Successfully Copied

मोर्डन एण्ड क्लासिक फ्युजन घर

बालुवाटारस्थित यो घर कान्तिपुर टेलिभिजनका क्यामेराम्यान प्रवोध मल्लको हो। ५ आना जग्गाको कम्पाउन्डभित्र

बालुवाटारस्थित यो घर कान्तिपुर टेलिभिजनका क्यामेराम्यान प्रवोध मल्लको हो। ५ आना जग्गाको कम्पाउन्डभित्र ३ आना ओगटेर बनेको यो घर बनाउनुअघि जग्गा तीनकुने आकारमा थियो। त्यसैले घर बनाउन निकै परिश्रम गर्नुपरे पनि घर भने आकर्षक नै बन्यो। यो घरमा मोर्डन र क्लासिक फ्युजन छ। घरको बाहिरी भागमा तीनकुना छ। बीचको भागलाई मुख्य प्रवेशद्वार बनाएर मिलाइएको छ। बीचको भागमा सिसाका झ्याल प्रयोग गरिएको छ। दुईवटा साइडमा भने बि्रकमा सुर्की प्वाइन्टिङ गरेर क्लासिक लुक्स दिइएको छ। तीनकुने स्पेसलाई म्यानेज गरी हरेक कोठा रेक्ट्यांगल बनाइएका छन् भने ओपन स्पेसमा लिभिङ, डाइनिङ तथा किचेन छन्। ग्राउन फ्लोर छुट्टै अपार्टमेन्टको हिसाबमा बनाइएकाले घरमा कुनै डिस्टर्ब हुने अवस्था छैन। यो घर युरोपियन लाइफ स्टाइलअनुसार बनाइएकाले ओपन स्पेस निकै आकर्षक छ। पहिलो तल्लामा ३ वटा बेडरुम छन्। माथि आउनासाथ लबी छ भने सँगै डाइनिङ छ र डाइनिङसँगै ओपन किचेन छ। डाइनिङ दायाँतिर लिभिङ रुम छ भने दुई साइडमा बेडरुम छन्। लिभिङ रुमको बीच सेन्टरमा काठको कलात्मक एवं आकर्षक भर्‍याङ छ। लिभिङमा धेरै कुना निस्किएकाले किचेन, भर्‍याङ र डाइनिङ दराजहरूले कभर गरेका छन्। लिभिङको बीचमा एउटा पिलर निस्किएकाले त्यसलाई लुकाउन तलको भाग काठले कभर गरिएको छ भने माथिल्लो भागमा चारैतिर ऐना राखेर डिजाइन निकालिएको छ। राउन्ड भर्‍याङबाट माथि पुग्नासाथ इन्टरटेन्टमेन्ट स्पेस आउँछ जहाँ सानोतिनो गेटटुगेदर वा क्याराओके गर्न मिल्छ। दोस्रो तल्लामा मास्टर बेडरुम, पूजा कोठा तथा दायाँ-बायाँ साइडमा टेरेस छ। काठ रंगको टायल प्रयोग गरिएकाले यो घरको भुइँ सफा र आकर्षक देखिन्छ। टेरेसभन्दा माथि पनि एउटा सानो त्रिकोणात्मक स्पोर्टस रुम छ। समग्रमा भन्नुपर्दा यो घर वास्तुदेखि लिएर सबै कुरा मिल्ने हिसाबले बनेको सेमी मोर्डन घर हो।

- मल्लिका शाक्य गुरुवाचार्य

आर्किटेक्ट



 Image