यो स्पाको आन्तरिक सज्जा पनि निकै आकर्षक छ। एकै पटकमा धेरै ग्राहकलाई सेवा दिन सक्षम यो स्पा गुणस्तरीय सेवाका लागि कटिबद्ध छ। डिभाइन स्पा हप्ताको सातै दिन खुल्ला रहन्छ।

विशेषता

-    ठूला तथा फराकिला कोठाहरू

-    सौना तथा स्टिमको व्यवस्था

-    दम्पतीका लागि छुट्टै कोठा

-    फ्री वाइफाइ जोन

-    उपयुक्त सेवा शुल्क

-    एकै पटकमा २० जना ग्राहकलाई सेवा दिन सक्षम

सेवा

-    बडी स्क्रब

-    पेडिक्योर तथा मेनिक्योर

-    स्पा फेसियल

-    शिरोधारा

-    अरोमाथेरापी

-    थाई मसाज

-    फुट रिफेक्सोलोजी

-    आयुर्वेदिक मसाज

-    हट स्टोन थेरापी

-    ट्रेकर मसाज

-    स्विडिस मसाज

सिद्धि पोलिक्लिनिक

डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिकलाई नेपाली स्वास्थ्य क्षेत्रको मास्टर पिस संस्था भन्दा फरक पर्दैन। यो पोलिक्लिनिकमा प्याथोलोजी, डर्मोटोलोजी, लेजर तथा डेन्टल आदि सेवा उपलब्ध छ। पर्याप्त पार्किङ स्थल भएको यो पोलिक्लिनिक खुला तथा आकर्षक संरचनायुक्त छ। सुन्दर इन्टेरियरले सजिएको यो पोलिक्लिनिकको सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ। यहाँको डर्मोटोलोजी सेवा लोकपि्रय डर्माेटोलोजिस्ट, लेजर स्पेसलिष्ट तथा पोलिक्लिनिककी निर्देशक डा. सुदेश्ना श्रेष्ठको प्रत्यक्ष निगरानीमा सञ्चालित छ। यहाँ छालासम्बन्धी सबै सेवा प्रदान गरिन्छ। गुणस्तरीय सेवा भए पनि यसको महसुल भने कम छ। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने यो क्लिनिक सातै दिन सञ्चालनमा रहन्छ। तालिम प्राप्त यहाँका कर्मचारीहरू हँसिलो रूपमा सेवा प्रदान गर्न कटिबद्ध देखिन्छन्। यहाँ हरेक सेवाका लागि फरक-फरक विभाग छन्। सिद्धि पोलिक्लिनिकले अन्तर्राष्ट्रिय स्तरको सेवा कम मूल्यमा नेपालमै उपलब्ध गराउँदै आएको छ।

विशेषता

-    अन्तर्राष्ट्रिय स्तरको संरचना तथा सेवा उपलब्ध गराउन कटिबद्ध।

-    हरेक सेवाका लागि फरक-फरक चेम्बर।

-    एउटै छानामुनि स्वास्थ्यसम्बन्धी हरेक सेवा।

-    गुणस्तरीय तथा स्वस्थ वातावरणयुक्त।

सेवा

-    अनावश्यक रौं निकाल्ने।

-    कालोपोतो, डन्डिफोर आदि हटाउने तथा छाला टल्काउने।

-    तिलकोठी तथा मखियाको उपचार।

-    जलेको, पोलेको दाग हटाउने।

-    जन्मजात दाग तथा ग्रहणको दाग हटाउने।

-    केमिकल पिल।

-    ट्याटु तथा चाउरीपना हटाउने ।

 

 

 Image